“नेबासास रञ्जुश्री-दामोदर बालकथा पुरस्कार”को स्थापना

१५ मंसिर २०८१, काठमाडौं प्रत्येक वर्ष राष्ट्रिय बालसाहित्य सम्मेलनका अवसरमा विद्यार्थीका लागि हुने बालकथा लेखन प्रशिक्षणमा लेखिएका कथाहरूमध्ये सर्वोत्कृष्ट तीन कथालाई नगद पुरस्कार दिइने गरी “नेबासास रञ्जुश्री-दामोदर बालकथा पुरस्कार” को स्थापना गरिएको छ । सो पुरस्कारका लागि नेपाल बालसाहित्य समाजका सल्लाहकार एवम् आजीवन सदस्य अग्रज बाल साहित्यकी स्रष्टा रञ्जुश्री पराजुलीले अक्षय पोषका लागि रू १ […]

Continue Reading

नेपाल वाङ्मय परिषदले चार प्रतिभा सम्मान गर्दै

१२ मंसिर २०८१, काठमाडौं नेपाल वाङ्मय परिषद् सचिवालयले एक विज्ञप्ति जारी गर्दै वि.सं २०८० का लागि नेपाली वाङ्मय साधना सम्मान, पद्मा–रामचन्द्र लघुकथा सम्मान, राधिका–गोपालदत्त लघुकथा सम्मान तथा कर्मयोद्धा सृजना सम्मानको निर्णय घोषणा गरेको छ । प्राप्त जानकारी अनुसार वि.सं २०७१ मा स्थापित पद्मा-रामचन्द्र लघुकथा सम्मान नवराज रिजाल (बारा)लाई, वि.सं. २०७२ सालमा स्थापित नेपाली वाङ्मय साधना […]

Continue Reading

एक लाखको बाह्रखरी कथा पुरस्कारलाई पच्चीस कथा छानिए

११ मंसिर २०८१, काठमाडौं ‘डिश होम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का लागि प्रतिस्पर्धी रहेका पहिलो चरणका ५२ कथाहरू मध्येबाट उत्कृष्ट २५ कथाका कथाकारको नाम छनौट गरेको छ । उत्कृष्ट २५ कथाकारहरुमा अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित के.सी., दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, […]

Continue Reading

लक्ष्मी उप्रेती वर्ष व्यक्तित्व तथा नवप्रतिभा पुरस्कार घोषणा

१० मंसिर २०८१, काठमाडौं एक लाख एक सय राशी सहितको ‘साहित्यकार लक्ष्मी उप्रेती वर्ष व्यक्तित्व पुरस्कार ’ पहिलोपल्ट काठमाडौं निवासी क्रिकेट खेलाडी विजयकुमार शर्मालाई प्रदान गरिने भएको छ । उनलाई “२०३७ सालमा सुरु भएको प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा २७ विकेट लिएका थिए र सो रेकर्ड हालसम्मकै नेपाली क्रिकेट खेलको इतिहासमा ऐतिहासिक मानिन्छ । उनी नेपाली […]

Continue Reading

दीपक समीपलाई “प्रेम शान्ति आख्यान पुरस्कार”को घोषणा

१० मंसिर २०८१, पोखरा लमजुङ पोखरा सम्पर्क समितिले साहित्यकार दीपक समीपलाई “प्रेम शान्ति आख्यान पुरस्कार २०८१” अर्पण गर्ने निर्णय गरेको छ । प्राप्त समाचार अनुसार साहित्यकार कल्याण पन्तको संयोजकत्वमा साहित्यकार लक्ष्मण थापा र संस्थाका अध्यक्ष कृष्ण गिरीको छनौट समितिले समीपलाई पुरस्कारको लागि चयन गरेको हो । नेपाली साहित्यको उन्नयनमा महत्त्वपूर्ण योगदान पु-याए बापत स्रष्टा दीपक […]

Continue Reading

नारी स्रष्टा समाज नेपालको पुरस्कारहरू वितरण सम्पन्न

२ मंसिर २०८१, काठमाडौं नारी स्रष्टा समाज नेपालले नारी स्रष्टा लता गिरीको जन्मदिनका अवसरमा हरेक वर्ष मङ्सिर १ गते आयोजना गर्ने गरेको नारी स्रष्टा दिवस सम्पन्न भएको छ । सो अवसरमा बिभिन्न प्रतिभाहरुलाई स्रष्टा सम्मान प्रदान गरिएको थियो । मोहनलता विशिष्ट स्रष्टा सम्मान २०८१ का राजेश खनाल, भीमलाल यसोदा स्रष्टा सम्मान २०८१ त्रिभुवनचन्द्र वाग्ले, कविराज […]

Continue Reading

विराटनगरमा चारजना स्रष्टा पुरस्कृत

१ मंसिर २०८१, विराटनगर इन्द्र–मोहन स्मृति गुठी धनकुटाले घोषणा गरेको चार पुरस्कारहरू विराटनगरमा एक कार्यक्रमको आयोजना गरी समर्पण गरेको छ । कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङले पुरस्कृत प्रतिभाहरु गायिका कुन्ती मोक्तान, साहित्यकार एवं पत्रकार किशोर पहाडी, साहित्यकार रुद्र ज्ञवालीलाई जनही २५ हजार र प्रमाणपत्र तथा र कवि मञ्जुश्री गिरीलाई १५ हजार […]

Continue Reading

गीतल प्रतिष्ठानका पुरस्कारहरुको घोषणा

२ मंसिर २०८१, तनहुँ गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले विसं २०८१ को पुरस्कार तथा सम्मान घोषणा गरेको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक बर्ष प्रदान गरिने पुरस्कारहरूमा २५ हजार राशीको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०८१ प्रज्ञा सरूभक्तलाई, २५ हजार राशीकै नेपाल अधिराज्यमा तनहुँ कृति वाङ्ग्मय पुरस्कार २०८१ डा.सत्य प्रकाश तिवारीलाई, १० हजार […]

Continue Reading

दिल्लीमा फोसवाल साहित्यिक महोत्सव सम्पन्न

३० कार्तिक २०२४, काठमाडौं भारतको नयाँ दिल्लीस्थित फाउन्डेशन अफ सार्क राइटर्स एन्ड लिटरेचर (फोसवाल) महोत्सवमा भाग लिएर नेपाली साहित्यकारहरूको सात सदस्यीय टोली आज नेपाल फर्केको छ । टोलीमा नेपाल स्रष्टा समाजका पूर्वअध्यक्ष विधान आचार्य, सहप्राध्यापक डा. नेत्र एटम, लेखक कविहरू ऋतुराज सुवेदी, अभय श्रेष्ठ, सविता गौतम दाहाल, कवि चन्द्र गुरूङ तथा डा नाज सिंह संलग्न […]

Continue Reading

मासिक कथा वाचनको तेह्रौं शृङ्खला सम्पन्न

३० कात्तिक २०८१, काठमाडौं गत वर्ष साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको तेह्रौं शृङ्खला सम्पन्न भएको छ । कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर आरम्भ गरिने परम्परा अनुसार दिवङ्गत स्रष्टा विष्णु चरण श्रेष्ठ (कवि सिद्धिचरण श्रेष्ठका पिता) को कथा ‘कुबेरको ढुकुटीको साँचो’ कथाकार तथा नियात्राकार चन्द्रप्रसाद भट्टराईले ऐतिहासिक […]

Continue Reading