जीवनको रंग बदलिरहन्छ

गीत

ज्ञानेन्द्र गदाल

 

हाँसो छरी अधरमा, व्यथा दुखिरहन्छ

यही रितले जीवनको, रंग बदलिरहन्छ।

 

कैले बतास चल्छ, शितल हुन्छ मन त्यसै

कैले डडेलो बल्छ, खरानी हुन्छ मन त्यसै

हतासिन्छ मन कैले, कैले चुपचाप सहन्छ

यही रितले जीवनको, रंग बदलिरहन्छ।

 

कैले खुशी पलाउँछ, उत्साहको रहरमा

कैले उदासी छाउँछ, वितृष्णाको लहरमा

घाम छायाँ झैं जिन्दगी, चल्छ चलिरहन्छ

यही रितले जीवनको, रंग बदलिरहन्छ।

 

000

 

गीतकार परिचयः ज्ञानेन्द्र गदाल मूलतः गीतकार हुन् । उनी विसं २०३९ देखि नेपालमै गीत लेखनमा सकृय थिए र विसं २०५५ देखि अमेरिकामा बसोवास गरे पनि उनको लेखनले निरन्तरता पाएको छ । उनको कलम गीत, गजल र कवितामा सकृय छ । उनको “मलाई छुने मन” (सन् २००३) गीत सङ्ग्रह तथा  झरिपछिको आकाश (सन् २०१३) कविता सङ्ग्रह प्रकाशित छन् । अनेसासका केन्द्रि अध्यक्ष भैसकेका उनले भ्यथित काब्य पुरस्कार(२०६८), छिन्नलता गीत पुरस्कार(२०७५), नातीकाजी स्मृति राष्ट्रिय संगीत सम्मा(२०७७) लगायत विभिन्न पुरस्कार र सम्मान पाएका छन् । उनी अमेरिकाको कोलोराडोमा बस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *