साहित्यकार राजेन्द्र पराजुलीको निधन

२६ भदौ २०८० साहित्यकार राजेन्द्र पराजुलीको आज २६ भदौ २०८० विहान उपचारको  क्रममा बीएण्डबी अस्पतालमा दुखद निधन भएको छ । उनलाई सोमबार राती अस्पताल पुर्याईएको थियो । पारिवारिक श्रोतका अनुसार उनलाई निमोनिया भएको र निमोनिया शरीरभरि फैलिसकेकोले बचाउन नसकिएको डाक्टरले बताएका थिए । यस अघि उनलाई स्थानिय नर्सिङ होममा केही घण्टा उपचारपछि घर ल्याईएको थियो […]

Continue Reading

खगेन्द्र लामिछानेको “पानीफोटो” लोकार्पित

२५ भदौ २०८०, काठमाडौं कलाकार खगेन्द्र लामिछानेको पुस्तक पानीफोटो विशेष कार्यक्रम वीच लोकार्पण भएको छ । कलाकार नीर शाह, अभिनेत्री स्वस्तिमा खड्का, कलाकार तथा निर्देशक निश्चल बस्नेत, अभिनेत्री ऋचा शर्मा, निर्देशक मनोज पण्डित, निश्चल बस्नेत, निर्देशक दीपेन्द्र के खनाल, अशोक शर्मा, सौरभ राई, अभिनेत्री सुरक्षा पन्त, मलिका महत, ‘पानीफोटो’का लेखक एवम् निर्देशक खगेन्द्र लामिछानेलगायतले पुस्तकको […]

Continue Reading

कविडाँडा आख्यान पुरस्कारको लागि पहिलो सूचि प्रकाशित

  २४ भदौ २०८०, चितवन कविडाँडा साहित्य समाज आख्यान पुरस्कार – २०७९ का लागि समाजले १० कृतिको छनौट गरेको जनाएको छ । समाजका अध्यक्ष एलबी क्षेत्री हस्ताक्षरित विज्ञप्ति अनुसार जानुका खतिवडाको आतोवोड़ा, विवेक ओझाको ऐँठन, गोपी सापकोटाको चिसो बाफ, मनोज चौधरीको टुवरा ,रामलाल जोशीको बाआमा,देवीप्रसाद सुवेदीको मनु, सञ्जय विष्टको माटाको घर,हरिबोल काफ्लेको यशोधरा,रेनुका जीसीको सनेस […]

Continue Reading

नइ प्रकाशनका पाँच कृति एकसाथ विमोचित

२४ भदौ २०८०, काठमाडौं नइ प्रकाशनका पाँच कृतिहरुको एक समारोहका वीच काठमाडौंमा एकसाथ विमोचन सम्पन्न भएको छ । विमोचित कृतिहरु ईन्दिरा प्रसाईद्वारा लिखित ‘बघेनी’ कथासङ्ग्रह, सुनीता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती बस्नेतको ‘विश्वम्भरा’, ओमकुमारी बञ्जारा रानाभाटको ‘ऋतु’ र रश्मि रिमालबाट रचित ‘पर्दाभित्र’ कवितासङ्ग्रहहरु रहेका छन् । यी कृतिहरुलाई वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरी […]

Continue Reading

विसं २०८० को वासुदेव लुईंटेल पुरस्कार तथा सम्मान समर्पण सम्पन्न

२३ भदौ २०८०, काठमाडौं विसं २०७९ सालको वासुदेव लुईंटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई ललितपुरको जावलाखेलमा आयोजित एक समारोहकावीच समर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि भैरवबहादुर थापा तथा विशिष्ट अतिथि शान्तदास मानन्धरले उनलाई प्रदान गरे । उनलाई पुरस्कारको राशी एक लाख एघार हजार एकसय एघार नगद, सम्मानपत्र र प्रतीक चिन्ह समेत प्रदान […]

Continue Reading

भारतीय नेपाली साहित्यका धरोहर नरवहादुर दाहालको निधन

८ सेप्टेम्वर २०२३, सिलिगढी भारतीय नेपाली साहित्यका धरोहर नरवहादुर दाहालको उपचारको क्रममा ८ सेप्टेम्वर २०२३ का दिन साँझ निधन भएको छ । सन् १९३७ सेप्टेम्वर ५ का दिन कालेबुङमा जीतवहादुर दाहाल र वेदमाया दाहालको सुपुत्रको रुपमा जन्मेका उनले सन् १९५० मा लैनसिं वाङ्गदेलको सम्पादनमा प्रकाशित “प्रभात” पत्रिकामा “स्मरण” शिर्षकको गद्य कविताको प्रकाशनसँगै साहित्य यात्राको थालनी […]

Continue Reading

कविता महोत्सव पुरस्कार २०८० प्रदान

२१ भदौ २०८०, काठमाडौं नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रज्ञा प्रतिष्ठानले यसै वर्षदेखि कविता महोत्सवमा भाग लिने कविहरुमध्ये १० कवितालाई छनौट गरी पुरस्कृत गर्ने नयाँ परम्परा थालनी गरे अुनसार छनौटमा परेका १० कविहरुलाई राष्ट्रपति निवास शितल निवासमा आयोजित समारोहमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । पुरस्कृत हुने कविहरुमा खिमानन्द जोशी, पूर्णानन्द ओझा, टङ्क बहादुर […]

Continue Reading

अनेसास नवरत्न सम्मानको घोषणा

६ सेप्टेम्वर २०२३, वाशिंटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्य, कला, संस्कृति र समाजका विविध पाटोमा उल्लेख्य योगदान पुर्याउने ९ जना महिलालाई वर्षेनी प्रदान गर्दै आइरहेको नवरत्न सम्मानका लागि नाम सिफारिस गर्न गठित समितिको सिफारिसमा नवरत्न सम्मानका लागि ९ जना प्रतिभाको घोषणा गरेको छ । अनेसासले प्रकाशित बिज्ञप्ति अनुसार साहित्य तर्फ अनु शाह(अमेरिका), आचार्य […]

Continue Reading

विसं २०८० को वासुदेव लुईंटेल पुरस्कार तथा सम्मानको वितरण गरिंदै

२० भदौ २०८०, काठमाडौं विसं २०७९ सालको वासुदेव लुईंटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी एक लाख एघार हजार एकसय एघार रहेको छ । नगदको साथमा सम्मानपत्र र प्रतीक चिन्ह समेत प्रदान गरिनेछ । त्यसैगरी चुडामणि रेग्मी र रमेश खकुरेललाई वासुदेव लुईंटेल सम्मान प्रदान गरिने […]

Continue Reading

साहित्यकार सनत रेग्मी अश्वस्थ

२० भदौ २०८०, नेपालगञ्ज साहित्यकार सनत रेग्मी अश्वस्थ भै भदौ १९ गतेदेखि अस्पताल भर्ना भएका छन् । उनलाई एलर्जिक ब्रोङ्काइटिस भएकोले उपचार भैरहेको उनले विश्वपरिक्रमालाई बताए । उनले सामाजिक संजालमा पुरानो कर्णाली बिकास बैंक भएको ठाउँ नेपालगञ्ज अवस्थित प्रकाश नागको अस्पतालमा उपचार भैरहेको लेखेका छन् । केही समयअघि देखि डा. प्रकाश नागको निगरानीमा रहेर उपचार […]

Continue Reading