कवि मीना श्रेष्ठको एकल कविता वाचन सम्पन्न

मुख्य समाचार

२९ जेठ २०८२,काठमाडौं ।

महिला साहित्य समूहको आयोजनामा साहित्यकार मीना श्रेष्ठको एकल कविता वाचन सम्पन्न भयो ।
कार्यक्रममा कवि मीना श्रेष्ठले आफ्ना १५ थान कविता वाचन गरेकी थिइन् । साथै साहित्यकारहरू मन्जिला अनिल, शान्ति पौडेल, सृजना शर्मा, निर्मला फुँयाल, उषा शेरचन, रिता खत्री लगायतले कवि श्रेष्ठको कविता वाचन गरेका थिए ।
कार्यक्रमको सुरुमा साहित्यकार डा. यादेवी ढकालले कवि मीना श्रेष्ठको संक्षिप्त परिचय प्रस्तुत गरेकी थिइन् ।
वरिष्ठ साहित्यकार उषा शेरचनको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि गुञ्जनकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठ रहेकी थिइन् ।
महिला साहित्य समूहकी संयोजक कवि रिता खत्रीले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि जलेश्वरी श्रेष्ठ, सभापति उषा शेरचन र कवि मीना श्रेष्ठले मन्तव्य समेत राखेका थिए ।
खोटाङमा जन्मिनु भएकी कवि मीना श्रेष्ठका “बिस्कुन यो मनको” २०७१ र “फर्गेट एस्टर्डे” कविता कृतिहरू प्रकाशित रहेका छन् ।
राजनीतिमा समेत सक्रिय श्रेष्ठ कोशी प्रदेश सभाको माननीय सदस्य हुन् ।

०००