विचारको बिस्कुन लोकार्पित

समाचार

७असोज २०८०, विराटनगर

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रकाशित  साहित्यकार बलराम पोखरेलको  विविध विचारसङ्ग्रह विचारको बिस्कुनलोकार्पण  एक समारोहका वीच । प्रमुख अतिथि समाजसेवी  लेखनाथ घिमिरे , प्रा. डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा. मेदिनीप्रसाद शर्मालगायतका स्रष्टाहरूले सामुहिक रूपमा लोकार्पण गरेको छन् ।

यस कृतिभित्र विसं २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म हरेक दिन  लेखिएका ३६५ दिनका विविध  विचार र समावेशगरिएका छन् ।

कृति बारे टिप्पणी गर्दै समालोचक भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले दैनिक लेखिएका रचना भए पनि कृतिभित्र  लेखकका निजीजीवन केन्द्रित रचनाहरू नरहेको र यसभित्र समाज देश र जीवनका यथार्थहरू कालजयी विचारका रूपमा आएको धारणा व्यक्त गरे ।  साहित्यकारहरू, प्रा.डा. मेदिनीप्रसाद शर्मा, कविराज न्यौपाने, प्राज्ञ नारायणप्रसाद आचार्य, गङ्गा सुवेदी, प्रा .डा. हेमसागर रिमाल रविवश पोखरेलले   लेखक, पाँचदशकभन्दा बढी समयदेखि साहित्य सिर्जनामा समर्पित रहेकाले यो कृतिमा उहाँका माझिएका विचारहरूप्रभावशाली  रूपमा आएको र यसभित्र हाम्रा भोगाइका चित्र गाढा रूपमा आएको  विचार व्यक्त गरे ।

सो अवसरमा लेखक  बलराम पोखरेलले कृति सिर्जनाबारे आफ्नो विचार राखेका थिए ।

स्मरणीय छ, यो कृति लेखकको पन्ध्रौ कृति र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रकाशित  १०१औं कृति हो  । प्रतिष्ठानकाअध्यक्ष विवश पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा आमन्त्रित अतिथिहरूको स्वागत कवि गजलकार मधु पोखरेलले रकार्यक्रम सञ्चालन कवि दिङलाली कान्छोले गरेका थिए ।

Leave a Reply