रामगीता वाङमय मन्दिरद्वारा उत्कष्ट पुस्तकको सूचि सार्वजनिक

१५ जनवरी २०२४, न्यूयोर्क न्यूयोर्क निवासी राम खत्री र गीता खत्रीले आफ्नो नाममा स्थापना गरेको रामगीता वाङ्मय मन्दिरले प्रत्येक २ वर्षमा प्रदान गरिने “प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार” का लागि आव्हान गरिए अनुसार प्राप्त कृतिहरुमध्येबाट पुरस्कार हेतु ९ कृतिको सूचि सार्वजनिक गरिएको छ । शुरुमा १० कृतिको नाम सार्वजनिक गरिएकोमा एक पुस्तकको नाम गलत भएपछि […]

Continue Reading

कथा वाचन गोष्ठीको “चौथो शृङ्खला” सम्पन्न

आज मिति  २७ पौष २०८०, काठमाडौं मचपु अर्थात मन्दिरा मधुश्री, चन्द्र प्रसाद भट्टराई र पुष्कर लोहनीको परिकल्पना तथा संयोजनमा नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबार हुने गरेको  कथा गोष्ठीको चौथो श्रङ्खला सम्पनन् भएको छ । कार्यक्रममा दिवङ्गत एकजना कथाकारको कथा वाचन शुरूवात गर्ने नियम अनुसार यसपटक तराई मधेसका कथा सङ्ग्रहबाट  कथाकार विशेश्वर प्रसाद कोइरालाको  “श्वेत […]

Continue Reading

पृथ्वी जयन्तीमा विनोद अश्रुमालीलाई सम्मान

२७ पुस २०८०, काठमाडौं पृथ्वीजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीले साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा विशेष प्रतियोगितात्मक कवि गोष्ठी तथा वरिष्ठ कवि विनोद अश्रुमालीलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कृष्ण प्रधानले गरेका थिए । विशिष्ट अतिथि टोखा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष शान्ता पौडेल र विशेष अतिथि नगरपालिकाका शिक्षा शाखा […]

Continue Reading

अनेसासको स्थापना दिवस पहिलोपल्ट मनाइयो

११ जनवरी २०२४, वाशिंटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले स्थापनाको ३३ वर्षपछि पहिलोपल्ट ‘अनेसास दिवस’ मनाएको छ । ई.सं. १९९१ जनवरी ११ मा विधान मस्यौदा तयार भएको आधार मानेर ‘आरम्भ वर्ष” का रुपमा मनाइएको हो । कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीसहित २२ जना संस्थापकहरू शिवप्रसाद सत्याल पीठ, अच्युत श्रेष्ठ, राजु श्रेष्ठ, ऋषिनाथ सुवेदी, […]

Continue Reading

प्रथम अनेसास दिवसमा लव गाउँले सम्मानित

२६ पुस २०८०, काठमाडौं   यसै वर्षदेखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासले ११ जनवरीलाई अनेसास स्थापना दिवस मनाउने निर्णय बमोजिम अनेसास नेपाल च्याप्टरले सो दिवसको आयोजना गर्यो । सो दिवसमा अनेसास नेपाल च्याप्टरका प्रथम अध्यक्ष लव गाउँलेलाई सम्मान गर्यो । कार्यक्रमका प्रमुख अतिथि कवि तुलसी दिवसले गाउँलेलाई सम्मान प्रदान गरेका थिए । सोही अवसरमा […]

Continue Reading

चार कृति एकसाथ विमोचन

२६ पुस, २०८०, काठमाडौं वानीरा फाउन्डेसनको आयोजनामा एक कार्यक्रमवीच नरेन्द्रराज प्रसाईद्वारा लिखित तथा अणुराज जोशीबाट अङ्ग्रेजी भाषामा अनुदित ‘प्रेमा शाह’ नामक जीवनीकृति, डा. ध्रुव शर्मा मुडभरीको आत्मकथा ‘लुकेको वृतान्त’,नारायणप्रसाद मिश्रबाट रचित कवितासङ्ग्रह ‘विरह’ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘भारतीय नेपाली प्राज्ञ राजनारायण प्रधान’ नामक जीवनीकृति विमोचन भएको छ । वानीरा फाउन्डेसन संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीलगायत […]

Continue Reading

कथाकार विश्वम्भर चञ्चलको निधन

२२ पुस २०८०, काठमाडौं नेपाली साहित्यमा कथाकारको रुपमा सुविख्यात विश्म्भर चञ्चलको २२ पुसका दिन निधन भएको छ । विसं १९९८ साल जेठ २९ गते धर्मस्थली, महाङ्काल, काठमाडौंमा जन्मेका उनी विसं २०२० सालमा रुपरेखा साहित्यिक मासिकमा “एक लास हाँसिरहेछ” कविता प्रकाशनकासाथ साहित्यमा प्रवेश गरेका थिए । कविता लेखनबाट साहित्य यात्रा शुरु गरे पनि उनको लेखनको प्रमुख […]

Continue Reading

सुदीश निरौला स्मृति पुरस्कारको घोषणा

२१ पुस २०८०, विराटनगर पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरद्वारा प्रदान गरिंदै आएको सुदीश निरौला मेमोरियल ट्रष्टबाट स्थापित रु १५ हजार राशीको “सुदीश निरौला स्मृति साहित्य पुरस्कार” विसं २०७९ का लागि कवि शकुन्तला जोशीलाई प्रदान गरिने भएको छ । नेपाली साहित्यको कविता विधामा अढाई दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि कवि जोशीलाई उक्त पुरस्कार दिइने भएको प्रतिष्ठानद्वारा […]

Continue Reading

नेपाल स्रष्टा समाजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

२० पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । समाजको १७ औँ स्थापना दिवसको अवसरमा पुस १३ गतेदेखि १९ गतेसम्म विविध कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको अन्तिम दिन समीक्षा बैठक गरेर समापन भएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले सात दिनसम्म निरन्तर कार्यक्रम […]

Continue Reading

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार तथा सहयोग प्रदान गरिने

२० पुष २०८०, काठमाडौं नेपाल प्रज्ञा प्रतिष्ठानले नीजि क्षेत्रबाट प्रकाशित भइरहेका र साहित्यिक पत्रकारितामा ईतिहास बनाएका नेपाली भाषाको साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक रोचक घिमिरेलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार”थौंकन्हे’ साहित्यिक मासिकमा २०४५ सालदेखि सम्पादनमा सम्बध्द रुक्मिनी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ […]

Continue Reading