शङ्कर शाहका तीन कृतिहरूको लोकार्पण सम्पन्न

३ माघ २०८२, काठमाडौं दायित्व वाङ्मय प्रतिष्ठान,नेपालले एक कार्यक्रमको आयोजना गरी साहित्यकार शङ्कर शाहका तीन कृतिहरू ‘जेन लहर हाइकु चर्चा,’आइना जो देखाउँछ’लेख तथा समीक्षा सँगालो र ‘दोबाटोको च्याखुरा’कथा,निबन्ध/लेखसंकलनको एकसाथ लोकार्पण सम्पन्न ग-यो । प्रतिष्ठानका उपाध्यक्ष,समालोचक प्रा.डा.भागवत ढकालले लोकार्पित तीन कृतिहरूका बारेमा समीक्षात्मक टिप्पणी पेश गरेका थिए। टिप्पणीका क्रममा उनले स्रष्टा शाहले हाइकुका बारेमा राम्रो चर्चा […]

Continue Reading

इलामका सर्जकहरु सम्मानित

१ माघ २०८२ माघ, काठमाडौं । काठमाडौंमा बसेका इलामेलीले आज माघे स‌क्रान्ति पर्व मनाए । इलाम विकास समाजले अनामनगर, काठमाडौंस्थित शिव मन्दिरमा आयोजना गरेको कार्यक्रममा चलचित्र निर्देशक एवं वरिष्ठ साहित्यकार लक्ष्मीनाथ शर्मा, वरिष्ठ पत्रकार धर्म गौतम, गायिका एवं कलाकार कविता आले, वरिष्ठ धावक बुद्धवीर लामा, वरिष्ठ चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, वरिष्ठ कलाकार राजु पिठाकोठे र […]

Continue Reading

साहित्यिक पत्रकार अच्युतरमण अधिकारीको अवसान

२८ पौष २०८२, काठमाडौं नेपाली साहित्य जगतमा विशेष गरी साहित्यिक पत्रकारको रुपमा सुपरिचित साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयका निबृत्त प्राध्यापक अच्युतरमण अधिकारीको २८ पुस २०८२ का दिन काठमाडौंमा निधन भएको छ । विसं २००८ साल बैशाख ५ गते डुम्रे खोटाङमा जन्मेका उनले विसं २०१९ सालमा नेपाल पत्रिकामा “नेपालका गाउँमा” कविता प्रकाशन गरी साहित्यिक क्षेत्रमा उदाएका उनी […]

Continue Reading

मासिक कथावाचन कार्यक्रमको छब्बीसौं शृङ्खला सम्पन्न

२५ पुस २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साल साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको सम्पन्न भएको छ । सधैँ झैँ कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर आरम्भ गरिएको सो कार्यक्रममा दिवंगत स्रष्टा गजेन्द्रबहादुर शाहको कथा ‘बिर्सेको कुरा’ कथाकार समिना खनाल पृथाले वाचन गर्नुभएपछि अन्य […]

Continue Reading

पवन आलोक नियात्रा पुरस्कार अब नियात्रा सम्मान हुने

२५ पुस २०८२, काठमाडौं । २०७७ सालमा वरिष्ठ नियात्राकार पवन आलोकको नाममा श्रीमती रेखा कँडेलद्वारा स्थापित रु २५ हजार नगद राशिको “पवन आलोक नियात्रा पुरस्कार” अब पवन आलोक नियात्रा सम्मान हुने भएको छ । सो सम्मानका साथ रु ५० हजार प्रदान गरिने भएको छ । प्रत्येक वर्ष प्रकाशित हुने नियात्रा कृतिमध्येबाट मूल्याङ्कन समितिको सिफारिसको आधारमा […]

Continue Reading

नेपाल मुक्तक प्रतिष्ठानको पुनर्गठन

२२ पुस २०८२, काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रीय समिति काठमाडौँमा सम्पन्न बाह्रौँ साधारणसभाले मुक्तककार रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे, कोषाध्यक्षमा दिव्य गिरी र सदस्यहरूमा ई. विष्णुबहादुर सिंह र गुप्तबहादुर श्रेष्ठ चयन भएका छन् । यसैगरी संस्थाको थप सल्लाहकारमा वियोगी बुढाथोकीलाई […]

Continue Reading

डा. महावीर पुन सम्मानित

२१ पुस २०८२, काठमाडौँ दिवङ्गत मनोचिकित्सक डा. सुदीप अर्यालको स्मृतिमा स्थापित, रु १, ११, १११ नगद राशिसहितको ‘डा. सुदीप अर्याल स्मृति सामाजिक रूपान्तरण पुरस्कार २०८१’ बाट वैज्ञानिक महावीर पुनलाई सम्मानित गरिएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उक्त पुरस्कार वैज्ञानिक पुनलाई प्रदान गरिएको हो । हाल उनी नेपाल सरकारको […]

Continue Reading

उषा शेरचन “ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार”द्वारा पुरस्कृत

२० पुस २०८२, काठमाडौं नेवारी भाषाका साहित्यकार तथा पत्रकार ईश्वरमान रञ्जितज्यूको स्मृतिमा उहाँका सुपुत्र निरज रञ्जितकारद्वारा स्थापित रू एघार हजार एक सय एघार राशीको ‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ द्वारा साहित्यकार उषा शेरचन पुरस्कृत भएकी छिन् । आर्थिक सञ्जाल मिडिया प्रा.लि. द्वारा सञ्चालित ‘आर्थिक सञ्जाल डटकम’ अनलाइन पत्रिकाको सातौँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको […]

Continue Reading

शेषराज सिवाकोटी पुरस्कृत

१९ पुस २०८२, काठमाडौं ज्ञानगुनका कुरा प्रकाशनका प्रधान सम्पादक शेषराज सिवाकोटी रामेश्वरप्रसाद तिमिल्सिना स्मृति सम्मानबाट सम्मानित भएका छन् । यो सम्मानको साथमा २५ हजार राशी समेत रहेको छ । जिएमपी तिमिल्सिना प्रतिष्ठान नेपालले एक कार्यक्रमका वीच उनलाई कार्यक्रमका सभापति डा. पार्थिबेश्वर तिमिल्सिनाले समर्पण गरे । पुरस्कृत सिवाकोटीले सो रकम धनवज्र बज्राचार्य स्मृति सम्मान कोषलाई प्रदान […]

Continue Reading

आत्मपरक निबन्ध गोष्ठी सम्पन्न

१७ पुस २०८२, काठमाडौं नेपाल स्रष्टा समाजले चर्चित निबन्धकार स्व.कृष्णचन्द्रसिंह प्रधानको सत्वार्षिकीकोअवसर पारेर आफ्नो १९ औं स्थापना दिवसमा बृहद आत्मपरक निबन्ध गोष्ठी सम्पन्न गरेको छ । बिहिबार लिटिल एन्जल्स स्कूलको सह-आयोजनामा सम्पन्न उक्त गोष्ठीमा समकालीन निबन्धकारहरुले आ-आफ्नो निबन्ध सुनाए । गोष्ठीमा बोधराज पौडेल,विष्णुबहादुर जिसी,भागवत खनाल,रञ्जना निरौला,श्रीबाबु कार्की,ज्ञानु अधिकारी,डा.चेतनाथ कँडेल हरित,डा.मानसाग्नी,ज्ञानेन्द्र विवश,भिष्म उप्रेती,डा.खगराज बराल,डा.रजनी ढकाल,प्रा.डा.ज्ञानु पाण्डे,प्रा.डा.लक्ष्मणप्रसाद […]

Continue Reading