काठमाडौंमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै

२८ भदौ २०८१, काठमाडौं नेपाल बालसाहित्य समाज, नेपाल प्रज्ञा-प्रतिष्ठान र रूम टु रीडको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ। आगामी असोजको ४ र ५ गते नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुने सो सम्मेलनमा नेपालसहित ११ देशका ३१ विदेशी सहभागीका साथै नेपालका बालसाहित्य स्रष्टा, चित्राङ्कनकर्ता, पुस्तकालयविद्, प्रकाशक, शिक्षक, बालबालिकासम्बद्ध विभिन्न संस्थाका प्रतिनिधिसहित १५० भन्दा […]

Continue Reading

पहिचान पुरस्कारलाई छानिए आठ पुस्तक

२५ भदौ २०८१, काठमाडौं हरेक वर्ष पहिचान पुरस्कार कोषले प्रदान गर्ने “पहिचान पुरस्कार” का लागि ८ पुस्तकको सूचि एक विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ । कोषका संस्थापक नरेश काङमाङ राई हस्ताक्षरित बिज्ञप्ति अनुसार गीलु रातोसको “सिलीदुङ”, विश्व कुईंकेलको “गोपिचा”, मिथोचको “आगोको पिदार”, राजु स्याङतानको “ओ पेङ्दोर्जे”, प्रवीण खालिङको “चिया गफ”, अभागी थेगुवाको “सपनाहरुको वही”, श्याम […]

Continue Reading

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कारको घोषणा

२४ भदौ २०८१, काठमाडौं खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले एक बिज्ञप्ति प्रकाशित गर्दै विक्रम सम्वत २०८० सालमा प्रकाशित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रा.कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई, पद्मश्री साधना सम्मान पवन कुमार चामलिङलाई, पद्मश्री गौरव पुरस्कार प्रा.डा. केदारभक्त माथेमालाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ । “द्वैत, अद्वैत तथा बहुलवादमा आस्था भएपनि मानवताको […]

Continue Reading

“अद्वैत” उपन्यासले जित्यो कविडाँडा आख्यान पुरस्कार

१९ भदौ २०८१, चितवन कविडाँडा साहित्य समाज चितवनले बर्षेनी बितरण गर्दै आएको १ लाख २५ हजार राशीको “कविडाँडा आख्यान पुरस्कार” कृष्ण गौतमको “अद्वैत” उपन्यासलाई प्रदान गरिने भएको छ । कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी.क्षेत्री हस्ताक्षरित १९ भदौको बिज्ञप्तिमा सो निर्णय भएको जनाइएको छ । यसअघि २१ साउनमा १० उत्कृष्ट आख्यान कृतिहरूको पहिलो सूचि निकालेको थियो […]

Continue Reading

छ कृतिलाई यशस्वी बुक अवार्डको घोषणा

१५ भदौ २०८१, काठमाडौं यशस्वी प्रज्ञा प्रतिष्ठानले वि.सं. २०८१ सालको “‘यशस्वी बुक अवार्ड” को घोषणा गरेको छ । विगतका वर्षहरूदेखि काठमाडौं कलिंग साहित्य महोत्सवका अवसरमा प्रदान गरिँदै आएको विभिन्न विधाका यी पुरस्कारहरू ५ विधामा ६ पुस्तकहरूलाई पुरस्कार प्रदान गरिने भएको छ । प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रञ्जना निरौला हस्ताक्षरित विज्ञप्ति अनुसार काव्यका लागि देवव्रतको ‘अश्वत्थामाको निधारबाट […]

Continue Reading

२०८० को मदन पुरस्कार र जगदम्बा-श्री पुरस्कारको घोषणा

१‍४ भदौ २०८१, काठमाडौं प्रत्येक बर्ष निकै चासो र उत्सुकताकासाथ प्रतीक्षा गरिने नेपालको नोवेल पुरस्कारको रुपमा लिइने मदन पुरस्कार २०८० सालमा प्रकाशित र पुरस्कार हेतु गुठीमा दर्ता भएका ३०४ कृतिहरुमध्ये मोहन मैनालीको कृति “मुकाम रणमैदानः नेपाल-अङ्ग्रेज युध्दको बखान” लाई अर्पण गरिने भएको छ । मदन पुरस्कार गुठीको १४ भदौ २०८१ मा बसेको साधारण सभाले सो […]

Continue Reading

“प्रभुभक्त-छोरीनानी वर्षपुस्तक पुरस्कार”को अक्षयकोष स्थापना

१३ भाद्र २०८१, काठमाडौं नारी स्रष्टा समाजबाट प्रदान गर्ने गरी आफ्ना मातापिताका नाममा बिक्रमभक्त जोशी र बिन्जु जोशीले “प्रभुभक्त-छोरीनानी वर्षपुस्तक पुरस्कार” स्थापना गरेका छन् र त्यसको अक्षयकोषको समेत ब्यवस्था गरिएको छ । नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलको संयोजनमा स्थापना गरिएको “प्रभुभक्त-छोरीनानी वर्षपुस्तक पुरस्कार २०८१” पहिलो पटक मङ्सिर १ गते नारी स्रष्टा दिवसको अवसरमा उत्कृष्ट […]

Continue Reading

“विश्व-ज्योति काव्य पुरस्कार” को स्थापना

१२ भदौ २०८१, काठमाडौ एपेक नेपालले एक सूचना जारी गरी “विश्व-ज्योति काव्य पुरस्कार” को लागि पाण्डुलिपिको आव्हान गरेको छ । सो सूचना अनुसार ४० बर्ष वा सो भन्दा कम उमेरका, यसअघि कुनै कृति प्रकाशित नभएका प्रतिभाहरुले २०८१ पौष मसान्तभित्र पठाउन सकिने र पुरस्कृत पाण्डुलिपि २५ चैत्र २०८१ मा एपेक नेपालको वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिने जनाइएको […]

Continue Reading

लालबन्दी नगर वाङ्मय परिषदका पुरस्कारहरूको घोषणा

१० भदौ २०८१, लालबन्दी मधेश प्रदेश अन्तर्गत स्थापित “लालबन्दी नगर वाङ्मय परिषद, लालबन्दी सर्लाहीले रु ५० हजार राशीको “लालबन्दी नगर वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कार-२०८१” “बोरा” उपन्यास कृतिका लागि अखण्ड लाई प्रदान गर्ने निर्णय गरेको छ । स्मरणीय छ लालबन्दी नगर वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कारका लागि “बोरा” सहित १० कृतिको सूचि प्रकाशित […]

Continue Reading

काठमाडौंमा नरेन्द्रबहादुर श्रेष्ठसित “ललितकला सम्वाद”

७ भदौ २०८१, काठमाडौं । कवि एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठसित आज नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले “ललितकला सम्वाद” कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा कवि एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्व र कृतित्वका विविध पक्षमाथि साहित्यिक पत्रकार संघका अध्यक्ष कवि राधेश्याम लेकालीले मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा जरामा अर्थ खोज्ने कविले सिर्जना गरेको कला कृतिको वृत्तचित्र […]

Continue Reading