“अक्षत अन्टार्कटिका”लाई उत्तम शान्ति पुरस्कारको घोषणा

समाचार

२१ वैशाख २०८२, काठमाडौं

२०८१ सालको उत्तम शान्ति पुरस्कार जीवा लामिछानेकृत “हक्षत अन्टार्कटिका” लाई प्रदान गरिने निर्णय भएलप कुरा उत्तम कुँवर स्मारक गुठीले जनाएकोछ ।
गैर आख्यान विधाका कृतिलाई दिइने यो पुरस्कारको राशी १ लाख नगद रहेको छ ।
“‘नवीन सोच, रोचक शिल्प र नयाँ शैलीसहित अन्टार्कटिका जस्तो दुरुह हिमप्रदेशको रोमान्चक यात्रावृतान्त मार्फत् पर्यावरणजस्तो अहिलेको विश्वको सबैभन्दा सरोकारको विषयलाई सशक्तताका साथ बहसको विषय बनाउन सफल भएको” कृतिका रुपमा सो पुरस्कार प्रदान गरिने निर्णय भएको गुठीका अध्यक्ष डा.पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको पुरस्कार चयन समितिले जनाएको छ ।
नेपाली साहित्यिक पत्रकारिताका एक आदर्श खम्बा रुपरेखा साहित्यिक मासिकका सम्पादक उत्तम कुँवरको विसं २०३९ सालमा दुःखद निधन भएपछि उनकी धर्मपत्नी शान्ति कुँवरले “उत्तम पुस्कार” को स्थापना गरेकी थिईन् ।
यो पुरस्कार पहिलोपल्ट मञ्जुलले पाएका थिए ।
पछि शान्ति कुँवरको पनि निधन भएपछि यो पुरस्कारको नाम “उत्तम पुरस्कार” बाट “उत्तम शान्ति पुरस्कार” का रुपमा परिवर्तन गरिएको थियो ।
पुरस्कृत स्रष्टा लामिछाने नियात्रा विधामा पछिल्लो समय सकृय र लोकप्रिय रहेका छन् । यसअघि उनका “सरसर्ती संसार” र “देश देशावर” कृतिहरु प्रकाशित थिए । “अक्षत अन्टार्कटिका” हनको तेस्रो कृति हो ।

०००

 

Leave a Reply