सम्झनाको कारवा

डा हरिकुमार श्रेष्ठ ‘शिखर’,काठमाडौं तिमीसँग भेटेदेखि तिम्रै मिठा यादहरूको चाङ मेरो स्मृति-ग्रन्थका पत्रहरूमा हर्षका सुन्दर अक्षरहरूले सजियो अनि तिमी जुन तारा बनी मेरो आकाशजस्तै छात्तीभित्र धड्कँदै चम्किरह्यौ पिरतिको ज्योती बोकेर । अहिले जब तिमी अतितको प्राणी बन्दै गयौ मेरो पीडाको आँसु अबिरल बग्दै छ सम्झनाको कारवा बोकेर दोभानमा भेट हुने आशामा । ००० कवि परिचयः डा. […]

Continue Reading

गोविन्द पौडेल, काठमाडौं

गोविन्द पौडेल, काठमाडौं मौनताको स्पर्शले सिँदुरे देउरालीको प्रत्येक वनकुसुमका पत्रपत्रमा छरिएको परागका अनगिन्ती मार्मिक कणहरूसँग खेलिने अनेक लीला र सृष्टि पर्लयका कथाहरूको गाथा सुन्दै एउटा पुरानो जुग सर्लक्कै बितिजान्छ ! राग र अनुरागको एकतारे र सारङ्गी उही मुटुभित्रै बज्ने गर्थे दुनियाँको रीतिथितिको उदाङ्गो पर्दा समयले उघार्नु अघि नै धुनको सुरताल बदलिसकेछ जूनको धरातल बदलिसकेछ हामीले […]

Continue Reading

मध्यरातको सुनसान गोरेटोमा पोखिएको जून

गोविन्द पौडेल, काठमाडौं हजारौँ पाइलाहरूको अनन्त यात्राभित्र कहिल्यै नपुगिने गन्तव्य सम्झेर बास बसेका चरीको मस्त निद्रा बिथोल्ने कुनै रहर थिएन ! छिर्बिरे पुतलीको पखेटा भाँच्ने इरादा समेत थिएन ! उसकै चिसो मुटुबाट उसैलाई चोरी लाने अठोट पनि थिएन ! घामपानीमा देखिएको सप्तरङ्गी इन्द्रेनीको एउटै रङ अपहरण गर्नै पर्थेन सजल आँखाको इशारा नबुझ्ने लुच्चो पनि थिएन […]

Continue Reading

मृत्योत्सवको फूल

सामना पहाड, चितवन बोकेर प्रतिज्ञा र आत्मविश्वासका सर्जामहरू बढ्छन् जीवन यात्रा पथमा तिनिहरु ताकेर गन्तव्यको चुली बनेर हनुमान ल्याइदिन्छन् कयौँ पटक प्रतिरोधको पहाडमा अल्झेको मेरो मन खुवाइदिन्छन् प्रेमोखती लगाइदिन्छन् प्रेमको मलम परिस्थितिले उकुच पारेका घाउहरूमा छुपाइदिन्छन् विगतका तिक्त दृश्यहरू बनेर विस्मृतिको सुन्दर पर्दा सँगालिदिन्छन् सुखद स्मृतिपत्रहरू बनेर समयको प्रेमिल एल्बम उघारिदिन्छन् आशाको साँचोले कठिन सँघारहरू […]

Continue Reading

परदेशमा घरदेशको उज्यालो

डा. शरद परासर मरहट्टा, नर्थ क्यारोलाइना   लक्ष्मीपूजाको दीप बल्दै गर्दा मधुरो आभा फैलिँदै गर्दा विद्युतीय माध्यमबाट देउसी टोली आउने खबर आयो खबरसँगै, विजुलीकै गतिमा पूरा हुनै लागेको अतृप्त रहर आयो वर्षौँदेखि लुकेको रोमाञ्चकताको लहर आयो — परदेशमा पनि तिहार आयो। दिव्य चौबीस घण्टा पछि छचल्किन लागेको कौतुहलतालाई थामथुम पार्दै गर्दा नयाँ पुस्ताले ल्याएको गोधुलीको […]

