साहित्यकार कृष्ण धरावासी र मञ्जु विमली अभिनन्दित

१० कार्तिक २०८१,विर्तामोड साहित्य चौतारी झापाले सो संस्थाका संस्थापक सल्लाहकार साहित्यकारद्वय कृष्ण धरावासी तथा मञ्जु विमलीलाई लाई अभिनन्दन गरेको छ । साहित्य चौतारीका मानार्थ सल्लाहकार साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा शनिबार बिर्तामोडमा भएको कार्यक्रममा धरावासी तथा मञ्जु विमलीलाई लाई अभिनन्दन गरिएको हो । साहित्य चौतारीका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष उर्मिला बिमली […]

Continue Reading

“धोबीघाट मेलोडी” विमोचित

१० कार्तिक २०८१, काठमाडौं निबन्धकार एवं गीतकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ एक कार्यक्रम बीच ललितपूर उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,प्रा.डा.दयाराम श्रेष्ठ,बरिष्ठ कवि डा. विष्णुविभु घिमिरे,बरिष्ठ नाटककार अशेष मल्ल,बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतबाट सामुहिक बिमोचन सम्पन्न भएको छ । कार्य्क्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ललितपूर उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धोबीघाट आफ्नो जन्मथलो नजिक भएको बताउँदै […]

Continue Reading

इन्द्र-मोहन स्मृति गुठीका चार पुरस्कारहरूको घोषणा

७ कार्तिक २०८१, काठमाडौं इन्द्र-मोहन स्मृति गुठी धनकुटाले प्रत्येक दुई दुई वर्षमा प्रदान गर्ने चार पुरस्कार र सम्मान घोषणा गरेको छ । गुठीले गरेको निर्णय अनुसार डा. विमला श्रेष्ठ साहित्य पुरस्कार कथाकार रुद्र ज्ञवालीलाई, ओम- इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कार शब्दपथ का प्रधान सम्पादक कवि, कथाकार किशोर पहाडीलाई, ओम _ इन्द्रमोहन गीत सङ्गीत पुरस्कार गायिका कुन्ती […]

Continue Reading

नेबासासका चार पुरस्कारहरूको घोषणा

२२ असोज २०८१, काठमाडौं काठमाडौं । नेपाल बाल साहित्य समाजले विभिन्न दाताहरूबाट स्थापित विसं २०८१ सालमा चार बाल साहित्य पुरस्कारको घोषणा गरेको छ । नेबासास मुकेश-जनक बालसाहित्य विज्ञान पुरस्कार डा. तीर्थबहादुर श्रेष्ठलाई र नेबासास ध्रुव-सुशीला बालसाहित्य अनुसन्धान पुरस्कार डा.अम्बिका घिमिरेलाई, नेबासास चूडा-चरण बालजीवनी पुरस्कार तेजप्रकाश श्रेष्ठलाई तथा नेबासास तेज-प्रतिभा बाल नियात्रा पुरस्कार सुशीला देउजालाई प्रदान […]

Continue Reading

एक लाखको बाह्रखरी कथा पुरस्कारका लागि नौ सय सैँतीस प्रतिस्पर्धी

६ कार्तिक २०८१, काठमाडौं पहिलो पुरस्कार एक लाख राशी रहेको बाह्रखरी कथा पुरस्कारका लागि यो वर्ष ९३७ कलाकारहरूले प्रतिस्पर्धामा भाग लिएका छन् । कार्तिक ५ हतर मध्यरातसम्म तोकिएको समयमा ती कथा प्राप्त भएका हुन् । अब पहिलो चरणमा बाह्रखरी मिडियाकै आन्तरिक निर्णायक समूहका संयोजक गोविन्द अधिकारीसहित चार जनाको टोलीले उत्कृष्ट ५० कथा चयन गर्नेछ । […]

Continue Reading

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान तथा पद्मश्री गौरव पुरस्कार वितरण सम्पन्न

६ कार्तिक २०८१, काठमाडौं खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले एक विशेष कार्यक्रमको आयोजना गरी विक्रम सम्वत २०८० सालमा प्रकाशित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रा.कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई, पद्मश्री साधना सम्मान पवन कुमार चामलिङलाई, पद्मश्री गौरव पुरस्कार प्रा.डा. केदारभक्त माथेमालाई प्रदान गरेको छ । यी पुरस्कारहरु प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले समर्पण गरेका थिए […]

Continue Reading

ललितकलाकर्मी राजन काफ्ले र नियात्राकार रञ्जु दाहाल सम्मानित हुँदै

२६ असोज २०८१, काठमाडौं शिवसावित्री प्रतिष्ठान नेपालको सचिवालयस्तरीय बैठकले शिवसावित्री अधिकारी स्मृति सम्मान—२०८१ ललितकलाकर्मी राजन काफ्लेलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी शकुन्तला ढुङ्गेल स्मृति नियात्रा सम्मान—२०८१ नियात्राकार रञ्जु दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ । राजन काफ्ले विद्यालय तहदेखि नै ललितकला कर्ममा लागेका प्रतिभा हुन् । उनले चार दशक लामो साधनाको लागि यो […]

Continue Reading

‘शारदीय काव्य उत्सव-२०८१’सम्पन्न

१७ असोज २०८१, काठमाडौं त्रिशूली वाङ्मय प्रतिष्ठानले कौशला लामिछाने स्मृति कोषसँगको सहकार्यमा ‘शारदीय काव्य उत्सव-२०८१’सम्पन्न गरेको छ । त्रिशूली वाङ्मय प्रतिष्ठानका महासचिव राजेन्द्र घिमिरे ‘सागर’ को स्वागत मन्तव्यबाट प्रारम्भ भएको सो कार्यक्रममा रूवी सत्याल , तुलसी ‘स्पन्दन’, रेणु अधिकारी ‘मौनता’, सकस नायक ,दिलकुमारी डङ्गोल ,माधव घिमिरे ‘अटल’, राजेन्द्र प्रसाद भट्ट ,अलका मल्ल उर्मिला कोइराला ,विष्णु […]

Continue Reading

खुल्ला कथालेखन प्रतियोगिताको लागी ३० उत्कृष्ट कथा छानिए

२१ असोज २०८१, काठमाडौं चक्रपाणि स्मारक प्रतिष्ठानद्वारा आयोजित नेपाल राज्यव्यापी खुल्ला कथालेखन प्रतियोगिताको लागि ३० उत्कृष्ट कथा छनौट भएका छन् । प्राप्त जानकारी अनुसार प्रतियोगिता अवधिभर जम्मा ८७ वटा कथा प्राप्त भएका थिए तर त्यस मध्य ६६ वटा मात्र प्रतियोगिताको लागि रित पुगेको र त्यसमध्येबाट ३० उत्कृष्ट छनौट भएको जनाइएको छ । छनौट भएका ३० […]

Continue Reading

सुमन वर्षाको कथा सङ्ग्रह ‘अभ्यन्तर’को विमोचन सम्पन्न

१७ असोज २०८१, काठमाडौं आख्यानकार सुमन वर्षाको कथा सङ्ग्रह ‘अभ्यन्तर’ एक कार्यक्रममा विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.अभि सुवेदी, अतिथि प्रजातान्त्रिक प्राध्यापक सङ्घ नेपालका अध्यक्ष जगत तिमिल्सिना, पशुपति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोदचन्द्र पन्त,वक्ताहरु डा. ज्ञानू पाण्डे तथा नयनराज पाण्डे एवम् प्रकाशकको तर्फबाट पुष्पराज पौडेलले सामुहिक रुपमा विमोचन गरे । सो अवसरमा प्रमुख […]

Continue Reading