२६ लघुकथा सङ्ग्रह एकसाथ बिमोचन हुँदै

२७ साउन २०८१, काठमाडौं नेपाली साहित्यमा अत्यन्त उर्वर देखिएको कथाको एक रुप लघुकथाको २६ पुस्तकहरु एकसाथ ३ भदौ २०८१ का दिन काठमाडौंमा विमोचन हुने भएको छ । ती २६ लघुकथा सङ्ग्रहका स्रष्टाहरुमा अम्बिका दाहाल, अन्जु शर्मा, भाभा शर्मा नेपाल, विश्वराज अधिकारी, छविलाल खड्का मगर, गरिमा बस्नेत, हरिप्रसाद भण्डारी, गोपाल सङ्ग्रौला, हिरण्य कुमारी पाठक, कपिल लामिछाने, […]

Continue Reading

किरण आचार्यको ‘अहिल्या’ विमोचित

२६ साउन २०८१, काठमाडौं साहित्यिक पत्रकार सङ्घको आयोजनामा उपन्यासकार किरण आचार्यको पौराणिक कथामा आधारित उपन्यास’अहिल्या’ को विमोचन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.जयराज अवस्थि, सभाध्यक्ष राधेश्याम लेकाली, लेझिका तथा मञ्चासिन सबैले सो पुस्तकको सामुहिक विमोचन गरेका थिए । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि जयराज अवस्तीले आफ्नो मन्तव्य व्यक्त गर्दै नेपालगञ्ज जस्तो ठाउँमा बसेर […]

Continue Reading

१५ प्रतिभालाई जनमत सम्मानको घोषणा

२६ साउन २०८१, काठमाडौं जनमत वाङ्मय प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको बिभिन्न १५ सम्मानहरुको घोषणा गरेको छ । विसं २०८० का यी सम्मानहरुमा दीपा–जनमत सम्मान आकाश अधिकारी (तनहुँ) लाई, गणेश– खिलकुमारी दुवाल–जनमत सम्मान किशोर पहाडी (काठमाडौं) लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान प्रा.डा. वासुदेव त्रिपाठी (तनहुँ) लाई, जनमत–जनक प्रधान सेवा सम्मान विनोदराज शर्मा (भक्तपुर) लाई, […]

Continue Reading

रमेश बिकलका समग्र कथा, उपन्यास र नाट्यकृतिहरु बिमोचित

२५ साउन २०८१, काठमाडौं रमेश विकल साहित्य प्रतिष्ठानको आयोजनामा रमेश बिकलका समग्र कथा, उपन्यास र नाट्यकृतिहरु बिमोचन कार्यक्रम सम्पन्न भएको छ । “रमेश विकलका समग्र कृति” का तीन खण्डमा कथा खण्ड, उपन्यास खण्ड तथा नाटक खण्ड रहेका छन् र विसं २०१६ सालदेखि २०७५ सालसम्मका रचनाहरु समावेश गरिएका छन् । यी कृतिहरुको बिमोचन प्रमुख अतिथि गोकर्णेश्वर […]

Continue Reading

ईलाममा सुमन पोखरेलको एकल काव्य साँझ सम्पन्न

२४ साउन २०८१, ईलाम कवि सुमन पोखरेलको एकल काव्य साँझ पूर्वी नेपालको सुन्दर नगर ईलाममा सम्पन्न भएको छ । नगर साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा सम्पन्न सो काब्य साँझ अमेरिकन कर्नर ईलामको सभाकक्ष ईलाम दरवारमा भएको थियो । सो कार्यक्रममा उनले एक दर्जन कविता प्रस्तुत गरेका थिए ।

Continue Reading

चक्रपाणी राष्ट्रब्यापि कथा प्रतियोगिता हुँदै

२४ साउन २०८१, काठमाडौं चक्रपाणि स्मारक प्रतिष्ठानले “राष्ट्रब्यापि कथा प्रतियोगिता-२०८१” गर्ने भएको छ । नेपाली भाषामा लेखिएको मौलिक वा अन्य भाषामा लेखिएको भए अप्रकाशित मौलिक १५०० देखि ५००० शब्दको कथालाई प्रतियोगितामा सामेल गराईने तथा प्रथम हुनेलाई ३० हजार, दोश्रो हुनेलाई २० हजार तथा तेश्रो हुनेलाई १० हजार नगद पुरस्कार दिइने पनि जनाइएको छ । प्रतिष्ठानले […]

Continue Reading

साहित्यिक पत्रकार सङ्घले अभिनन्दन तथा सम्मान गर्दै

२४ साउन २०८१ साउन २४, काठमाडौं । साहित्यिक पत्रकार सङ्घले ७ प्रतिभालाई “सापस विशिष्ट सर्जक सम्मान” तथा ३ प्रतिभालाई सापस विशेष सर्जक/ अभियन्ता सम्मान, सापस विशेष सिर्जना सम्मान तथा सापस प्रतिभा सम्मान प्रदान गर्ने निर्णय भएको एक प्रेस विज्ञप्तिमा जनाइएको छ । अभिनन्दित हुनेमा तेजेश्वरबाबु ग्वङ, रोचक घिमिरे, कालीप्रसाद रिजाल, भागीरथी श्रेष्ठ, वसुन्धरा भूषाल, रामबाबु […]

Continue Reading

राजकुमार राईको ‘किवाहाङ’को जिरीमा चर्चा

  २३ साउन २०८१ काठमाडौं साहित्यकार राजकुमार राईको नवप्रकाशित उपन्यास ‘किवाहाङ’माथि जिरीमा परिचर्चा गरियो । कार्यक्रममा जिरी माविका पूर्वप्रधानाध्यापक टेकबहादुर जिरेलले उपन्यासका मुख्य पात्र नै ‘किवाहाङ’ रहेको बताए । ‘किवाहाङ अर्थात् बाघको राजा भनेर किरात भाषाबाट पात्रको नाम चयन गरिएको हो’, उनले भने । पुस्तक परिचर्चा तथा पुस्तकालय पुस्तक हस्तान्तरण कार्यक्रम केशवकुमार कार्कीको सभापतित्वमा सञ्चालित […]

Continue Reading

अविनाथ राईलाई किराया कृष्णकुमारी राई स्मृति पुरस्कार

२२ साउन २०८१, काठमाडौं तथा नेपाल सरकारका पूर्व उपसचिव साहित्यकार अविनाथ राई किरात राई यायोक्खाको ३७औं वार्षिकोत्सवका अवसरमा “किराया कृष्णकुमारी राई स्मृति पुरस्कार–२०८१” बाट सम्मानित भएका छन् । उनी “वाम्बुले राई शब्दकोश” (२०५७) का कोशकार हुन् । उनका “किरात वाम्बुले राई जाति र द्वावाङ्चा वंशावली” (२०६८) र वाम्बुले भाषाको कविता संग्रह “क्वाल खातिर” (एउटा बिस्मात) […]

Continue Reading

व्यथित काव्य पुरस्कार र डायस्पोरा सम्मानको घोषणा

२२ साउन २०८१, काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई “व्यथित काव्य सम्मान- २०८१” तथा कवि सुरेन उप्रेती (क्यानडा) लाई “व्यथित काव्य डायस्पोरा सम्मान- २०८१” प्रदान गर्ने निर्णय गरेको छ । ब्यथित काब्य पुरस्कार बिसं २०३९ सालदेखि दिईंदै आएको हो भने ब्यथित डायस्पोरा सम्मान बिगतका केही बर्षदेखि प्रदान गर्न थालिएको हो । साहित्यकार श्रीओम […]

Continue Reading