“धमिराको देवल”को लोकार्पण सम्पन्न

समाचार

२८ कार्तिक २०८२, काठमाडौं ।

शंकर लामिछाने प्रतिष्ठानले आज निबन्धकार बोधराज पौडेलको निबन्धकृति “धमिराको देवल”को प्रमुख अतिथि शंकर लामिछाने प्रतिष्ठान सल्लाहकार वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति राधेश्याम लेकाली, संरक्षकहरु सविता ढुंगाना र संगिता शर्मा, गुन्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, वरिष्ठ समालोचकद्वय प्रमोद प्रधान र प्रा. डा. गोविन्दमानसिंह कार्की लगायतले सामुहिक रुपमा लोकार्पण गरे ।
लोकार्पित कृतिमाथि समालोचकद्वय प्रमोद प्रधान र प्रा. डा. गोविन्दमानसिंह कार्कीले समीक्षात्मक मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि गौतम, अध्यक्ष लेकाली, विशेष अतिथि पाठक र कृतिकार बोधराज पौडेलले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
कार्यक्रम सञ्चालन कवि कल्पना काफ्लले गरेकी थिइन् ।

०००