कविडाँडा आख्यान पुरस्कारका लागि छानिए तीन आख्यान कृति

मुख्य समाचार

२३ भदौ २०८३, चितवन

कविडाँडा साहित्य समाज चितवनले वि.सं. २०८२ सालको “कविडाँडा आख्यान पुरस्कारका लागि अन्तिम सूचि सार्वजनिक गरेको छ ।
कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी.क्षेत्र हस्ताक्षरित विज्ञप्ति अनुसार अनि्तिम छनौटमा परेका तीन आख्यान कृतिहरूमा नीलम कार्की निहारिकाको “राजमाता”, सीमा आभासको “महायुग” तथा क्षितिज समर्पणको “तोरकिन” रहेका छन् । संयोगवस अन्तिम सूचिमा परेका तीनवटै आख्यान कृतिहरू उपन्यास बोधाका रहेका छन् ।
समाजको बिज्ञप्ति अनुसार यी तीन अन्तिम छनौटमा परेका कृतिहरूमध्ये एकले दुई लाख एकसय साठी नगद राशीको पुरस्कार प्राप्त गर्नेछन् ।
विजेता कृतिको घोषणा असोज महिनाको पहिलो साता घोषणा गरिने पनि विज्ञइप्तिमा जनाइएको छ ।

०००