पारसमणि प्रधान पुरस्कार कथाकार प्रदीप गुरूङलाई प्रदान गरिने घोषणा

३१ डिसेम्वर २०२३, कालिम्पोङ नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङले डा. पारसमणि प्रधान पुरस्कार वरिष्ठ कथाकार प्रदीप गुरूङलाई दिने घोषणा गरेको छ। दुई चरणको छनौट प्रक्रियापछि अन्तिम चरणका पाँचजनाको निर्णायक समितिको सभाले नेपाली साहित्यमा उत्कृष्ट योगदान पुर्‌याउने र दीर्घकालसम्म साहित्य सेवामा रहेका प्रदीप गुरूङलाई प्रदान गर्ने निर्णय गरेको नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङका महासचिव वलभद्र शर्माले […]

Continue Reading

जगदीश स्मृति पुरस्कार साहित्यकार माधव काफ्लेलाई

१४ पुस २०८०, मन्थली, रामेछाप जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८० को जगदीश स्मृति पुरस्कार साहित्यकार माधव काफ्लेलाई प्रदान गरेको छ । रामेछापको मन्थलीमा जगदीश घिमिरे प्रतिष्ठानको आयोजनामा भएको १० औं जगदीश स्मृति साहित्यिक सभामा प्रमुख अतिथि कवि तुलसी दिवसले साहित्यकार काफ्लेलाई ५१ हजार नगद राशिको सो पुरस्कार समर्पण गरेका हुन् । जगदीश घिमिरे प्रतिष्ठानले हरेक […]

Continue Reading

रविन्द्र केसीको’सम्बन्धको दोबाटो’ विमोचन

१४ पुस २०८०, काठमाडौं केही समय यता विभिन्न पत्र पत्रिकामा सुपाठ्य कथा नियमित लेखेर प्रकाशित गराउँदै आएका कथाकार रविन्द्र केसीको पहिलो कथा सङ्ग्रह ‘सम्बन्धको दोबाटो’को विमोचन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, साहित्यकारहरु डा. ध्रुवचन्द्र गौतम, हरिअधिकारी, श्रीओम श्रेष्ठ रोदन, ज्ञानु अधिकारी, राजकुमार वानियाँ, लेखक स्वयम तथा मञ्चासिन व्यक्तित्वहरुले […]

Continue Reading

‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ समर्पण

१४ पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाजको सप्ताहब्यापि कार्यक्रमको दोश्रो दिन कवि देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ २०८० शङ्खमूलस्थित अवरनेश स्कूलमा आयोजित एक कार्यक्रमकाबीच समर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि मञ्जुलले सो पुरस्कार हस्तान्तरण गरे । पुरस्कार वितरणपछि बोल्दै प्रमुख अतिथि मञ्जुलले समाजको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बन्न पाउँदा […]

Continue Reading

मन्थली पुगे राजधानीका साहित्यकारहरु

१३ पुस २०८०, काठमाडौं नेपाली साहित्यका जुझारु र निर्भिक साहित्यकार जगदीश घिमिरेले आफ्नो जीवनकालमा बर्षेनी राजधानीबाट आफ्नो जन्मथलो रामेछापको मन्थलीमा साहित्यकारको टोली लगेर साहित्यिक कार्यक्रम गर्ने गर्थे । उनको देहान्तपछि पनि यो परम्पराले निरन्तरता पाइरहेको छ । जगदीश घिमिरेकी पत्नी दुर्गा घिमिरे, जो स्वयम् उत्तम पुरस्कारप्राप्त लेखिका हुन् र जेष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज […]

Continue Reading

नेपाल स्रष्टा समाजको सप्ताहव्यापि कार्यक्रम उद्घाटन सम्पन्न

  १३ पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिने सप्ताहव्यापी कार्यक्रमको उद्घाटन ललितपुरको पाटन सङ्ग्रहालयमा प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराईले गरे । सो अवसरमा पर्या तथा सम्पदा कवि गोष्ठीको आयोजना गरियो । सो गोष्ठीमा कविहरु नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, भीष्म उप्रेती, नरेन्द्रराज पौडेल, विजय हितान, […]

Continue Reading

नेपाल स्रष्टा समाजले १७औं वार्षिकोत्सव सप्ताहब्यापि रुपमा मनाउने

१३ पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाज नेपाली साहित्यका साथै नेपालका राष्ट्रिय भाषा साहित्यका सिर्जना, सम्बद्र्धन तथा विकासमा योगदान पुर्यायाउने उद्धेश्यले वि.सं.२०६४ पुस १६ गते स्थापना भएको थियो । २७७ जना स्रष्टाहरु आजीवन सदस्य भएको यस समाजको प्रादेशिक तहमा पनि विस्तार भएको छ । आफ्नो १७ औँ स्थापना दिवसलाई यस बर्ष सप्ताहव्यापी रुपमा पुस १३ […]

Continue Reading

काठमाडौंमा मुशायरा-जश्न-ए-गालिब सम्पन्न

११ पुस २०८०, काठमाडौं । भारतीय दूतावास,नेपाल प्रज्ञा प्रतिष्ठान र उर्दू अकादमी नेपालले संयुक्त रुपमा मुशायरा – जश्न – ए – गालिब को आयोजना भयो । सो अवसरमा स्रष्टाहरूले ‘मिर्जा असदूल्लाह खान गालिब’को सम्झनामा गजल वाचन गरे । भारतीय दूतावासका प्रतिनिधि गीताको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कविहरू मोविन खान, इम्तियाज वफा, साकिव हारुनी, अलताफ, अन्जर […]

Continue Reading

सुरभि साहित्य प्रतिष्ठानका पुरस्कारहरुको घोषणा

११ पुस २०८०, काठमाडौं सुरभि साहित्य प्रतिष्ठानले आफ्नो सोह्रौँ वार्षिकोत्सवको अवसरमा २०८० माघ २० गते शनिबारको नियमित कार्यक्रममा सात जना स्रष्टाहरूहरूलाई विभिन्न पुरस्कारहरु समर्पण गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले जनाए अनुसार गुरुप्रसाद मैनाली-सुरभि आख्यान पुरस्कार ध्रुव सापकोटालाई, सुरभि-बाजुराम आख्यान साधना पुरस्कार प्रा.डा. गोविन्दराज भट्टराईलाई, सुरभि-रमा-बद्री निबन्ध पुरस्कार प्रा.डा. माधवप्रसाद पोखरेललाई, सुरभि-अच्युतराम लघुकथा पुरस्कार महेश […]

Continue Reading

चट्याङमास्टरलाई जेष्ठ नागरिक वर्ष पुरुष पुरस्कार

६ पुस २०८०, काठमाडौं महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलको जेष्ठ नागरिक संरक्षण शाखाले मन्त्रिस्तरिय निर्णय अनुसार नेपाली साहित्यमा चट्याङमास्टरका नामले सुबिख्यात कृष्णमुरारि गौतमलाई बिसं २०८० को जेष्ठ नागरिक बर्ष पुरुषको रुपमा पुरस्कृत गर्ने भएको छ । यो पुरस्कारमा नगद एक लाख रहेको छ । आगामि पुस ११ गते जेष्ठ नागरिक दिवसका अवसरमा सो पुरस्कार […]

Continue Reading