“त्रिवेणीको अर्को लहर” प्रकाशित
१२ असार २०८३, काठमाडौं
नेपाली गीतका शब्द, संगीत र स्वर साधकहरुका रोचक अनुभव समेटिएको “त्रिवेणीको अर्को लहर” साझा प्रकाशनव्दारा प्रकाशित भएको छ ।
खासगरी बिसदेखि चालिसको दशकसम्म गीत रचना, संगीत तथा स्वर साधनामा समर्पित रहेका ५८ साधकहरुसँग लेखक श्रीरामसिंह बस्नेत तथा सुभाषचन्द्र पौडेल “भीमफेदीया”ले गरेको अन्तर्वार्ताको यस पुस्तकमा नेपाल तथा भारतीय नेपाली कलाकारहरुका अनुभव र अभिव्यक्ति समेटिएका छन्।
यस अन्तर्वार्ता कृतिमा समेटिएका प्रतिभाहरूमा अम्बिका रिमाल, आनन्द अधिकारी, आभास, उन्नति बोहरा ‘शीला’, उर्मिला श्रेष्ठ-निर्मला श्रेष्ठ, ओमविक्रम बिष्ट, कर्म योञ्जन, डा. किरण प्रधान, प्रा. डा. कृष्णहरि बराल,
डा. गीता त्रिपाठी, चन्दन लोम्जेल, चन्द्रकला शाह, डा. जस योञ्जन ‘प्यासी’, डेजी बराइली, तीर्थकुमारी थापा, दावा ग्याल्मो, दिनेश अधिकारी, दिव्य खालिङ, दीप श्रेष्ठ, दीपक खरेल, प्रा. दीपक जङ्गम, डा. दीर्घसिंह बम, दुर्गालाल श्रेष्ठ, प्रा. डा. ध्रुवेशचन्द्र रेग्मी, नारायणकुमार आचार्य, नीर शाह, नुपूर भट्टाचार्य, प्रकाश गुरुङ, प्रेमदेव गिरी, बद्री दुर्गा खरेल, डा. बमबहादुर थापा ‘जिताली’, बुलु मुकारुङ, भूपेन्द्र रायमाझी, भूषण खरेल, डा. भोला रिजाल, मञ्जुल, मणिकमल क्षत्री, मदनकृष्ण श्रेष्ठ, मोहनप्रसाद जोशी, यादव खरेल, रत्नकुमारी गुरुङ, रत्न बेहोसी, राजेन्द्र थापा, राजेन्द्र रिजाल, रामकृष्ण ढकाल, लोचन भट्टराई, विश्व बल्लभ, वीरेन्द्र पाठक।, व्याकुल माइला, शम्भुजीत बासकोटा, शान्ति ठटाल, शिलाबहादुर-कुन्ती मोक्तान, प्रा. श्रीराम आचार्य, सी. के. रसाइली, सुकमित गुरुङ, सुवासचन्द्र ढुङ्गेल, सुशीला कंसाकार तथा ज्ञानु राणा रहेका छन् ।
स्मरणीय छ, यसअघि यी दुबै लेखकले ५१ प्रतिभाहरूसँगको अन्तर्वार्ता पुस्तक “त्रिवेणीका लहरहरू” नेपाल प्रज्ञा प्रतिष्ठानव्दारा २०४४ सालमा प्रकाशित भएको थियो ।
०००
