१५ फागुन २०८१, काठमाडौं
२०८१ सालको दण्डपाणि -नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई समर्पण गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठनका कुलपति भूपाल राईले सो पुरस्कार हस्तान्तरण गरे । पुरस्कारमा रू ५०,०००/- (अक्षरेपी पचास हजार रुपिया) राशी र अभिनन्दन पत्र रहेको छ ।
कार्यक्रममा कोष संस्थापक हरिहर अर्याल ,सांसद तथा योजना आयोगका पूर्व उपाध्यध्य डा .दिनेशचन्द्र देवकोटा, प्राडा सुरेन्द्र केसी तथा पुरस्कृत प्रतिभा मोहना अन्सारीले मन्तब्य प्रकट गरेका थिए ।
कार्यक्रममा ईश्वरचन्द्र बानियाँको पहिलो घुम्ती पुस्तक लोकार्पण गरिएको थियो ।
सो अवसरमा साधारण सभा समेत सम्पन्न भएको थियो र ईश्वरचन्द्र बानियाको अध्यक्षतामा नयाँ कार्य समिति समेत गठन गरिएको थियो ।
कार्यक्रम दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रका अध्यक्ष बरिष्ठ ई. ईश्वरचन्द्र बानियाको अध्यक्षतामा सम्पन्न भएको ब्यहोरा महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
