नइ रामगीता अन्तर्राष्ट्रिय पुरस्कार र रामगीता विशिष्ट नागरिक सम्मानको घोषणा

मुख्य समाचार

३१ चैत २०८१, वाशिङ्टन डिसी

रामगीता वाङ्मय मन्दिरले नइ रामगीता अन्तर्राष्ट्रिय पुरस्कार र रामगीता विशिष्ट नागरिक सम्मानको घोषणा गरेको छ । मन्दिरका संस्थापकद्वय राम खत्री तथा गीता खत्री हस्ताक्षरित विज्ञप्ति अनुसार नइ रामगीता अन्तर्राष्ट्रिय पुरस्कार भूटान मूल घर भई हाल अमेरिकामा बस्दै आउनुभएका युवा कवि, गीतकार, गजलकार तथा गायक खेम रिजाललाई तथा रामगीता विशिष्ट नागरिक सम्मान आख्यानकार तथा कवि सीता पाण्डेलाई प्रदान गरिने भएको छ ।
विज्ञप्तिमा जनाइए अनुसार “नेपाली साहित्य, विशेष गरी गीत-सङ्गीत, कविता र गजलको क्षेत्रमा सक्रिय रही भूटानी-नेपाली समाजको रुपान्तरणमा समर्पित अभियन्ता” को रुपमा खेम रिजाललाई पुरस्कृत गरिन लागेको हो भने “नेपाली साहित्य, विशेष गरी आख्यान र कविताको क्षेत्रमा सक्रिय रही सामाजिक रुपान्तरणका लागि महत्त्वपूर्ण योगदान पु-याएबापत” सीता पाण्डेलाई सम्मानित गरिन लागेको हो ।
यी दुवै पुरस्कार र सम्मानमा नेपाली रुपैयाँ ५० हजार राशी रहेको छ र पुरस्कार अमेरिकामै कार्यक्रमको आयोजना गरी वितरण हुनेछ । यी पुरस्कार तथा सम्मान विजोर वर्षमा प्रदान गरिने छ ।
स्मरणीय छ राम गीता मन्दिरले प्रत्येक जोर वर्षमा प्रदान गरिने “प्रतीक ढकाल-लक्ष्मी सर्बोत्तम कृति पुरस्कार डा. राजेन्द्र विमललाई तथा अशेष मल्ल-सावित्री रङ्गकर्म पुरस्कार हरिहर शर्मालाई पहिलोपल्ट प्रदान गरिसकेको छ ।

०००

 

Leave a Reply