काठमाडौंमा “पाताल”को” उपन्यासको परिचर्चा कार्यक्रम सम्पन्न

मुख्य समाचार

१८ भदौ २०८२, काठमाडौं ।

साहित्यिक पत्रकार संघको आयोजनामा पदम विश्वकर्माको उपन्यास “पाताल”को “परिचर्चा कार्यक्रम” सम्पन्न भयो ।
प्रमुख अतिथि पूर्व राजदुत कवि भीम उदासले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरिएको सो कार्यक्रममा
कार्यक्रममा समालोचक प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की, मोमिला जोशी, नयनराज पाण्डे, विमल भौकाजी र डा. शान्तिमाया गिरीले समीक्षात्मक मन्तव्य राखेका थिए ।
पुस्तकका लेखक पदम विश्वकर्माले अनलाइनबाटै धन्यवाद ज्ञापन गरेका थिए ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजना गरिएको सो कार्यक्रमको सहजीकरण संघको कोषाध्यक्ष वरिष्ठ आख्यानकार पद्यमावती सिंहले गरेकी थिइन्

०००