‘सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कारका लागि दस कृतिको छनौट

समाचार

३० जुलाई २०२५, लण्डन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,यूकेद्वारा प्रदान गरिने “सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५ को लागि प्राप्त भएका पुस्तकहरु मध्यबाट निर्णायक समितिद्वारा सर्वसम्मतिले छनौट गरिएका १० उत्कृष्ट पुस्तकहरुको सूची सार्वजनिक गरिएको छ। पुरस्कार समितिका संयोजक डा. रुपक श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्ति अनुसार छानिएका १० कृतिहरूमा डा. श्रीधर खनालको सावर्णि (उपन्यास), ठाकुर बेलवासेको चोटहरुको उत्सव(कविता संग्रह), जीत बुढाथोकी छन्त्यालको यानीमाया (मुक्तक संग्रह), लालगोपाल सुवेदीको अनि प्रतीत्य समुत्पाद-शुन्य शून्य महाशून्य (कविता संग्रह), सूर्य खड्का विखर्चीको अर्जुन-उलूपी (खण्डकाव्य), ) डा. राजकुमार छेत्रीको अक्षरका आयाम (भूमिका संग्रह), सुमन थापा ‘संगम’ अभ्युदय (कविता संग्रह), सबी श्रेष्ठको अपरिभाषित आभा (मुक्तक संग्रह,खगेन्द्र गिरि ‘कोपिला’को पर्जन्य मास(नियात्रा संग्रह) तथा विजय हितानको मलाई आर्यघाट लगेर नजलाउनू। (कविता संग्रह) रहेका छन् ।
नगद ५०१ पाउण्ड राशीको सो पुरस्कार यी दस कृति मध्ये अन्तिम छनौटमा पर्ने सर्वोत्कृष्ट एक कृतिले पाउनेछ । सर्वोत्कृष्ट कृतिको घोषणा अगष्ट ५ मा गरिने र सो कृतिका स्रष्टालाई अगष्ट ९ तारिख लण्डनमा आयोजना गरिने भानु तथा ईश्वर जयन्ति कार्यक्रममा पुरस्कृत गरिने समेत विज्ञप्तिमा जनाइएको छ ।

०००