राजेन्द्र भण्डारी-  व्यक्ति एक व्यक्त्तित्व अनेक

नवीन पौड्याल राजेन्द्र भण्डारीको जन्म गहिरी गाउँ, बम बस्ती कालिम्पोङमा २८ सितम्बर १९५६ मा भएको हो। उनको पिताको नाम स्व. भगीरथ भण्डारी र आमा स्व. साबित्री भण्डारी हो। घरमा धार्मिक आध्यात्मिक परिवेश थियो। उनका पिताजी स्वयम् एक एकजना कुशल साहित्य मर्मज्ञ, कवि, आध्यात्मिक र धर्म चिन्तक थिए। उनले घरमा गाउँबस्तीको गरिने सामान्य कामहरू जस्तै गाई […]

Continue Reading

साहित्यमा ऐंजेरू

नवीन पौड्याल, कालिम्पोङ साहित्य मानवीय चेतनाको कलात्मक उपज हो। यसभित्र हार्दिकता, भाव,  कला, ज्ञान, बुद्धि, कौशल सबै कुरा हुन्छन्। साहित्य पढ्नेले धेरथोर अन्य विषयमा पनि ज्ञान पाउँदछ। साहित्यभित्र परोक्ष रूपमा ज्ञान विज्ञानका अन्य धेरै कुरा समेटिएका हुन्छन्। जीवन र जगत्‌का हरेक कुरालाई साहित्यले सम्बोधन गर्दछ। विश्वमा नयाँ नयाँ साहित्य सिद्धान्तहरू उदाइरहेका छन्। साहित्यसित अन्य ज्ञानानुशासन […]

Continue Reading

अनुभूतिहरूको अभिलेख (निबन्ध)

ज्ञानेन्द्र विवश मानव जीवन एक अनन्त यात्रा हो, जहाँ हरेक क्षण नयाँ अनुभूतिहरू थपिँदै जान्छन् । यी अनुभूतिहरू हाम्रो जीवनको नक्सा हुन्, जसले हामीलाई को हौं भन्ने पहिचान दिलाउँछन् । तर यी क्षणहरूलाई हामी कसरी सम्झन्छौं ? कसरी जीवन्त राख्छौं ? यही प्रश्नले मलाई सधैँ सताउँछ । अनुभूतिहरूलाई शब्दमा उतार्नु भनेको तिनिहरूलाई अमर बनाउनु हो […]

Continue Reading

भारतीय नेपाली साहित्य दशा र दिशाबारे टिप्पणी

नवीन पौड्याल   नेपाली साहित्यको चिन्तन र अध्ययन परम्परामा नयाँ नयाँ अध्येताहरूको आगमन भैरहेको छ। विश्व परिप्रेक्ष्यमा उदाएका नयाँ नयाँ सिद्धान्त, चिन्तन र प्रणालीहरूसित अबका नेपाली साहित्यकार र अध्येताहरू अवगत बनेका हुन्छन्। अब त सामाजिक सञ्जाल र अन्य इन्टरनेटका माध्यमले विश्वग्रामको अवधारणालाई सार्थक, मूर्तता र बलियो बनाउँदै गएको छ। अब विश्वको कुनै कुनाबाट पनि कुनै […]

Continue Reading

डुवर्सको साहित्यिक महोत्सव- पर्यवेक्षकीय टिप्पणी

नवीन पौड्याल यस वर्ष २०२४ भारतीय नेपाली साहित्यका दुईवटा महत्त्वपूर्ण संस्थाले आफ्ना स्थापनाको स्वर्ण जयन्ती समारोहपूर्वक मनाए। एउटा हो असम नेपाली साहित्य सभा र अर्को डुवर्स नेपाली साहित्य विकास समिति। गत ६ देखि ९ डिसेम्बर, २०२४ मा असमको सरूपथारमा आयोजित चारदिने स्वर्णजयन्ती समारोह र २७-२९ डिसेम्बरको डुवर्सको वीरपाडामा आयोजित तीनदिने समारोह। यी दुई समारोहलाई नेपाली […]

Continue Reading

असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती; मेरो अनुभव

 नवीन पौड्याल, कालिम्पोङ यसपालि असम नेपाली साहित्य सभाको स्वर्ण जयन्तीको अवसरमा नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङको प्रतिनिधि टोलीमा सामेल भएर गएको थिएँ । असमको गोलाघाट जिल्लाको सरूपथार भन्ने ठाउँमा छ डिसेम्बरदेखि नौ डिसेम्बरसम्मको यो चारदिनव्यापी कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयो। त्यहाँ पुग्न हामीलाई भने अवध असम रेलले दश घण्टा ढिलो गरी बिहान नौबजेतिर पुग्नु पर्ने ठाउँमा […]

Continue Reading

भोलि लेख्ने निबन्धको विषय (निबन्ध)

ज्ञानेन्द्र विवश भोलि लेख्ने निबन्धका लागि आज सोच्ने समय हो । नयाँ निबन्धमा लेख्ने नौलो विषय के हो र के होइन ? हतारको जिन्दगीका पाइलाहरू एकपछि अर्को फड्को मार्छन् । हतार नभए आरामले सुतेर खान कसैलाई पुग्दैन । हतार भएकोले केही न केही काम भएको छ । सडकमा हेर्छु– सबैलाई हतार छ । हतारमा दौडिरहेको […]

Continue Reading

नेपाली साहित्य अनि डुवर्स

नवीन पौड्याल १.आमुख- साहित्य समाजको दर्पण हो। कुनै पनि समाजको जीवन्तता र सक्रियताको लक्षण त्यहाँ हुने साहित्यिक, सामाजिक, सांस्कृतिक, राजनैतिक गतिविधिलाई मान्न सकिन्छ। अझ साहित्यिक कार्यकलापले समाजको सर्वाङ्गीण सक्रियता झल्किन्छ। साहित्यमा समाजको उन्नति, अवनती, विकास, विकृति इत्यादि सबै पक्षहरूको प्रतिबिम्बन हुन्छ। यदि कुनै समाजलाई चिन्नु हो भने पहिले त्यस समाजको साहित्य कस्तो छ, कति सम्पन्न […]

Continue Reading

मलाई लागेको कुरा (विचार)

 गोविन्द बहादुर कुँवर यतिखेर सुरेश शाही र इब्सन सञ्यालको देउडा ´गीत चल गोविन्दे हिट भएको छ । गीत सुदूर पश्चिममा मात्र हैन सबै क्षेत्रमा भाइरल भएको छ । गीत मीठो छ, सुनि रहुँ लाग्ने ! मलाई पनि मन पर्ने गीत हो । इब्सन मलाई मन पर्ने कलाकार हुन्, उनका गीत सुन्दै आएको छु । सुरेश […]

Continue Reading

समसामयिक भारतीय नेपाली समालोचनाको प्रवृत्ति

नवीन पौड्याल (प्रस्तुत आलेख २५ र २६ नोभम्वर २०१६ मा परिमल स्मृति महाविद्यालयद्वारावआयोजित राष्ट्रिय सङ्गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्रको सम्पादित प्रस्तुति हो-सं) १, आमुख भारतमा नेपाली साहित्य एउटा समृद्धशील साहित्य बन्दै आएको छ। दिनानुदिन रूपमा विभिन्न विधाका पुस्तक, पत्रिका आदिको प्रकाशन, मासिक र सामयिक साहित्य गोष्ठीको आयोजना, साहित्यिक पुरस्कार वितरण, साहित्यिक संघ-संस्था जस्ता गतिविधि विचार्दा नेपाली […]

Continue Reading