८८औं वासुशशी जयन्ती सम्पन्न

मुख्य समाचार

१३ चैत २०८०, काठमाडौं

वरिष्ठ साहित्यकार वासुशशीको ८०औं जयन्ती काठमाडौंमा एक समारोहका वीच उनकााो सम्झना गरी उनका नाममा स्थापित पुरस्काहरुसमेत समर्पण गरी सम्पन्न भयो ।
सो अवसरमा हालै निधन भएका गायक योगेश वैद्य तथा साहित्यकारहरु कृष्ण जोशी एबम् परशु प्रधानलाई श्रध्दाञ्जली अर्पण गरिएको थियो ।
कार्यक्रममा वासुशशी स्मृति प्रतिष्ठानका संरक्षक जुलुम बैद्य तथा कृष्ण सरस्वती पुरस्कारका संरक्षक सरस्वती जोशी कार्यक्रममा सरिक रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डा. गौरी शंकर लाल दासले गीतकार किरण खरेललाई वासु शशी सम्मान प्रदान गरे । साहित्यकार प्रतिशरा सायमिलाई नगद रु २५ हजारको पुरस्कार तथा सम्मानपत्र प्रमुख अतिथिले प्रदान गरे । त्यसैगरी कवि कृष्ण जोशीका नाममा स्थापित २५ हजार राशीको कृष्ण सरस्वती साहित्य पुरस्कार प्रा.डा. विष्णु राईलाई समेत प्रदान गरियो ।
वासुशशी स्मृति प्रतिष्ठानका अध्यक्ष गणेश रसिकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि डा. गौरि शंकर लाल दास, सम्मानित तथा पुरस्कृत साहित्यकारहरु किरण खरेल, प्रतिसरा सायमि र डा. विष्णु राइले मन्तब्य राखेका थिए ।
पुरस्कृत प्रतिभाको चिनारी प्रकाश सायमिले दिएका थिए भने परिषदका सदस्य सचिव प्रद्युम्न जोशीले स्वागत भाषण गरेका थिए ।
कार्यक्रमको सञ्चालन ठाकुर वेल्वासेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *