हिरण्य भोजपुरेको “सगरमाथाभन्दा माथि” उपन्यास अङ्ग्रेजीमा प्रकाशित तथा विमोचित

१६ जून २०२५, कोलोराडो नेपाली साहित्यका विविध विधाका साथै गीत र सङ्गीत समेतका हस्ती हिरण्य भोजपुरेको नेपाली भाषामा प्रकाशित र चर्चित उपन्यास “सगरमाथाभन्दा माथि” को अङ्ग्रेजी अनुवाद “आङ शेर्पा एण्ड ओसन अफ हाइटस्” शिर्षकमा प्रकाशित भै विमोचन समेत सम्पन्न भएको छ । यो विमोचन हालसालै दिवङ्गत साहित्यकार तथा गीत तथा सङ्गीतका शिखर गणेश रसिकको सम्झनामा […]

Continue Reading

एक लाख एक हजारको “दीर्घ साहित्य सेवा पुरस्कार” कृष्ण बराललाई प्रदान गरिने

४ असार २०८२, झापा अर्जुनधारा नगरपालिकाले हरेक बर्ष नगद १,०१,०००/- सहित प्रदान गर्दै आएको ‘दीर्घ साहित्य सेवा पुरस्कार- २०८१’ बाट साहित्यकार कृष्ण बराल सम्मानित हुने भएका छन् । सो पुरस्कार ६ असार शुक्रवार प्रदान गरिने जानइएको छ । सो समारोहमा “नगर विकासमा साहित्यको भूमिका” विषयमा ३ जना बक्ताहरू गणेश निरौला, मिश्र बैजयन्ती तथा प्रकाश थाम्सुहाङले […]

Continue Reading

साहित्य पोस्ट आख्यान पुरस्कारको अन्तिम सूची प्रकाशित

३ असार २०८२, काठमाडौं साहित्य पोस्ट आख्यान पुरस्कारका लागि रमणको कथासङ्ग्रह ‘कथा हुन्, कथा हैनन्’, जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’, र बालिका वान्तावाको उपन्यास ‘प्याउली’ अन्तिम छनौटमा परेको साहित्य पोस्टले जनाएको छ । विसं २०८१ सालमा प्रकाशित प्रथम आख्यान कृतिका लागि यी कृति छनौटमा परेका हुन् । यो पुरस्कार हेतु शुरूमा ४४ कृति प्राप्त भएकोमा पहिलो […]

Continue Reading

छ लाख राशीको स्वीकारोक्ति सिद्धि पुरस्कार बैरागी काईंलालाई

१४ जुन २०२५, द हेग, नेदरल्याण्ड नेपाली मूलका भुटानी साहित्यकारहरुको संस्था “ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेसन्स” अर्थात् जीवीएलओको तीन दिने सम्मेलनको दोश्रो दिन नेपाली साहित्यका मूर्धन्य कवि वैरागी काईंलालाई ६ लाख राशीको स्वीकारोक्ति सिध्दि पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ । पुरस्कारको घोषणा स्वीकारोक्ति अभियानका डेन्जोम साम्पाङले गरेका थिए । यो पुरस्कार सन् २०२२ मा पहिलोपल्ट […]

Continue Reading

मासिक कथा वाचनको बीसौं शृङ्खला सम्पन्न

३० जेठ २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको बीसौं शृङ्खला सम्पन्न भएको छ । कथा वाचन शुरु गर्नुअघि यसै महिना निधन भएका दुई जना कथाकार विजय चालिसे र गणेश रसिकको आत्माको चिरशान्तिको कामना गर्दै सम्पूर्ण सहभागीहरूद्वारा एक मिनेट मौन धारण गरिएको […]

Continue Reading

साहित्य पोस्ट काव्य पुरस्कारको अन्तिम सूची प्रकाशित

३१ जेठ २०८२, काठमाडौं नेपालको पूर्ण व्यावसायिक एक मात्र अनलाइन अखबार “साहित्य पोस्ट” ले हरेक वर्ष प्रदान गर्ने “साहित्य पोस्ट उत्तम काव्य पुरस्कार” को लागि अन्तिम छनौट भएका तीन पुस्तकको नाम सार्वजनिक गरेको छ । साहित्य पोस्टले सार्वजनिक गरेको ती तीन कविता पुस्तकमा कवि हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’, आर्यशको ‘म तिमी आउनुअघि नै गइसकेको […]

Continue Reading

मधुपर्कको ५८औँ वार्षिकोत्सवमा स्रष्टाहरू पुरस्कृत

३० जेठ २०८२, काठमाडौं मधुपर्कको ५८औँ वार्षिकोत्सव तथा मधुपर्क साहित्य सम्मान कार्यक्रम एक समारोहका बीच काठमाडौंमा सम्पन्न भएको छ । पचास हजार नगद सहितको मधुपर्क साहित्य सम्मान पद्यतर्फ कवि ज्ञान उदास, गद्यतर्फ आख्यानकार ध्रुव सापकोटा तथा खुला प्रतिभातर्फ आख्यानकार पद्मावती सिंहलाई प्रमुख अतिथि साहित्यकार डा.राजेन्द्र विमलले पुरस्कार हस्तान्तरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि […]

Continue Reading

कवि मीना श्रेष्ठको एकल कविता वाचन सम्पन्न

२९ जेठ २०८२,काठमाडौं । महिला साहित्य समूहको आयोजनामा साहित्यकार मीना श्रेष्ठको एकल कविता वाचन सम्पन्न भयो । कार्यक्रममा कवि मीना श्रेष्ठले आफ्ना १५ थान कविता वाचन गरेकी थिइन् । साथै साहित्यकारहरू मन्जिला अनिल, शान्ति पौडेल, सृजना शर्मा, निर्मला फुँयाल, उषा शेरचन, रिता खत्री लगायतले कवि श्रेष्ठको कविता वाचन गरेका थिए । कार्यक्रमको सुरुमा साहित्यकार डा. […]

Continue Reading

गणेश रसिकको श्रद्धाञ्जली सभा सम्पन्न

२७ जेठ २०८२, काठमाडौं गत जेठ १८ गते ब्रम्हलीन गीतकार,सङ्गीतकार तथा साहित्यकार गणेश रसिकको १० औँ दिनको पुण्य तिथिका अवसरमा वासु शशि स्मृति परिषदले एक श्रद्धाञ्जली सभा आयोजना गरी रसिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो। सो श्रद्धाञ्जली सभामा बुलु मुकारुङ्ग,लोचन भट्टराई तथा राधेश्याम लेकालीले रसिकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुका साथै उनले सृजना गरेका गीत तथा […]

Continue Reading