९ चैत २०८१, काठमाडौं
नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन् । उनी अर्का प्रत्यासी डा शशि थापा पण्डितलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । मतदानमा आचार्यले ४२ मत पाएका थिए भने थापा पण्डितले २७ मत प्राप्त गरेकी थिइन् ।
उपाध्यक्षमा विजयराज न्यौपाने तथा कोषाध्यक्षमा डा. सिता सुवेदी पन्थी निर्वाचित भए ।
महासचिव पदमा विष्णुकुमार खत्री (विष्णु केसी)को एक मात्र उम्मेद्वारी परेकोले उनी निर्विरोध निर्वाचित भए । त्यसैगरी सचिवमा भानु भट्टराईको उम्मेद्वारी परेको थियो, प्रकाशकतर्फ केन्द्रीय सदस्यमा केशव पराजुली, चित्रकारतर्फ अर्पिता शाक्य र महिलातर्फ यशोदा अधिकारीको मात्र उम्मेदवारी परेको थियो र सबै निर्विरोध निर्वाचित भए । खुल्ला सदस्यमा क्रान्ति पाण्डे र समन श्रेष्ठ निर्वाचित भए।
स्मरणीय छ, प्रमोद प्रधान नेतृत्वको कार्य समितिले आफ्नो कार्यकाल निकै उत्कृष्ट कामहरु गरेर विदा भएकाले नयाँ नेतृत्वलाई ती कामलाई निरन्तरता दिंदै अघि बढ्ने चुनौति र अवसर दुवै छ ।
नव निर्वाचित अध्यक्ष आचार्यले समाजलाई बाल साहित्यकारको साझा संस्था बनाउने प्रतिबद्धता जनाएका छन् ।
०००