Continue Reading

म कति पटक जलूँ ? (कविता)

विष्णुप्रसाद शर्मा पराजुली   म कति पटक जलूँ ? म आमा हुँ । म तिम्रो लागि बारम्बार जलिरहेकी छु, विक्रमको बिसौँ शताब्दीको अन्तमा मेरो लाम्टो चुस्दाचुस्दै थुप्रै दशरथ, गंगालाल, धर्मभक्त मारिए, विक्रमको बाइसौँ शताब्दीको प्रारम्भ हुनै लाग्दा (२०१७, २०३६, २०४६, २०५२, २०६२,२०८२) मैले मेरा थुप्रै लालाबालाको रगत छताछुल्ल पोखिएको सहेँ त्यही आलो रगतमा म लतपतिएँ […]

Continue Reading

साथी (कविता)

डा. दामोदर पुडासैनी किशोर साथी-१ सुनसान सडकमा हिँडिरहेथेँ एक्लै अघिल्तिर वाहवाही गर्नेहरू परपर लुकेर हेर्दैथे मलाई त्यतै कतै सिध्याउन साथ दिने कोही नभेटेको बेला त्यही सडक बाहेक कोही भएन मेरो एक्लो र भरपर्दो साथी ।   साथी-२ कैयौँ खेतमा आगजनी भएको छ कैयौ बाली जलेर नष्ट भएको छ आगजनी रोक्नेहरू पनि जलेका छन् आगजनी गराउनेहरू […]

Continue Reading

मकैको गीत

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’ हिमाल, पहाड र तराईका रङ्गेली फाँटहरू । चम्कन्छन् हरदिन किसानका सुनौला हातहरू ।। बैँसले लहलह सयौँ मकैका स्वादिला जातहरू । हुन्छन् खुसी पहेंलपुर जमराले अनाथ नाथहरू ।। नाच्छन् हावाले बिहानी झुल्कोमा सल्बल पातहरू । हर्षातिरेक भई रमाउँछन् प्रचण्ड सन्तापहरू ।। बन्छिन् रजश्वला खुसीले कन्याकुमारी सुत्लाहरू । निस्केर यौवनका रसिला चिल्ला चिचिला […]

Continue Reading

गाजामा दुखेको कञ्चनपुर

डा. शरद परासर मरहट्टा   इजरायल–प्यालेस्टाइनको युगीन पौठेजोरीको नयाँ बिसौनीमा खण्डहर वर्तमान चर्च-याएको बेला बन्दुकी उन्माद सुस्ताएको बेला अनिश्चितताको अर्धविरामसँगै बारुदको धुवाँ रोकिनुको पटाक्षेपमा शुष्क हाँसो र रोदनको मनोवाद निराश–निराश छ गाजामा दुखेको कञ्चनपुर उदास–उदास छ।   कठिन ‘बाँदर नियन्त्रण’को विदेश यात्रा पश्चात् सरल ‘बन्ध्याकरण’ बिर्सिएका विधायकहरू ‘कुलिङ अफ पिरियड’को लुकामारीमा ‘फुलिङ अफ पिपुल’ बनाउने […]

Continue Reading

हातहरू (कविता)

डा. गोबिन्दसिंह रावत, टोरोन्टो ती कलिला हातहरुले हातैबाट संसार नियाल्ने ज्ञान आर्जन गरी शिक्षित बन्ने सञ्जालको स्वतन्त्रता माँगेका थिए तर कलिलोपनको अनुभव नभएकाहरुले कलिला माँगलाई लत्याएर सत्ताको उन्मुक्ततामा हातहरु निमोठ्न खोजे आवाजहरु दबाउन खोजे अनि कठोर हातहरुले चलाएका गोलीहरुलाई कलिला हातहरुले रोक्न छेक्न खोज्दा शरीर ढल्दै गए आवाजहरु थपिदै गए मूर्दावादमा उठेका हातहरु थपिदै गए […]

Continue Reading