१६ चैत २०८१, काठमाडौं
छहरा साहित्य समाज धापासीले एक कविता वाचन कार्यक्रमको आयोजना सम्पन्न ग-यो ।
सो कविता वाचन कार्यक्रममा मधु श्रेष्ठ, रमा शर्मा, तोया गौतम, भगवती सापकोटा, डा. वासुदेव काफ्ले, आनन्द पौड्याल, तिलक शर्मा पौडेल, भोला प्रेमी, गरिमा पोखरेल आदि कविहरुले विभिन्न रङ्ग, रस र स्वादका कविताहरू वाचन गरेका थिए ।
प्रा. गङ्गाधर कट्टेलले ‘कविताको परिभाषा’ शीर्षक कविता, बाल कवयित्रि सारा तिमल्सिनाले ‘भोक’ शीर्षक कविता तथा प्रा. नारायण प्रसाद कट्टेलले आफ्नो ‘छहरा’ शीर्षक कविता वाचन गर्दै गोष्ठीमा वाचन भएका अन्य कविताहरूको समीक्षा समेत गरेका थिए ।
संस्थाका अध्यक्ष साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ कवि प्रा. नारायणप्रसाद कट्टेल प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रमको सुरुमा कार्यसमितिका सदस्य डा. वासुदेव काफ्लेले स्वागत मन्तव्य दिएका थिए भने संस्थाका कोषाध्यक्ष आनन्द पौड्यालले उपस्थित साहित्यानुरागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको अन्तमा अन्त्यमा समाजका अध्यक्ष योगेन्द्र तिमिल्सिनाले आफ्नो एक कविता वाचन गरी कार्यक्रम समापनको घोषणा गरेका थिए ।
000
