विजय चालिसेको जन्मदिनमा नियात्रा समाजको सम्झना

समाचार

२२ असार २०८२, काठमाडौं

साहित्यकार विजय चालिसेको जन्मदिनका अवसरमा नियात्रा समाज नेपालले रमेश विकल साहित्य प्रतिष्ठानमा “नियात्राकार विशेष व्यक्तित्व र कृतित्व परिचर्चा कार्यक्रम” सम्पन्न ग-यो ।
सो अवसरमा विजय चालिसेको व्यक्तित्व तथा कृतित्वमाथि साहित्यकारहरू प्रतीक ढकाल, प्रमोद प्रधान, तेजप्रकाश श्रेष्ठ, महिन्द्र चालिसे, आलोक चालिसे, रञ्जु पाण्डे र आलोक चालिसेले चर्चा गरेका थिए ।
कार्यक्रममा विजय चालिसेको अङ्ग्रेजीमा अनुदित बाल कथा सङ्ग्रह “The Toy Gun and Other Stories” को विमोचन गरिएको थियो ।
नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजकै सदस्य विष्णुप्रसाद शर्मा पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यक्रमको सञ्चालन नियात्रा समाज नेपालकी महासचिव भवानी खतिवडाले गरेकी थिइन् ।

०००