३० जेठ २०८२, काठमाडौं
नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको बीसौं शृङ्खला सम्पन्न भएको छ ।
कथा वाचन शुरु गर्नुअघि यसै महिना निधन भएका दुई जना कथाकार विजय चालिसे र गणेश रसिकको आत्माको चिरशान्तिको कामना गर्दै सम्पूर्ण सहभागीहरूद्वारा एक मिनेट मौन धारण गरिएको थियो ।
हरेक महिना कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप उहाँको एउटा कथा वाचन गरेर कार्यक्रम शुरु गर्ने गरिए अनुसार स्रष्टा केशवराज पिंडालीको कथा ‘परदेशी’ शुकदेव उपाध्यायले वाचन गरेका थिए ।
कार्यक्रममा कथाकार शैलेन्द्र साकारले २०३० को दशकमै मधुपर्कमा प्रकाशित ’स्तर चेत’शीर्षकको कथा, अमरकुमार प्रधानले सर्वप्रथम २०३८ बैशाखको सपना पत्रिकामा प्रकाशित आफ्नो कथा ’सूर्यमुखी र म’, मधुसूदनप्रसाद घिमिरेले २०५५ (बैशाख—साउन)को रत्नश्री वर्ष ३५ अङ्क ५—६, पूर्र्णाङ्क १७७ मा प्रकाशित आफ्नो कथा ‘नफक्रँदै झरेको फूल’, सबिता श्रेष्ठ बेहोसीले २०७५ मा प्रकाशित आफ्नो कथासङ्ग्रह ‘सेतो स्कार्फ’ बाट ‘उपहार’, योगेन्द्र तिमिल्सिनाले २०७५ को मधुपर्कमा प्रकाशित ‘प्रतिबिम्ब’, पबित्रा अधिकारीले २०७७ मा प्रकाशित आफ्नो कथासङ्ग्रह ‘देह उत्सव’ बाट ‘अन्त्यपछि’,
कार्यक्रमको सुरुमा अभियानका परिकल्पनाकार द्वय मध्येका एक चन्द्र प्रसाद भट्टराईले अतिथिहरूको स्वागत गर्दै कार्यक्रमका उद्देश्यहरूबारे संक्षिप्त प्रकाश पारेका थिए ।
अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले आफूहरूले शुरु गरेको यस कार्यक्रममा कथाकारहरूलाई आमन्त्रण गरी विभिन्न दशकमा प्रकाशित कथा सुन्ने—सुनाउने गरि आएकोमा क्रमशः कथा साहित्यमा रुचि हुने लेखक, पाठक, पत्रकार र समालोचकहरूको ध्यानाकर्षण हुँदै गएको र सहभागिता बढ्दै गएको मा खुसी व्यक्त गरे ।
000
