गोविन्दवहादुर कुँवर
१.
सामान्यत: अरुको अधिकार चोर्नु वा खोस्नु हुन्न
´मागे राज्य पाइन्छ` नभनियोस् त्यस्तो सोच्नु हुन्न
सहमति र सहकार्य आजको आवश्यकता हो
सुकर्म छोडी कूकर्मले नाम कमाउन खोज्नु हुन्न
२.
जिन्दगी त खुला पुस्तक हो पढ्नु पर्छ, पढाउनु पर्छ
समस्याहरू आउँछन् धैर्यपूर्वक सल्टाउनु पर्छ
धेरै पृष्टहरुमा पोतिएको हुनसक्छ रङ्ग पीडाको
तर खुसीको पाना पनि हुन्छ खोजेर रमाउनु पर्छ
*
कवि परिचयः कवि गोविन्द बहादुर कुँवर सुन्दरबजार-८ भोटेओडार, लमजुङ्गलाई कर्मभूमि बनाएर साहित्य सिर्जनामा रहेका छन् । उनको पहिलो रचना “मेरो देश” कविता सिपाही पत्रिकामा विसं २०२७ मा प्रकाशित भएको थियो । उनका प्रकाशित कृतिहरुमा १.समयका पदचापहरु (२०४७), मौन आवाजहरु (२०४८) तथा गुमनाम जिन्दगी (२०७८) कविता सङ्ग्रह, कथाजस्ता कथाहरु ( २०७५), मलाई उत्तर थाहा छ (२०७८) तथा निमिका (२०७८० कथा सङ्ग्रह,भोटेचौरको कथा (२०७५)जीवन कथा, देब्रेकुना (२०७८) तथा टेबलगफ (२०७८) निबन्ध सङ्ग्रह एवम् तातेताते (२०५८) तथा रमाइलो दशैँ (२०७९) वाल साहित्यका पुस्तकहरू प्रकाशित छन् ।
