लोकप्रिया पुरस्कार समर्पण समारोह सम्पन्न

असार २३, २०८० गते, काठमाडौं साहित्यिक पत्रकार संघले घोषणा गरेको लोकप्रिया पुरस्कार वितरण सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा एक समारोहको आयोजना गरी समर्पण गर्यो । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार गणेश रसिकले पुरस्कार हस्तान्तरण गरेका थिए । विसं २०६२ सालदेखि वितरण नभएको सो पुरस्कार २०७९ सम्मको एकसाथ घोषणा गरी एकैसाथ वितरणको कार्यक्रमको आयोजना गरिएको हो […]

Continue Reading

संगीत तथा नाट्य राष्ट्रिय प्रतिभा पुरस्कार २०७९ शान्तिराम राईलाई

२० असार २०८०, काठमाडौं, नेपाल सरकारको राष्ट्रिय संस्कृति तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७९ को मन्त्री स्तरिय निर्णयानुसार संगीतकार तथा गायक शान्तिराम राईलाई विसं २०७९ को संगीत तथा नाट्य तर्फको “राष्ट्रिय प्रतिभा पुरस्कार -२०७९” प्रदान गरिने भएको छ । विसं २०२७ भदौ २३ गते दिक्तेल-७, सोल्मा, खोटाङमा जन्मेका शान्तिराम राईको पहिलो गायन थियो “कसम नखाउ टाढा […]

Continue Reading

ज्ञानमणि नेपाललाई लीलाध्वज साहित्य सम्मान समर्पण

२२ असार, २०८०, काठमाडौं उपन्यासकार लीलाध्वज थापाको १०३ औं जन्मजयन्तीका अवसरमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्यो । सो अवसरमा यसअघि घोषित लीलाध्वज साहित्य सम्मान इतिहासविद् तथा साहित्यकार ज्ञानमणि नेपाललाई कार्यक्रमका प्रमुख अतिथि त्रिविका पूर्व उपकुलपति प्रा.केदारभक्त माथेमाले समर्पण गरे भने प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले दोसल्ला ओडाएर सम्मान गरे । सम्मानमा २५ […]

Continue Reading

योगमाया राष्ट्रिय स्रष्टा सम्मान डा. अरुणा उप्रेतीलाई समर्पण

२२ असार, २०८०, काठमाडौं नेपाल स्रष्टा समाजले असार २२ गते योगमाया दिवसका दिन योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान, तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान वितरण कार्यक्रमको आयोजना काठमाडौंमा आयोजना गर्यो । विसं २०८० को योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान डा अरुणा उप्रेतीलाई प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसले समर्पण गरे । त्यस्तै योगमाया न्यौपाने अभियन्ता […]

Continue Reading

यादव खरेललाई दीर्घ साधना सम्मान

२१ असार काठमाडौं नेपाली साहित्यका वरिष्ठ गीतकार, कवि तथा नियात्राकार यादव खरेललाई रेडियो कान्तिपुरले रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्डका अवसरमा ६ दशकदेखि गीत साधनामा योगदान दिएको भन्दै “दीर्घ साधना” अवार्ड समर्पण गरेको छ । कान्तिपुर पब्लिकेसन्सका कैलाश सिरोहियाले उनलाई नगद एक लाख, ट्रफी समर्पण गरेका थिए । गीतकार यादव खरेलका गीतहरु सदावहार छन् । उनले […]

Continue Reading

भाषा एबम् साहित्य राष्ट्रिय प्रतिभा पुरस्कार २०७९ नरेन्द्रराज पौडेललाई

२० असार २०८०, काठमाडौं, नेपाल सरकारको राष्ट्रिय संस्कृति तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७९ को मन्त्री स्तरिय निर्णयानुसार साहित्यकार नरेन्द्रराज पौडेललाई विसं २०७९ को भाषा एबम् साहित्य तर्फको “राष्ट्रिय प्रतिभा पुरस्कार -२०७९” प्रदान गरिने भएको छ । विसं २००६ साल जेठ ९ गते सिपा पोखरे सिन्धुपाल्चोकमा जन्मेका पौडेल काठमाडौंमा बस्छन् । उनको औपचारिक लेखन यात्रा विसं […]

Continue Reading

आज ऐतिहासिक उपन्यासकार डायमनशम्शेरको जन्मदिवस

२१ असार २०८०, वाशिंटन डिसी नेपाली साहित्यमा ऐतिहासिक उपन्यासका शिखर व्यक्तित्व डायमनशम्शेर राणाको जन्म २१ असार  १९७५ का दिन  ठूटे पीपल, पाल्पामा जन्म भएको थियो । बसन्ती(विसं २००६), सेतो बाघ (विसं २०३०) जस्ता विख्यात ऐतिहासिक उपन्यासका स्रष्टा राणाका अन्य उपन्यासहरूमा प्रतिवध्द( विसं २०३४), सत्प्रयास(विस.२०३८),अनिता (विसं २०४५), धनको धव्वा (विसं २०५१), गृह प्रवेश (विसं २०५९) रहेका […]

Continue Reading

कोलोराडोमा साहित्य महोत्सव सम्पन्न

२ जुलाई २०२३,डेन्भर, कोलोराडो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको संयोजनमा ए.एन.ए. डेन्भर सम्मेलन २०२३ को अवसरमा नेपाली साहित्य महोत्सव, खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको शुरुवात स्थानीय बालबालिकाहरु प्रियंका श्रेष्ठ, आँचल सापकोटा, एरिका अधिकारी, तेजस चौलागाईं र श्रुयोग बिडारीको नेपाली राष्ट्रगान र स्वागत गीतको गायनबाट गरिएको थियो । साथै आदिकविको तस्वीमारमा फूलमाला […]

Continue Reading

साहित्यपोष्ट उत्तम कृति पुरस्कार यशोधरा, मफलर र मुटुसँगको यात्रा लाई

१८ असार, २०८०, काठमाडौं प्रत्येक बर्ष प्रकाशित कुनै पनि लेखकको पहिलो पुस्तकलाई प्रदान गरिने साहित्यपोष्ट उत्तम पुरस्कार विसं २०७९ सालमा प्रकाशित पुस्तक मध्ये काव्य विधाका लागि “मफलर”, आख्यान बिधाका लागि “यशोधरा” तथा गैर आख्यानका लागि “मुटुसँगको यात्रा” लाई घोषणा तथा पुरस्कार वितरण समारोहको आयोजना गरियो । “मफलर” कृति गजल सङ्ग्रहका गजलकार प्रदीप रोदन हुन् । […]

Continue Reading

साहित्यकार विजय खरेलको अमेरिकामा निधन

२ जुलाई २०२३, वाशिंटन डिसी झापा नेपालका साहित्यकार विजय खरेलको आज २ जुलाई २०२३ का दिन अमेरिकाको टेक्सासस्थित मेमोरियल हर्मन अस्पतालमा निधन भएको छ । उनलाई केही समयअघि गम्भिर बिमारी भै त्यस अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भेण्टिलेटरमा राखिएको थियो । उनी जेठो छोरा प्रयासको निम्तोमा जेठ १९ गते अमेरिका भ्रमणमा सपत्नी आएका थिए […]

Continue Reading