रोजमेरी मेनाड्यूका चिठीहरू(यात्रा संस्मरण)

चन्द्रप्रसाद भट्टराई पपुआ न्यू गिनी बस्ता मैले पाउने चिठीमध्ये सबैभन्दा धेरै हुन्थे मेरा आफ्नै घरबाट आएका । घरबाट आएका चिठीमध्ये पनि धेरै चाहिँ हुन्थे श्रीमतीले लेखेका । लामा–छोटा जस्ता भए पनि उषाले हप्ताको दुइटासम्म चिठी इमेलबाट पठाउँथिन् । त्यसो त हप्तामा दुइपटक जति हामी फोनमा कुरा पनि गर्थ्यौं । तर पनि इमेलमा सबै कुरा खुलाएर […]

Continue Reading

उत्तम कृष्ण मजगैंयालाई माधुरी स्मृति साधना सम्मान

३० साउन २०८१, नेपालगञ्ज महेन्द्र पुस्तकालयको कार्यसमितिको बैठकले २०८२ सालको माधुरी स्मृति साधना सम्मान दाङ्गका बरिष्ठ साहित्यकार उत्तम कृष्ण मजगैंया लाई प्रदान गर्ने निर्णय गरेको छ। बद्री बिक्रम सेवागुठी द्वारा स्थापित यो पुरस्कार प्रथमपटक उत्तम कृष्ण मजगैंया लाई प्रदान गर्न लागिएको हो । सो सम्मानमा २०हजार राशी रहेको छ र आगामि भदौ १५ गते राष्ट्रिय […]

Continue Reading

सापसको स्थापना दिवसमा पाँच प्रतिभा अभिनन्दित

२९ साउन २०८२, काठमाडौं । साहित्यिक पत्रकार सङ्घको ५४ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा पाँच जना विशिष्ट सिर्जनकर्मीहरू साहित्यकार पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास, नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, वरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्ल र वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ लाई अभिनन्दन गरियो । अभिनन्दित हुनुहुनेहरूलाई अभिनन्दनपत्र, दोसल्ला, टोपी […]

Continue Reading

भीडको भाषा (कविता)

उदय निरौला मन भीडको भर्याँङ् चडिरहन नै रमाउँछ भाग्नुहोस जति एकान्त तपाईं हतपत एक्लै पाउनुहुन्न मन भीडतिरै भेट्नु हुन्छ । जब तपाईं भीडमा पनि आँफूलाई एक्लै भेट्नुहुन्छ भीड तपाईं पछि लाग्नेछ र तपाईं अघि अघि हुनुहुनेछ र भीड पछिपछि पछ्याउन थाल्नेछ। त्यो बखत या तपाईंको भीडले स्तुति गर्नेछ या त ढुंगा हान्दै हान्दै भीडले तपाईंलाई […]

Continue Reading

एलिसा ढुंगानाको ‘सौन्दर्यको भग्नावशेष” काठमाडौंमा विमोचित

२७ साउन २०२८, काठमाडौं । कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह ‘सौन्दर्यको भग्नावशेष’ वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी,एस्पी कोइराला, डा.नवराज लम्साल, डा. देवी नेपाल, विमला तुम्खेवा, कवयित्री स्वयम् सहित मञ्चासिन व्यक्तिहरुले सामुहिक विमोचन गरे । कार्यक्रममा प्रमुख अथिति दिनेश अधिकारीले एलिसाको कविताले हरकोहीलाई संवेदित बनाउने बताए । कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले […]

Continue Reading

गोपी मैनालीको’अक्षरको मन’लोकार्पित

  साउन २६ साउन २०८२, काठमाडौं मुक्तिनाथ दर्शन साहित्य समाज,नेपालको आयोजनामा भएको कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व इतिहासविद् दिनेशराज पन्त सहित आमन्त्रित व्यक्तित्वहरू प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेल,लोकार्पित पुस्तकका भूमिका लेखक समालोचक ठाकुर शर्मा भण्डारी,कवि महेश प्रसाईं,साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली,मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका संस्थापक अध्यक्ष हरिभक्त सिग्देल,समीक्षकद्वय डा.हरिप्रसाद सिलवाल तथा डा.परशुराम पौड्यालले सामूहिक रूपमा ‘अक्षरको मन’लोकार्पण […]

Continue Reading

राजेन्द्र वाग्लेको ‘अन्तिम छाल’उपन्यास लोकार्पित

२५ साउन २०८२, काठमाडौं राजेन्द्र वाग्लेको ‘अन्तिम छाल’उपन्यास सम्माननीय पूर्व प्रधानन्यायाधीश सुशीला कार्की,पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा,साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली,समालोचक प्रमोद प्रधान,उपन्यास लेखक राजेन्द्र वाग्ले,शारदा पत्रिका सम्पादक विमल भौकाजी तथा कलाकार सरोज खनालद्वारा सामूहिक रूपमा लोकार्पण गरियो । लोकार्पण अघि उपन्यासभित्र रहेको वाग्ले रचित एउटा गीत ‘आगो बनेर बल्न सक्छु,तुफान बनेर चल्न सक्छु’ बोलको गीतलाई […]

Continue Reading

लालगोपालको लामो कवितामाथि अनलाइनमा विमर्श कार्यक्रम

२ अगस्त २०२५, वाशिङ्टन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजना , अनेसास केन्द्र तथा अनेसास परिवारको संयुक्त प्रयत्नमा लालगोपाल सुवेदीद्वारा लिखित “चेतन-प्रवाहमा सारेगमप” ( लामो कविता ) माथि विमर्श गरियो । कार्यक्रममा समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल तथा अनेसास सल्लाहकार लीला लुइंटेलले कवि सुवेदीले छन्द कविता , फुटकर कविता, गीत, काव्य आदिमा गुणात्मकता […]

Continue Reading

“सावर्णी”लाई सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार

५ अगस्त २०२५, लण्डन पहिलोपल्ट प्रदान गर्न लागिएको “सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कारका लागि “सावर्णी” उपन्यास छनौट भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युकेद्वारा प्रदान गरिने सो पुरस्कार यसै बर्ष स्थापना गरिएको थियो र यसअघि पुरस्कारका लागि १० कृति छनौट भएका थिए, तिनै कृतिमध्येबाट “सावर्णी” छनौट भएको हो । पुरस्कार समितिका संयोजक डा.रुपक श्रेष्ठ हस्ताक्षरित प्रेस […]

Continue Reading

भारतीय नेपाली गीति साहित्य :पैँचोमा अन्वेषक लेखक नवीन पौड्यालका आँखा

ज्ञानबहादुर छेत्री   सक्तो कोसिस गर्छु, म जस्तो छु त्यस्तै रहूँ। तर सबै नै चाहन्छन, म उनीहरू जस्तै बनूँ। —- बब डाइलान (I try my best to be just like I am. But everybody wants you to be just like them.) गीत पनि साहित्यको एउटा जनप्रिय विधा हो। त्यसैले गीतमा पनि समकालीन समाजको चित्रण हुनु […]

Continue Reading