काठमाडौंमा लघुकथाका २५ कृति एकसाथ विमोचन सम्पन्न

२०८१ भदौ ३, काठमाडौं । काठमाडौंमा २४ ओटा लघुकथा कृति र १ लघुकथा समालोचना गरी लघुकथा कृतिहरु एकसाथ विमोचन सम्पन्न भएको छ । ती कृतिहरुको विमोचन विशिष्ट अतिथिहरु साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कल्याण पन्त (पोखरा), प्रमुख अतिथि नेपाल लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, कार्यक्रमका सभाध्यक्ष लघुकथाका स्रष्टा खेमराज पोखरेल तथा […]

Continue Reading

साहित्य परिषद् भुटानको सम्मेलन क्यानाडामा सम्पन्न

१९ अगस्त २०२४, विण्डसर, क्यानाडा साहित्य परिषद् भुटानको परिषदको तीसौँ वार्षिकोत्सवको अवसरमा ” विण्डसोर सम्मेलन-२०२४” क्यानाडाको विण्डसोर, ओण्टारियोमा १७ अगस्तका दिन सम्पन्न भएको छ । “ओ क्यानाडा” नामक राष्ट्रिय गानबाट शुरुवात गरिएको सो कार्यक्रममा प्रत्येक तीन वर्षमा भुटानी समुदायका लेखकलाई दिइने ‘हिमटीका आख्यान पुरस्कार’ “प्रहेलिका” उपन्यासका लागी जे.एन. दाहाललाई एक हजार एक सय डलर नगद […]

Continue Reading

काठमाडौंमा रोचक घिमिरेको अभिनन्दन

  ३ भदौ २०८१, काठमाडौं वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको ८४ औँ वर्ष प्रवेशका अवसरमा नेपाल स्रष्टा समाज केन्द्रिय समितिको आयोजना तथा भैरव पुरस्कार गुठीको सह-आयोजनामा वृहत् अभिनन्दन गरिएको छ । कार्यक्रममा अभिनन्दित प्रतिभा घिमिरेको कद बराबरको कलात्मक काठको फ्रेमभित्र पित्तलमा कुँदिएका अक्षरहरूको अभिनन्दनपत्र प्रमुख अतिथि प्रा.डा.अभि सुवेदीले मङ्गल धूनका बीच समर्पण गरेका […]

Continue Reading

कोइराला र जोशीलाई नेपाली शिक्षा परिषदको पुरस्कार

१ भदौ २०८१, काठमाडौं नेपाली शिक्षा परिषद्को ७४ औं वार्षिकोत्सब तथा संस्थापक गोपाल पाँडे असीमको११२ ओैं जयन्ती एक समारोहका वीच काठमाडौंमा मनाइयो । सो अवसरमा कविशिरोमणि लेखनाथ पौड्याल, महान् विभूति बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा परिषद्का अध्यक्ष रमा शर्माको सौजन्यमा स्थापित रू.१,०१,१०१/-राशिको लेबाल त्रिरत्न पुरस्कार शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला तथा रू.५०,०००/- राशिको गोपाल […]

Continue Reading

पारिजात स्मृति केन्द्रको अध्यक्षमा ईन्दिरा दली

१ भदौ २०८१, काठमाडौं पारिजात स्मृति केन्द्रको ३१ औं वार्षिक साधारण सभाले इन्दिरा दलीको अध्यक्षतामा नयाँ कार्य समितिको गठन गरेको छ । प्राप्त समाचार अनुसार उपाध्यक्षमा सीता शर्मा, महासचिवमा दिलसुन्दर श्रेष्ठ, कोषाध्यक्षमा डा. बिन्दु शर्मा र सदस्यहरूमा डा. महेश मास्के, अमृता शर्मा, केशव सिलवाल, राजेन्द्र महर्जन र मातृका पोखरेल रहेका छन् । स्मृति केन्द्रका कानुनी […]

Continue Reading

विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन

३२ साउन २०८१, बिराटनगर विराटनगर महा नगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यका साथ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा सरला चापागाईं तथा र सदस्य सचिवमा साहित्यकार दिङ्लाली कान्छो (दिनेश राज सुवेदी) लाई मनोनयन गरेको छ । साथै सदस्यहरूमा माया पौडेल आशावादी (नृत्य/गीत-संगीत), गंगा सुवेदी (ललित […]

Continue Reading

सापसको ५३औं स्थापना दिवसमा सम्पन्न

२९ साउन २०८१ साहित्यिक पत्रकार सङ्घले आफ्नो ५३ औँ स्थापना दिवस एक बिशेष समारोहको आयोजना गरी मनायो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कवि के.के.कर्माचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सापसले घोषणा गरेका बिभिन्न पुरस्कार तथा सम्मान हस्तान्तरण गरिएको थियो । यसअघि घोषणा गरिएका प्रतिभाहरुमध्ये कार्यक्रममा उपस्थित रोचक घिमिरे,कालीप्रसाद रिजाल,भागीरथी श्रेष्ठ,रामबाबु सुवेदी र कलाकार […]

Continue Reading

वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको अभिनन्दन हुँदै

२९ साउन २०८१ वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको आगामि ३ भदौ २०८१ का दिन नेपाल स्रष्टा समाजको आयोजना तथा भैरव पुरस्कार गुठीको सहआयोजनामा बृहत् अभिनन्दन हुने भएको छ । सो अवसरमा “रोचक रचना” अभिनन्दन ग्रन्थको समेत लोकार्पण हुनेछ । लामो समयदेखि रचना साहित्यिक पत्रिकाको प्रकाशन गरेर योगदान पु-याएका तथा संस्मरणात्मक पुस्तकहरुको लेखन गरेका […]

Continue Reading

२६ लघुकथा सङ्ग्रह एकसाथ बिमोचन हुँदै

२७ साउन २०८१, काठमाडौं नेपाली साहित्यमा अत्यन्त उर्वर देखिएको कथाको एक रुप लघुकथाको २६ पुस्तकहरु एकसाथ ३ भदौ २०८१ का दिन काठमाडौंमा विमोचन हुने भएको छ । ती २६ लघुकथा सङ्ग्रहका स्रष्टाहरुमा अम्बिका दाहाल, अन्जु शर्मा, भाभा शर्मा नेपाल, विश्वराज अधिकारी, छविलाल खड्का मगर, गरिमा बस्नेत, हरिप्रसाद भण्डारी, गोपाल सङ्ग्रौला, हिरण्य कुमारी पाठक, कपिल लामिछाने, […]

Continue Reading

किरण आचार्यको ‘अहिल्या’ विमोचित

२६ साउन २०८१, काठमाडौं साहित्यिक पत्रकार सङ्घको आयोजनामा उपन्यासकार किरण आचार्यको पौराणिक कथामा आधारित उपन्यास’अहिल्या’ को विमोचन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.जयराज अवस्थि, सभाध्यक्ष राधेश्याम लेकाली, लेझिका तथा मञ्चासिन सबैले सो पुस्तकको सामुहिक विमोचन गरेका थिए । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि जयराज अवस्तीले आफ्नो मन्तव्य व्यक्त गर्दै नेपालगञ्ज जस्तो ठाउँमा बसेर […]

Continue Reading