भारतको अकादमी पुरस्कार नेपाली उपन्यास “किरायको कोख”का लागि शंकरदेव ढकाललाई

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
२६ अगस्त, वाशिंटन डिसी

नेपाली भाषाको लागि दिइने भारतको अकादमी पुरस्कार पूर्व सिक्किमको सेण्ट्रल पाण्डाममा जन्मेका साहित्यकार शंकर देव ढकालको कृति “किरायको कोख” का लागि प्रदान गरिने भएको छ ।
भारतको सम्विधानको आठौं अनुसूचिमा नेपाली भाषालाई पनि अन्तरभूक्त गरेपछि भारत सरकारले अन्य भाषाहरुलाई सरह नेपाली भाषाका कृतिका लागि भारतीय नेपाली लेखकलाई सन् १९७७ देखि अकादमी पुरस्कार दिंदै आएको छ ।
अकादमी पुरस्कार सर्व प्रथम ईन्द्र वहादुर राईले सन् १९७७ मा “नेपाली उपन्यासका आधारहरु” कृतिका लागि प्राप्त गरेका थिए ।
यो पुरस्कार भारतको गरिमामय पुरस्कार हो ।

(फोटो: पुण्य शर्माको फेसवुकबाट)

Leave a Reply