“ललितपुर साहित्य समाज” तदर्थ समिति गठन

मुख्य समाचार

२९मङिसर २०८१, ललितपुर

ललितपुरमा बसोबास गर्ने साहित्यकारहरूको एक भेलाले हास्य व्यङ्ग्य साहित्यका वरिष्ठ सर्जक राम कुमार पाण्डेको अध्यक्षतामा ललितपुर साहित्य समाज गठन गरेको छ ।
सो समितिमा भानुप्रकाश जोशी उपाध्यक्ष, दिव्य गिरी सचिव, किशोर बज्रबज्राचार्य कोषाध्यक्ष, जयदेव भट्टराई, शुषमा चित्रकार, गोपाल सञ्जेल, श्रीराम पौडेल, रामसुन्दर के.सी., विमलप्रभा बज्राचार्य, दिव्य बज्राचार्य तथा राजेश्वरी राजोपाध्याय सदस्य रहेका छन् ।
साथै सो भेलाले प्राध्यापक डा.भरतकुमार भट्टराई, साहित्यकार एवम् गायिका चन्द्रकला शाह तथा प्राध्यापक डा.यादव प्रसाद ढुङ्गानालाई सल्लाहकारका रूपमा चयन गरेको छ ।
साहित्य सञ्चार नेपाल, ललितपुरले सातदोबाटो स्थित युनिभर्सल क्याफेमाल लितपुरका साहित्यकारहरूको भेला आयोजना गरी नेपाली साहित्य, कला र संस्कृतिको सम्बर्द्धन, संरक्षण र विकासको निम्ति ललितपुर जिल्लाको विभिन्न क्षेत्रमा रहेका विभिन्न साहित्यिक संस्थाको प्रतिनिधिहरू र ललितपुरमा रहे बसेका साहित्यकारहरू बीच छलफल र विचार विमर्श गरी सो समिति गठन गरेको हो ।
उक्त भेलामा ललितपुरका साहित्यकारहरूबारे मधुपर्कका निवर्तमान सम्पादक तथा “आरब्ध” द्वैमासिक साहित्यिक पत्रिकाका सम्पादक जयदेव भट्टराईले संक्षिप्त कार्यपत्र प्रस्तुत गरेका भने कवि तथा कथाकार दिव्य गिरीले ललितपुर जिल्लामा रहेका विभिन्न साहित्यिक संस्थाको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् प्राध्यापक रामकुमार पाँडेले ललितपुर साहित्य समाज स्थापना गर्नुको आवश्यकता, कारण र उद्देश्यसहितको अवधारणा प्रस्तुत गरेका थिए । सो अवसरमा ललितपुर क्षेत्रमा कार्यरत साहित्यिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले आ-आफ्नो धारणा र शुभकामना व्यक्त गरेका थिए । जसमा कुन्ज्योसोम वाङ्मय प्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेल, महालक्ष्मी साहित्य समाजका अध्यक्ष श्रीराम पौडेल, लालित्य सिर्जना समाजका सदस्य ईश्वर पोखरेल, मिसा साहित्यकार मुनाकी अध्यक्ष विमलप्रभा बज्राचार्य, महाङ्काल साहित्य प्रतिष्ठानका प्रतिनिधि रत्न विरही घिमिरे रहेका थिए ।
भेलामा ललितपुर जिल्लाका प्रारम्भदेखि हालसम्म दिवङ्गत साहित्यकारहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । भेलामा उपस्थितलाई शुषमा चित्रकारले स्वागत गर्दै कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

 

1 thought on ““ललितपुर साहित्य समाज” तदर्थ समिति गठन

Leave a Reply