नीमा डि.सि. कोहलपुर बाँके
एकः
कुनै वस्तु जोख्ने तराजु जस्तो नाप्ने फिता जस्तो
आधुनिक बन्ने क्रममा जिन्दगी भो कि रमिता जस्तो ?
मुक्तकै पिच्छे मिलाएर मुखतक राख्ने होडबाजीमा
लाग्छ सिर्जनाभन्दा फोटो देखाउने प्रतियोगिता जस्तो!!
दुईः
ठुलो धाक, सानो विचार र दिमाग देखाएर गयो
मित्रभाव देखाउनेले दुस्मनीको राग देखाएर गयो
कोही मेरो जिन्दगीमा आएर शालीन भेषमा खेल्दै
शालीनताको पर्दा च्याती भित्री दाग देखाएर गयो!!
तीन:
कसरी बुझाउँनु सबैलाई धड्कनको कथा
चरीलाई सोध्नु चरीको कथा वनको कथा
हातमा कापी कलम मनमा लिएर प्रतिज्ञा ।
वजन नहुनेले भन्छ लेखिदेऊ वजनको कथा!!
चार:
अज्ञानीले कुल्चिएको बाटोको धूलझैँ बनाउँछ
ज्ञानीले गमलामा रोपिएको फूलझैं बनाउँछ
भीडमा हराउँछ जवानी र पैसा हुँदासम्म कोही
बुढेसकालमा जिन्दगी काकाकुलझैं बनाउँछ!!
०००
