२६ असार २०८२
गीतकार विजयध्वज थापाको नयाँ गीत’पिउँदै नशा नयनको’ इमेज एफ .एम. ९७.९ बाट न्यू रिलिज भएको छ ।
गायक मुरलीधरको स्वर रहेको सो गीतमा सन्जय खड्गीको सङ्गीत रहेको छ । गजलको लयमा गाइएको उक्त गीतलाई गीतकार थापाजी गजल नभनेर ‘चारु’ भन्न रुचाउँछन् ।
हालसम्म गीतकार थापाकागीतहरू मुरलीधर,मेलिना राई,सत्यराज आचार्य,स्वरुपराज आचार्य,अन्जु पन्त,शिव परियार,सिने गुरूङ,विष्णु चेम्जोङ, राजेश पायल राई,आनन्द कार्की, रामकृष्ण ढकाल,सीमा सङ्ग्रौला,सरिता शाही,शिशिर योगी,न्हु बज्राचार्य तथा प्रमोद खरेल आदिले स्वर दिएका छन् ।
गीतकार थापा कविता, मुक्तक, नियात्रा लेख्न रुचाउँछन् । उनका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन्। उनी लीलाध्वज थापा साहित्य प्रतिष्ठानको अध्यक्ष समेत हुन् ।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)
