शेषराज सिवाकोटी पुरस्कृत

मुख्य समाचार

१९ पुस २०८२, काठमाडौं

ज्ञानगुनका कुरा प्रकाशनका प्रधान सम्पादक शेषराज सिवाकोटी रामेश्वरप्रसाद तिमिल्सिना स्मृति सम्मानबाट सम्मानित भएका छन् । यो सम्मानको साथमा २५ हजार राशी समेत रहेको छ ।
जिएमपी तिमिल्सिना प्रतिष्ठान नेपालले एक कार्यक्रमका वीच उनलाई कार्यक्रमका सभापति डा. पार्थिबेश्वर तिमिल्सिनाले समर्पण गरे ।
पुरस्कृत सिवाकोटीले सो रकम धनवज्र बज्राचार्य स्मृति सम्मान कोषलाई प्रदान गर्ने कुरा बताए ।
स्मरणीय छ दशकौंदेखि शेषराज सिवाकोटीले बिभिन्न जिवित तथा दिवङ्गत वाङमय ब्यक्तित्वहरुको साना ठूला विशेषाङ्कहरू प्रकाशन गर्दै आएका छन् र त्यसले एक ईतिहास बनाइसकेको छ ।