गान्तोक बजारमाः दुई कविता

नवराज कार्की १, वल्लो छेउका गान्धी एउटा सानो-सानो टार जस्तो पुरानो गान्तोक बजारमा अहिले एउटा अत्याधुनिक एम. जी. रोड छ त्यही रोडको मुखैमा लट्ठी टेकेर उभिएका छन् एउटा अर्धनग्न चश्मावाल बूढा ! सोध्छन् पर्यटकले नचिनेर ” को हो यो ?” के हो यिनको योगदान, यो भूगोलमा ? कहाँ छ यिनको स्थान, यहाँको इतिहासमा ? दार्जीलिङ्‌को […]

Continue Reading

नयाँ वर्ष (कविता)

सीता पाण्डे   ओहो ! कस्ती सुन्दरी कस्ती राम्री ! तिम्रो आगमनसंगै म अनेक प्रण गर्छु के- के गर्छु ! के-के गर्दिन भनेर – सोच्छु तिमीलाई अघि राखेर वाचा गर्छु क़सम खान्छु खुसीले गदगद हुन्छु ! रोमान्चित हुन्छु ! तर, समयले पाईला टेक्दै जाँदा तिमी बदलिन्छौ कि म ? वा म बदलिन्न्न कि तिमी ? […]

Continue Reading

जीवन चक्र (कविता)

सामना पहाड   हिमाल बनेर उभिन्छु कहिले नदी भएर पग्लिन्छु कहिले कहिले रहन्छु चुपचाप तलाउ र पोखरी बनेर देखिन्छु कहिले खोलानालाको लहरमा गरि रहन्छु अनेकौँ स्वरूपमा अभिनय अस्तित्वको उपक्रम ठानेर । तटको सुक्खा बालुवामा सोसिनु बादल बनी क्षितिजमा ठोकिनु कहिले इन्द्रेनी बन्ने तृष्णामा दौडिनु असिना बन्नु, धर्तीमा खस्नु पत्थरसँगै टुट्नु र फुट्नु नियमितताकै उपक्रम न […]

Continue Reading

बेखबर हुन मन छ (मलाई कविता)

  मीना श्रेष्ठ बेहिसाब कति हिडियो नापेर पैतालाहरू हिसाब न त पैतालाको छ न त केबल पछ्याउँदै विभिन्न आकृतिका पैतालाहरू कति बाटा पैतालाका डोबका कुनै केबल पैतालाको छाला खोल्सिएका, थाहै नपाइ, बाटोले नापेका पैताला हुन् या पैतालाले नापेका बाटाहरू हुन्। इमानको हिसाब हुँदैन क्यारे कि मै कमजोर रहें हिसाब गर्न इमानको कसौटीमा नदेखियोस् , बरु, […]

Continue Reading

सम्बोधन यथोचित ! (कविता)

पुष्पा खनाल मन हो, मनाउन गाह्रो छ । प्रेम यथावत् छ समय फेरिएको छ । एउटा काट्न नमिल्ने संघार अर्को टेक्न नमिल्ने आँगन म बीचको न यताको, न उताको । सायद, मेरो यही नियति हो म बाँच्नुको सार हो र हो एउटा निर्विकल्प बोझ पृथ्वीको । पर्खालमा उम्रिएको एउटा झ्याउ तिमीले त उखेल्यौ र मिल्कायौ […]

Continue Reading

शीतलहर (कविता)

शीतलहर (कविता) पुरुषोत्तम आचार्य हाम्रो पसिनामा नली लगाएर तानि रहे तिनिहरूले नशालु हुक्का र, छाडि रहे आकाशतिर विषालु धुवाँ त्यही धुवाँ चिसिएर हाम्रो टाउको माथि खसिरहेछ शीतलहर ए! रामलखन काका अब घुर ताप्न छाडेर टाउकोमै चिलिम सल्काउने पो हो कि ? ००० कवि परिचयः कवि पुरुषोत्तम आचार्य हर्नामाडी हेटौंडामा जन्मेका हुन् र अहिले पनि हेटौंडालाई […]

Continue Reading

मञ्जुलका दुई कविता

मञ्जुल १, दिनभरि कुदि रहने बाटो पनि   दिनभरि कुदि रहने बाटो पनि बेलुका आराम गर्दो रहेछ सँगै आएर बियर खान खोज्दो रहेछ गफ गर्न खोज्दो रहेछ दिनभरि कुदि रहने बाटो पनि बेलुका आएर सुत्न खोज्दो रहेछ, सपना देख्न खोज्दो रहेछ आराम गर्न खोज्दो रहेछ भोलि फेरि दगुर्नु पर्छ उसले मानिसले जस्तै यात्रालाई नै जीवन […]

Continue Reading

म आफूलाई खोज्न तिमिभित्र हराउँछु (कविता)

  पातलो अन्तरे म आफू भित्र हराएर हेर्छु तर तिमीलाई कतै भेटाउँदिन जब म तिमिभित्र हराउँछु आफूलाई त्यहीँ भेटाउँछु त्यसैले त मेरो मुटु कहिल्यै पोलेन मन दुखेन यादमात्र आईरह्यो तर तिम्रो भने मैले मुटु खाईसकेछु मनमा डेरा जमाईसकेँछु यादमा बिलाइसकेछु … अब तिमीले नै सोच्नु तिमीले तिमीबाट मलाई फालेको दिन म कहाँ हुन्छु ? तिमीले […]

Continue Reading

कात्रो

सुरेन्द्र अस्तफल सानै थिएँ चढ्दै थिए जीवनका कलिला भ-याङहरू कहिले बा जत्रो भइएला र घर धानुँलाजस्तो लाग्थ्यो कहिले हजुर बा जत्रो भइएला र नातिनातिनाहरूलाई कथा सुनाउँला जस्तो लाग्थ्यो एकदिन झुत्रा र टालेका कपडा लगाएर तप्केनी जीवन बाँचिरहेका आदर्शको कखरा पढाइ रहने हजुर बाले एकाएक नयाँ कपडा लगाएको देखेँ पहेँलो वस्त्रमा बलिरहेका हजुर बालाई कत्ति बोलाए […]

Continue Reading