३० साउन २०८१, नेपालगञ्ज
महेन्द्र पुस्तकालयको कार्यसमितिको बैठकले २०८२ सालको माधुरी स्मृति साधना सम्मान दाङ्गका बरिष्ठ साहित्यकार उत्तम कृष्ण मजगैंया लाई प्रदान गर्ने निर्णय गरेको छ।
बद्री बिक्रम सेवागुठी द्वारा स्थापित यो पुरस्कार प्रथमपटक उत्तम कृष्ण मजगैंया लाई प्रदान गर्न लागिएको हो ।
सो सम्मानमा २०हजार राशी रहेको छ र आगामि भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवसका दिन नेपालगन्जमा सो सम्मान समर्पण गरिने छ।
सरुमा वि.सं. २००३ सालमा प्रेम पुस्तकालयको रुपमा स्थापित भै वि.सं. २०२१ देखि महेन्द्र पुस्तकालयका रुपमा नाम परिवर्तम भएको यो पुस्तकालय नेपालगञ्जमा जाने साहित्यकारहरुका लागि आकर्षण रहने गरेको छ ।
यस पुस्तकालयका हालका अध्यक्ष बलराम यादव छन् ।
नेपालगञ्जका जेष्ठ साहित्यकार सनत रेग्मी यस पुस्तकालयमा वि.सं. २०३४ सालदेखि २०५२ सालसम्म सचिव थिए भने हाल उनी मनोनित सदस्यको रुपमा रहेका छन् ।
