विचारको बिस्कुन लोकार्पित

समाचार

७असोज २०८०, विराटनगर

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रकाशित  साहित्यकार बलराम पोखरेलको  विविध विचारसङ्ग्रह विचारको बिस्कुनलोकार्पण  एक समारोहका वीच प्रमुख अतिथि समाजसेवी  लेखनाथ घिमिरे , प्रा. डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा. मेदिनीप्रसाद शर्मालगायतका स्रष्टाहरूले सामुहिक रूपमा लोकार्पण गरेको छन्

यस कृतिभित्र विसं २०७९ साल वैशाख गतेदेखि चैत मसान्तसम्म हरेक दिन  लेखिएका ३६५ दिनका विविध  विचार समावेशगरिएका छन्

कृति बारे टिप्पणी गर्दै समालोचक भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले दैनिक लेखिएका रचना भए पनि कृतिभित्र  लेखकका निजीजीवन केन्द्रित रचनाहरू नरहेको यसभित्र समाज देश जीवनका यथार्थहरू कालजयी विचारका रूपमा आएको धारणा व्यक्त गरे   साहित्यकारहरू, प्रा.डा. मेदिनीप्रसाद शर्मा, कविराज न्यौपाने, प्राज्ञ नारायणप्रसाद आचार्य, गङ्गा सुवेदी, प्रा .डा. हेमसागर रिमाल विवश पोखरेलले   लेखक, पाँचदशकभन्दा बढी समयदेखि साहित्य सिर्जनामा समर्पित रहेकाले यो कृतिमा उहाँका माझिएका विचारहरूप्रभावशाली  रूपमा आएको यसभित्र हाम्रा भोगाइका चित्र गाढा रूपमा आएको  विचार व्यक्त गरे

सो अवसरमा लेखक  बलराम पोखरेलले कृति सिर्जनाबारे आफ्नो विचार राखेका थिए

स्मरणीय , यो कृति लेखकको पन्ध्रौ कृति पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रकाशित  १०१औं कृति हो  प्रतिष्ठानकाअध्यक्ष विवश पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा आमन्त्रित अतिथिहरूको स्वागत कवि गजलकार मधु पोखरेलले कार्यक्रम सञ्चालन कवि दिङलाली कान्छोले गरेका थिए

Leave a Reply