डा.योगीको ‘चेतना यात्रा’को लोकार्पित

२७ मंसिर २०८२, काठमाडौं गुरु डा.चिन्तामणिनाथ योगीको २४ औँ कृति’चेतना यात्रा’ को लोकार्पण तथा अध्यात्म र साहित्य कार्यक्रम एक कार्यक्रमका बीच सम्पन्न भएको खबर छ। मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा कृतिको लोकार्पण भएको हो। लोकार्पणपश्चात् प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा.प्रेमनारायण अर्यालले गुरु डा.चिन्तामणिनाथ योगीसँग आफ्नो पुरानो सम्बन्ध रहेको बताउँदै गुरुलाई कलेजमा लगेर प्रवचन दिन लगाएको दिन हरूको […]

Continue Reading

खाइराइड हास्यव्यङ्ग्य पुरस्कार समर्पण

१२ पुस २०८२, काठमाडौं खाइराइड हास्यव्यङ्ग्य पुरस्कार २०८२ काठमाडौंमा आयोजित एक समारोहका बीच अर्पण गरिएको छ । देश भरिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीबाट निबन्ध आह्वान गरी प्राप्त निबन्धको मूल्याङ्कनको आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा भएको हो । प्रतियोगीहरूमध्ये प्रथम भएर काभ्रे इङ्लिश माध्यामिक विद्यालय, पनौती काभ्रे की छात्रा कुसुम घिमिरेले रू. २०,००० (वीस […]

Continue Reading

वालिङमा गजल उत्सव तथा “रात्री आकाश” गजल कृतिको लोकार्पण

१२ पुस, २०८२, वालिङ, स्याङ्जा । स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौँ वर्ष प्रवेशको पूर्व सन्ध्यामा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३८ औँ पाइलाको रूपमा स्याङ्जाको साहित्यिक इतिहासमै ऐतिहासिक महत्त्वको विशेष अर्थ राख्ने आधुनिक नेपाली मौलिक गजल लेखन अभियान विशेष कार्यक्रमको रूपमा आयोजना गरिएको वालिङ गजल उत्सव- २०८२ सम्पन्न भएको छ । सो उत्सवमा […]

Continue Reading

दैवज्ञराज न्यौपानेको चौधौं स्मृति दिवसमा स्रष्टाहरू पुरस्कृत

२९ मंसिर २०८२, काठमाडौं कवि दैवज्ञराज न्यौपानेको चौधौ स्मृति दिवसका अवसरमा बानेश्वर क्याम्पसको सभाकक्षमा दैवज्ञराज न्यौपाने स्मृतिसभा सम्पन्न भयो । कार्यक्रमको सुरूमा राष्ट्रगानपछि बाल साहित्यस्रष्टा प्रभा आचार्य भट्टराईले कवि दैवज्ञराज न्यौपानेको “स्युर लालीगुराँस” कविता वाचन गरेकी थिइन् । प्रतिष्ठानका सदस्य कोषराज न्यौपानेले दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान र पुरस्कृत व्यक्तिहरू छन्दसारथि रमेश खकुरेल, काठमाडौं- दैवज्ञ विशिष्ट […]

Continue Reading

लता केसीलाई लघुकथा पुरस्कार समर्पण

२७ मंसिर २०८२, बनेपा शब्दयात्रा प्रकाशनले लघुकथाकार लता केसी (भोजपुर) लाई २०८२ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ समर्पण गरेको छ । कार्यक्रमका सभाध्यक्ष कृष्णमणि कुइकेलले माला, निर्मला श्रेष्ठले उपहार, कालिका त्रिपाठी पन्तले शब्दयात्रा पट्ट, अम्बिका धितालले भेटी र हरि मञ्जुश्रीले अभिवन्दनापत्र समर्पण गरेका थिए । सो पुरस्कारको राशी ५ हजार ५ रुपियाँ रहेको छ […]

Continue Reading

हेम्जा साहित्य महोत्सवमा लघुकथा सत्र

मंसिर १९, २०८२, हेम्जा, पोखरा `हेमजा साहित्य महोत्सव -२०८२´ को पहिलो दिन लघुकथा सत्र आयोजना गरियो । सो लघुकथा सत्रमा लघुकथा प्रतिष्ठान पोखराका सल्लाहकार लक्ष्मण थापा , अध्यक्ष कल्याण पन्त , उपाध्यक्ष गीता तिवारी , हाम्रो लघुकथा केन्द्र नेपालका द्वय व्यबस्थापक इन्दिरा चापागाईँ , शुभ शर्मा र लघुकथा प्रतिष्ठान , नेपालका व्यबस्थापक एन्जेल निलुलाई मञ्चमा […]

Continue Reading

“विविशारा” उपन्यासको विमर्श एवम सिर्जना वाचन

१३ मङ्सिर २०२५, वालिङ, स्याङ्जा उपन्यासकार छवि वैरागी घिमिरेको दोस्रो औपन्यासिक कृति “विविशारा” को विमर्श एवम सिर्जना वाचन समारोह सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३७ औँ पाइलाको रूपमा आयोजना गरिएको औपन्यासिक कृति विमर्श एवम सिर्जना वाचन समारोह पहिलो चरणमा “विविशारा” औपन्यासिक कृतिमाथि […]

Continue Reading

महेन्द्र पुस्तकालय नेपालगञ्जको नयाँ कार्यसमिति

६ मंसिर २०८२, नेपालगञ्ज नेपालगञ्जको गौरव महेन्द्र पुस्तकालयको नयाँ कार्य समितिको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन परिणामअनुसार अध्यक्षमा बलराम यादव, उपाध्यक्षमा पंकज कुमार श्रेष्ठ, सचिवमा सतिस निरौला, कोषाध्यक्षमा अजय कुमार टण्डन, सह-सचिवमा ललिता उपाध्याय, महिला सदस्यहरूमा पुष्पा सुवेदी तथा चन्द्रावती अधिकारी तथा सदस्यहरूमा श्याम विहारी गुप्ता, विष्णु प्रसाद सुवेदी, मो.आरिफ अन्सारी तथा सुनिल भण्डारी […]

Continue Reading

गल्याङमा देवकोटा काव्य उत्सव सम्पन्न

२९ कार्तिक २०८२, गल्याङ, स्याङ्जा जगत्रदेवी साहित्य सङ्गम, गल्याङ, स्याङ्जाको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको सन्दर्भमा “देवकोटा काव्य उत्सव तथा स्रष्टा सम्मान समारोह” गल्याङ बहुमुखी क्याम्पसको सभाकक्षमा धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार व्यक्तित्व काजी रोशनको प्रमुख आतिथ्यमा सुसम्पन्न भयो । सङ्गमका संस्थापक सदस्य एवम् नवनिर्वाचित अध्यक्ष साहित्यकार चण्डिकाप्रसाद भट्टराईको सभापतित्वमा सुसम्पन्न भएको […]

Continue Reading

मासिक कथावाचन चौबीसौं शृङ्खला सम्पन्न

२८ कात्तिक २०८२ , काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौंमा आयोजन गरिँदै आएको कथावाचन कार्यक्रमको चौबीसौं श्रृङ्खला सम्पन्न भएको छ । कथा विधाप्रति आम पाठकको रुचि जगाउन र यसको कालखण्डगत विकासबारे चिन्तन, छलफल, अनुसन्धान जस्ता कार्यहरूका माध्यमबाट समग्रमा नेपाली कथा विधाको विकासमा सघाउ पु-याउने बृहत उद्देश्य लिई यो पुनर्जागरण […]

Continue Reading