आज ऐतिहासिक उपन्यासकार डायमनशम्शेरको जन्मदिवस

मुख्य समाचार

२१ असार २०८०, वाशिंटन डिसी

नेपाली साहित्यमा ऐतिहासिक उपन्यासका शिखर व्यक्तित्व डायमनशम्शेर राणाको जन्म २१ असार  १९७५ का दिन  ठूटे पीपल, पाल्पामा जन्म भएको थियो ।

बसन्ती(विसं २००६), सेतो बाघ (विसं २०३०) जस्ता विख्यात ऐतिहासिक उपन्यासका स्रष्टा राणाका अन्य उपन्यासहरूमा प्रतिवध्द( विसं २०३४), सत्प्रयास(विस.२०३८),अनिता (विसं २०४५), धनको धव्वा (विसं २०५१), गृह प्रवेश (विसं २०५९) रहेका छन् ।

उनको सर्वाधिक चर्चित र लोकप्रिय उपन्यास सेतो बाघ थियो । त्यो उपन्यास हिन्दी, अंग्रेजी, फ्रान्सेली लगायत विभिन्न भाषामा अनुवादसमेत भएको थियो

वसन्ती उपन्यासमाथि नीर शाहले वसन्ती नाममै चर्चित चलचित्र निर्माण गरेका थिए ।

उनको देहान्त विसं २०६७ फागुन २० गते काठमाडौंमा भएको थियो ।

 

Leave a Reply