भारतीय नेपाली गीति साहित्य :पैँचोमा अन्वेषक लेखक नवीन पौड्यालका आँखा

ज्ञानबहादुर छेत्री   सक्तो कोसिस गर्छु, म जस्तो छु त्यस्तै रहूँ। तर सबै नै चाहन्छन, म उनीहरू जस्तै बनूँ। —- बब डाइलान (I try my best to be just like I am. But everybody wants you to be just like them.) गीत पनि साहित्यको एउटा जनप्रिय विधा हो। त्यसैले गीतमा पनि समकालीन समाजको चित्रण हुनु […]

Continue Reading

विविध कृतिहरूमाथि जयदेवको शल्यक्रिया

प्रमोद प्रधान (लेखक जयदेव  गौतमको नवप्रकाशित पुस्तक समीक्षा कृति हालै काठमाडौंमा विमोचन भएको छ र देश विदेश विभिन्न स्थानमा यस कृतिको चर्चा परिचर्चा कार्यक्रम भइरहेका छन् । सो कृतिमा कवि तथा विद्वान् लेखक प्रमोद प्रधानको गहन भूमिका रहेको छ । सो भूमिका पुस्तक पढ्न चाहनेहरूका लागि तथा कृतिको वारेमा पूर्व जानकारी चाहनेहरूका लागि उपयोगी हुने […]

Continue Reading

वरिष्ठ साहित्यकार, शिक्षक तथा समाजसेवी जगत क्षेत्री

भाष्कर मैनाली शर्मा, दार्जीलिङ जगत क्षेत्रीको पूरा नाम जगतकुमार क्षेत्री हो। उहाँको जन्म वि.सं. १९९३ साल भदौ ७ गते (सन् १९३६ अगस्ट २३) दार्जीलिङ सहर नजिकैको चाँदमारी नामक स्थानमा भएको थियो। उहाँका पिता दार्जीलिङ जिल्ला अदालतमा कार्यरत नैनसिंह क्षेत्री थिए भने माता पद्मावती क्षेत्री थिइन्। प्रारम्भिक शिक्षा दार्जीलिङ नगरपालिका बाल उच्चतर विद्यालयबाट प्राप्त गरेका उहाँले […]

Continue Reading

पद्मश्री सानु लामाः एक संस्मरण

मुक्तिप्रसाद उपाध्याय मनुष्य जीवन परब्रह्मको अति नै अनमोल वरदान हो। जीवनको परिभाषा मानिस मानिसमा भिन्न भए पनि यथार्थमा ऊ बाच्नैपर्छ, जीवन सङ्घर्षमा ओर्लिनै पर्छ।  गाँस,बास र कपासका आफ्ना कर्महरूलाई छिचोल्दै केही समय उबारेर त्यसको उचित प्रयोग गर्नसक्ने मानिसको चिनारी अलग हुन्छ। जीवनमा आइपरेका दुःखका भारी एकछिन् बिसाउँदा गरिएको त्यस मुहूर्तको खुइयमा जसले आनन्द लिनसक्छ, भावनात्मक […]

Continue Reading

नेपाली व्याकरणमा आधुनिक भाषाविज्ञानको प्रभाव

नवीन पौड्याल १. विषय प्रवेश भाषा अभिव्यक्तिको साधन हो| यो एउटा यस्तो व्यवस्थित पद्धति हो, जो मुखका विभिन्न इन्द्रियका सहायताले मानवीय धारणालाई अरूसमक्ष सम्प्रेषण गर्दछ| भाषाका विभिन्न विशेषता र प्रकृति हुन्छन्| समग्रमा भाषाका विशेषता र प्रकृति केलाउँदा यो यादृच्छिक हुन्छ, यो वाक्प्रतीक हो, यसमा उत्पादनशीलता हुन्छ, यसमा सांस्कृतिक हस्तान्तरण हुन्छ, यसमा विविधता हुन्छ, यो सामाजिक […]

