बाल साहित्यका सर्जक गोपाल पराजुलीको निधन

२० कार्तिक २०८१ काठमाडौं बाल साहित्यका स्रष्टा गोपाल पराजुलीको काठमाडौंमा निधन भएको छ । वि.सं .२००२ जेठ ९ गते काभ्रेको भमरकोटमा जन्मेका उनी वि.सं. २०२१ सालमा गोरखापत्र दैनिकमा “सम्पादकलाई चिठ्ठी रचना प्रकाशन गरी साहित्य लेखनमा प्रवेश गरेका थिए । उनका “केही राष्ट्रिय विभूति” ३ भाग, “हाम्रा केही प्रसिद्ध साहित्यकार” ६ भाग, “नानीको बानी”(बाल निबन्ध सङ्ग्रह), […]

Continue Reading

चक्रपाणी कथा प्रतियोगिताका विजयी पुरस्कृत गरिए

२० कार्तिक २०८१, काठमाडौं चक्रपाणि स्मारक प्रतिष्ठानद्वारा आयोजित नेपाल राज्यव्यापी खुल्ला कथालेखन प्रतियोगितामा जाजरकोटका शिवराज शाही ठकुरीको “सन्तानको फोटो” प्रथम भई ३० हजार रुपैयाँ पुरस्कार जितेको छन् । लोहकिल्थली भक्तपुरका मनीषकुमार शर्मा ‘समित’ को “मैले नभित्राएकी बुहारी” द्वितीय भई २० हजार र रुपक अलङ्कारको “बङ्गाली बाबा” तृतीय भई १० हजार १० हजार जितेका छन् । […]

Continue Reading

छहरा साहित्य समाजको आयोजनामा देवकोटा जयन्ती

१७ कार्तिक २०८१, काठमाडौं महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीले एक कार्यक्रमको आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती कार्यक्रमको आयोजना ग-यो । कार्यक्रममा लक्ष्मीप्रसाद देवकोटा सम्बन्धी चर्चा, रचना पाठ तथा कविता वाचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रा. नारायण प्रसाद कट्टेलले देवकोटाको काव्यसाधना बारे मन्तव्य प्रस्तुत गर्नुका साथै सान्दर्भित […]

Continue Reading

‘व्यथित साहित्य सम्मान’विजय चालिसेलाई प्रदान गरिने

१६ कार्तिक २०८१, काठमाडौं साहित्य सदन नेपालबाट अर्पण गर्ने गरिएको कविवर केदारमान व्यथितका नाममा स्थापित यस ‘व्यथित साहित्य सम्मान-२०८१’ विजय चालिसेलाई प्रदान गरिने भएको छ । नेपाली वाङ्मयका विविध विधामा कलम चलाएर उल्लेख्य पुस्तकाकार कृतिहरूको प्रकाशनका साथसाथ पत्रकारिता र साहित्यिक संस्थाहरूको सञ्चालन एवं उन्नयनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरे बापत साहित्यकार विजय चालिसेलाई अर्पण गर्ने […]

Continue Reading

साहित्यकार सरोज वलीको निधन

१६ कार्तिक २०८१, झापा साहित्यकार सरोज वलीको १६ कार्तिक २०८१ का दिन निधन भएको छ । वि.सं. १९९८ असार २३ गते जगतमुनि ओली तथा सरस्वती ओलीको साइँलो छोराको रूपमा तेह्रथुमको छातेढुङ्गा याखा गाउँमा जन्मेका झापा अर्जुनधारा तुतबारीका स्थायी बासिन्दा थिए । विसं २०१६ सालमा “हुन्छ” कविता प्रकाशनसँगै साहित्य लेखनमा प्रवेश गरेका उनको पहिलो पुस्तक कविता […]

Continue Reading

शुक्ला साहित्य पुरस्कार तथा चेत बहादुर बरुवाल लोक साहित्य पुरस्कारको घोषणा

१२ कार्तिक २०८१, काठमाडौं विसं २०८१ सालको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी ५५ हजार ५५५ रहेको छ । त्यसै गरी विसं २०८१ सालको लोककवि चेतबहादुर बरुवाल स्मृति लोकसाहित्य पुरस्कार प्रा.डा. कुसुमाकर न्यौपानेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी १५ हजार ५ सय रहेको […]

Continue Reading

दार्जिलिङका साहित्यकार हरेन आलेको निधन

२८ अक्टोवर २०२४, दार्जिलिङ दार्जिलिङका साहित्यकार हरेन आलेको निधन भएको छ । स्थानीय ईडेन अस्पतालमा पेटको उपचारको क्रममा निधन भएको थियो । ई.सं.१९४२ नोभेम्वर २२ का दिन फुवागढी चिया कमान, मिरिक दार्जिलिङमा जन्मेका उनको खास नाम हरेन्द्र विक्रम हो । सन। १९५८ मा कईचनजङ्घा पत्रिकामा “यसवेला को आयो ?” कविता प्रकाशनका साथ साहित्य जगतमा उदाएका […]

Continue Reading

साहित्यकार कृष्ण धरावासी र मञ्जु विमली अभिनन्दित

१० कार्तिक २०८१,विर्तामोड साहित्य चौतारी झापाले सो संस्थाका संस्थापक सल्लाहकार साहित्यकारद्वय कृष्ण धरावासी तथा मञ्जु विमलीलाई लाई अभिनन्दन गरेको छ । साहित्य चौतारीका मानार्थ सल्लाहकार साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा शनिबार बिर्तामोडमा भएको कार्यक्रममा धरावासी तथा मञ्जु विमलीलाई लाई अभिनन्दन गरिएको हो । साहित्य चौतारीका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष उर्मिला बिमली […]

Continue Reading

“धोबीघाट मेलोडी” विमोचित

१० कार्तिक २०८१, काठमाडौं निबन्धकार एवं गीतकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ एक कार्यक्रम बीच ललितपूर उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,प्रा.डा.दयाराम श्रेष्ठ,बरिष्ठ कवि डा. विष्णुविभु घिमिरे,बरिष्ठ नाटककार अशेष मल्ल,बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतबाट सामुहिक बिमोचन सम्पन्न भएको छ । कार्य्क्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ललितपूर उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धोबीघाट आफ्नो जन्मथलो नजिक भएको बताउँदै […]

Continue Reading

इन्द्र-मोहन स्मृति गुठीका चार पुरस्कारहरूको घोषणा

७ कार्तिक २०८१, काठमाडौं इन्द्र-मोहन स्मृति गुठी धनकुटाले प्रत्येक दुई दुई वर्षमा प्रदान गर्ने चार पुरस्कार र सम्मान घोषणा गरेको छ । गुठीले गरेको निर्णय अनुसार डा. विमला श्रेष्ठ साहित्य पुरस्कार कथाकार रुद्र ज्ञवालीलाई, ओम- इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कार शब्दपथ का प्रधान सम्पादक कवि, कथाकार किशोर पहाडीलाई, ओम _ इन्द्रमोहन गीत सङ्गीत पुरस्कार गायिका कुन्ती […]

Continue Reading