१० चैत २०८२, काठमाडौं
नेपाली साहित्यका चर्चित तथा प्रतिष्ठित साहित्यकार कृष्ण धरावासीलाई कवि भवानी घिमिरेस्मृति रमा-कृष्ण सृजना प्रतिष्ठानले “रमा-कृष्ण साहित्य सम्मान” प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष महेन्द्र बहादुर गुरुङ हस्ताक्षरित बिज्ञप्ति अनुसार सो सम्मानमा १५ हजार नगद, सममानपत्र, दोसल्ला, माला रहेको छ ।
प्रतिष्ठानले जनाए अनुसार सो सम्मान चैत्र १२ गते एक समारोहका वीच समर्पण गरिनेछ ।
त्यसै गरी अर्जुनधारा नगरपालिकाले साहित्यकार धरावासीलाई “दीर्घ साहित्य सम्मान” प्रदान गर्ने भएको छ । यो सम्मानको साथमा एक लाख एक हजार नगद रहेको छ ।
उप प्रमुख खड्गमाया पराजुली हस्ताक्षरित विज्ञप्ति अनुसार सो सम्मान शनिश्चरे झापामा चैत २० गते समर्पण गरिनेछ ।
नेपाली साहित्यमा आयामेली आन्दोलनपश्चात् उत्तर आयामेली लेखनलाई लीला लेखनका रुपमा दार्जिलिङबाट ईन्द्र बहादुर राइले नेतृत्व गरेका थिए र त्यसलाई नेपालबाट नेतृत्व गर्ने तथा त्यसलाई निरन्तरता दिने श्रेय कृष्ण धरावासीलाई जान्छ ।
उनको उपन्यास “राधा” ले मदन पुरस्कार प्राप्त गरेको थियो । उनका आत्मकथात्मक कृतिहरू आधा बाटो, पाण्डुलिपि तथा अर्धकट्टी बहुचर्चित रहेका छन् ।
०००
