साउन २६ साउन २०८२, काठमाडौं
मुक्तिनाथ दर्शन साहित्य समाज,नेपालको आयोजनामा भएको कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व इतिहासविद् दिनेशराज पन्त सहित आमन्त्रित व्यक्तित्वहरू प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेल,लोकार्पित पुस्तकका भूमिका लेखक समालोचक ठाकुर शर्मा भण्डारी,कवि महेश प्रसाईं,साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली,मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका संस्थापक अध्यक्ष हरिभक्त सिग्देल,समीक्षकद्वय डा.हरिप्रसाद सिलवाल तथा डा.परशुराम पौड्यालले सामूहिक रूपमा ‘अक्षरको मन’लोकार्पण भयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै आमन्त्रित प्रमुख व्यक्तित्व दिनेशराज पन्तले गोपी मैनालीका कृतिहरू माथिल्लो स्तरको हुने गरेको बताउँदै विषयवस्तुको गाम्भीर्यता,भाषा र शब्द चयन विशिष्ट हुने गरेको बताए।
कार्यक्रममा डा.हरिप्रसाद सिलवाल तथा डा.परशुराम पौड्यालले संक्षेपमा समालोचकीय मन्तव्य राखेका थिए।
कार्यक्रममा प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेल,पुस्तकका भूमिका लेखक ठाकुर शर्मा भण्डारी, सापस अध्यक्ष राधेश्याम लेकाली,समालोचक युवराज मैनाली,कवि महेश प्रसाईं,वेदमणि घिमिरे, डा.अर्जुनदेव भट्ट तथा अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा बिमोचित कृतिका सर्जक गोपी मैनालीले आफ्नो लेखकीय मन्तव्यमा पुस्तकभित्रका निबन्ध आफ्नो मनमस्तिष्कको तरङ्ग भएको बताउँदै आफू शिक्षा मन्त्रालयको सचिव हुँदा शिक्षामन्त्री भइसकेका महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण गर्दै आफूले जीवनमा भोगेका कुराहरू अक्षर बनेर अभिव्यक्त हुने गरेको बताए।
कार्यक्रमका सभापति कलानिधि दाहालले मुक्तिदर्शन साहित्य समाज नेपालको ब्यानरमा उक्त कृति लोकार्पण गर्न पाएकोमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिएका थिए।
कार्यक्रममा मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका संस्थापक अध्यक्ष हरिभक्त सिग्देलले धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमको सञ्चालन निर्मलरमण पराजुलीले गरेका थिए।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’को सहयोगमा)
