खुल्ला कथालेखन प्रतियोगिताको लागी ३० उत्कृष्ट कथा छानिए

२१ असोज २०८१, काठमाडौं चक्रपाणि स्मारक प्रतिष्ठानद्वारा आयोजित नेपाल राज्यव्यापी खुल्ला कथालेखन प्रतियोगिताको लागि ३० उत्कृष्ट कथा छनौट भएका छन् । प्राप्त जानकारी अनुसार प्रतियोगिता अवधिभर जम्मा ८७ वटा कथा प्राप्त भएका थिए तर त्यस मध्य ६६ वटा मात्र प्रतियोगिताको लागि रित पुगेको र त्यसमध्येबाट ३० उत्कृष्ट छनौट भएको जनाइएको छ । छनौट भएका ३० […]

Continue Reading

सुमन वर्षाको कथा सङ्ग्रह ‘अभ्यन्तर’को विमोचन सम्पन्न

१७ असोज २०८१, काठमाडौं आख्यानकार सुमन वर्षाको कथा सङ्ग्रह ‘अभ्यन्तर’ एक कार्यक्रममा विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.अभि सुवेदी, अतिथि प्रजातान्त्रिक प्राध्यापक सङ्घ नेपालका अध्यक्ष जगत तिमिल्सिना, पशुपति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोदचन्द्र पन्त,वक्ताहरु डा. ज्ञानू पाण्डे तथा नयनराज पाण्डे एवम् प्रकाशकको तर्फबाट पुष्पराज पौडेलले सामुहिक रुपमा विमोचन गरे । सो अवसरमा प्रमुख […]

Continue Reading

धरावासीको “अर्धकट्टी” बिमोचित

१७ असोज २०८१, काठमाडौं विसं २०६२ सालमा “राधा” उपन्यासका लागि मदन पुरस्कार पाउने चर्चित साहित्यकार कृष्ण धरावासीको नविनतम कृति “अर्धकट्टी” को बिमोचन सम्पन्न भएको छ । काठमाडौंमा आयोजित सो समारोहमा सो कृति अतिथिहरु बैरागी काईंला, कृष्णप्रसाद भण्डारी, पूर्व प्रधान न्यायाधीस गोपाल पराजुली तथा लेखक स्वयमले सामुहिक रुपमा विमोचन गरे । बिमोचित कृति “अर्धकट्टी” उनको यस […]

Continue Reading

मदन पुरस्कार तथा जगदम्बाश्री पुरस्कार प्रदान

१७ असोज २०८१, काठमाडौं विसं २०१३ देखि प्रदान गरिंदै आएको मदन पुरस्कार “मुकाम रणमैदान” कृतिका लागि मोहन मैनालीलाई तथा विसं २०४५ सालदेखि प्रदान गरिंदै आएको जगदम्बाश्री पुरस्कार भाषाशास्त्री योगेन्द्र यादवलाई एक समारोहका वीच प्रदान गरिएको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले यी पुरस्कारहरु प्रदान गरेका हुन् । यी दुबै पुरस्कारहरु चार चार लाख […]

Continue Reading

गणेश रसिकको अभिनन्दन

१४ असोज २०८१, काठमाडौं काठमाडौंमा एक भव्य समारोह बीच सम्पन्न वरिष्ठ स्रष्टा एवम् सङ्गीत कर्मी भोजपुरका रत्न गणेश रसिकको अभिनन्दन भएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरे सेवा समाज तथा अरु ३० संघसङस्थाले तयार पारेको अभिनन्दन पत्र रसिकलाई हस्तान्तरण गरिन् । सो अवसरमा पूर्व राष्ट्रपतिले सुदर्शन श्रेष्ठ तथा शशी लुमुम्बुद्वारा सम्पादित “गणेश रसिक अभ्यर्थना […]

Continue Reading

स्रष्टा समाज नेपालको अध्यक्षमा पुनः श्रीओम श्रेष्ठ रोदन निर्वाचित

१२ असोज २०८१ असोज, काठमाडौं नेपाल स्रष्टा समाजको १८औं १०औं अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । सो अधिवेशनले अध्यक्षमा पुनः श्रीओम श्रेष्ठ रोदनलाई निर्वाचित गरेको छ । निर्वाचन परिणाम अनुसार उपाध्यक्षमा डा. सदानन्द कडेंल, महासचिवमा देवीका तिमिल्सिना, कोषाध्यक्षमा तारा सुवेदी, सचिवमा प्रकाश घायल तथा कार्य समितिका सदस्यहरुमा डा.शान्तिमाया गिरी, मधु पाठक, रञ्जना निरौला तथा माधव […]

Continue Reading

साझा प्रकाशनको पुस्तक प्रदर्शनी

१ असोज २०८१, काठमाडौं नेपालको एक पुरानो सहकारी संस्था “साझा प्रकाशन” ले नेपालीहरूको महान् चाड दसैँको पूर्व सन्ध्यामा १५ दिने पुस्तक प्रदर्शनीको सुरु गरेको छ । १ असोजदेखि १५ असोजसम्म चल्ने पुस्तक प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्म छुट गरिएको साझा प्रकाशनले जनाएको छ । पुस्तक प्रदर्शनी साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोक, ललीतपुर तथा देशभरिका साझा […]

Continue Reading

बाह्रखरी कथा प्रतियोगिताको छैठौं संस्करणका लागि कथा आव्हान

३१ भदौ २०८१, काठमाडौं प्रथम पुरस्कार एक लाख राशी रहेको बाह्रखरी कथा प्रतियोगिता २०८१ को घोषणा कार्यक्रम सम्पन्न भएको छ । घोषणा कार्यक्रममा विश्वका कुनै पनि स्थानबाट आगामी कात्तिक ५ गतेसम्म १५०० देखि ५००० शब्दका नेपाली कथाहरू पठाउन सकिने जनाइएको छ । यस वर्षको तीन सदस्यीय निर्णायक मण्डलको संयोजकमा प्रा.डा. ज्ञानू पाण्डे तथा सदस्यहरूमा डा. […]

Continue Reading

अमेरिकामा कविता, गजल र मुक्तकले मोतीरामको अभ्यर्थना

१५ सेप्टेम्वर २०२४, वाशिंटन डिसी अमेरिका स्थित नेपाली दूतावासको आवासीय भवनको सभाकक्षमा मोतीराम स्मृति कवि गोष्ठीको आयोजना गरियो । कार्यक्रमको सुरुमा कार्यवाहक राजदूत कुमार राज खरेलले कविहरूको स्वागत गर्दै दूतावासले नेपाली भाषा साहित्यको क्षेत्रमा पनि काम गर्नु पर्ने दायित्व भए पनि यसमा अलिक ध्यान नपुगेको महसुस गरी प्रातः स्मरणीय युवक कवि मोतीराम भट्टको स्मृतिमा कवि […]

Continue Reading

मासिक कथावाचन कार्यक्रमको बाह्रौं श्रृङ्खला सम्पन्न

२८ भदौ २०८१, काठमाडौं वि.सं. २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार डिल्लीवजार घट्टे कुलोमा गरिँदै आएको मासिक कथा वाचन कार्यक्रमको बाह्रौं शृङ्खला सम्पन्न भएको छ । सधैँ झैँ कुनै दिवङ्गत स्रष्टाको सम्मानमा एउटा कथा वाचन गरेर आरम्भ गरिएको सो कार्यक्रममा अन्य छ जना प्रतिष्ठित कलाकारहरूले विभिन्न कालखण्डमा प्रकाशित आ आफ्ना कथाहरू वाचन गरेका थिए । […]

Continue Reading