Continue Reading

भारतमा प्रचलित नेपाली लोकनाटक – सामान्य परिचयात्मक अध्ययन

 नवीन पौड्याल, कालिम्पोङ यो संसार नै एक नाट्यशाला हो। हामी अभिनेता हौँ र ईश्वर चाहिँ निर्देशक हुन्। अभिनय पक्ष मानवीय जीवनको एउटा मुख्य पक्ष हो। लोकगीत, लोककथा, लोककविता, लोकगाथाझैं लोकनाटक पनि लोकसाहित्यकै रूपमा रहेको छ। यो नाटकको मूल र आदि रूप हो। आज हामी शिक्षित र सभ्य छौं तर आजभन्दा पचास र सय वर्षअघिसम्म हाम्रो […]

Continue Reading

आमा र त्यो नीलो स्वेटर (संस्मरण)

तारा पराजुली त्यस बेला म कक्षा आठमा पढ्थेँ।स्कूलको ड्रेस सेतो सर्ट,निलो फ्रक सेतो जुत्ता सेतै मोजा लगाउनु पर्थ्यो । म कक्षा आठसम्म घर नजिकको स्कूलमा पढेर आठ कक्षादेखि नयाँ स्कूल पढ्न थालेकोले स्कूलले विद्यार्थीका लागि तय गरेको नियमसँग म अपरिचित नै थिएँ । स्कूलले पनि खासै जानकारी गराएको थिएन । पुषको महिना थियो । म […]

Continue Reading

वृद्ध संवेदनाको उपन्यासिका ‘रत्नपार्क’

  नवीन पौड्याल   मदनदेव भट्टराई- व्यक्ति र कृति नेपाली साहित्यमा मदनदेव भट्टराईको नाम पनि आदरका साथ लिइन्छ। मदनदेव भट्टराई भन्नेबित्तिकै रत्नश्री पत्रिका र रत्नश्री स्वर्ण पदकको नामको पुराना पाठक लेखकका मनमा आइहाल्छ। उनले धेरै वर्षसम्म रत्नश्री पत्रिका र पुरस्कार सञ्चालन गरेका थिए। उनी एक साहित्यिक पत्रकार-सम्पादक कवि, नाटककार, निबन्धकार र कथाकार हुन्। उनको जन्म […]

Continue Reading

कथाकार देव भण्डारी : एक अध्ययन

                             नवीन पौड्याल   नेपाली साहित्यमा देव भण्डारीको छुट्टै परिचय र स्थान रहेको छ। उनका पाँचवटा कथासङ्ग्रह प्रकाशित भइसकेका छन्, प्रत्येक कथा विशिष्ट छन्। युगसँग रहेका वस्तुहरू समाहित छन्। उनको जन्म सन् १९४५ कालिम्पोङमा बमबस्तीमा भएको हो। उनका बाबु-आमाको नाम स्व. भगीरथ भण्डारी र साबित्री भण्डारी थियो। उनी सेन्द्रल बैंक अफ इन्डियामा सेवारत रही २०१० […]

Continue Reading

‘भारतीय नेपाली गीत सञ्चयन’ बारे

नवीन पौड्याल, कालिम्पोङ   नेपाली साहित्यमा कमल रेग्मी एक प्रखर गीतकारका रूपमा चर्चित छन्। हालसम्म उनका पाँचवटा  गीतसङ्ग्रह- ‘काँडाफूल’ (२००७), ‘हिउँको आगो’ (२०१२), ‘घामपानी’ (२०१८), ‘कन्फ्लुन्स’ (उनका गीतको श्रद्धामणि प्रधानद्वारा अङ्ग्रेजी अनुवाद, २०१८) र ‘बालुवामा’ (२०२३)  प्रकाशित भइसकेका छन्। उनी गीतमा समर्पित सर्जक व्यक्तित्व बनेका छन्। उनले आफ्नो गीत सिर्जनाबाहेक अरूका गीतको समीक्षा र सङ्कलन […]

Continue Reading