“वगावतनामा” विमर्श

१८ माघ २०८२, काठमाडौं छलफल, कुराकानी गर्ने हेतुले थालिएको ‘अन्तर–विधा’ मार्फत् रिमा केसीको नवीनतम कविता संग्रह वगावतनामा माथि काठमान्डौमा संक्षिप्त अन्तक्रिया गरियो । प्रेम  र विद्रोहका दुई बृहत् पाटाभित्र गुजुल्टिएर बसेका अनेक विषयहरु छन् यसमा । यहाँ पोतिएको छ चिया मजदुर जस्ता अगोचर दुःखीजनका उहापोह । हार्दिक प्रेमको अपरिमित आह्वान । विद्रोहको दुन्दुभि । सामाजिक […]

Continue Reading

स्रष्टा-सङ्गम सम्पन्न

२८ जनवरी २०२६ विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको आयोजनामा आयोजित मासिक सृजना वाचन “स्रष्टा-सङ्गम” कार्यक्रम शाखाका अध्यक्ष राहुल राई बोगीकोको अध्यक्षतामा सम्पन्न भयो । शाखाका प्रचार सचिव नील कमल छेत्रीले प्रमुख अतिथिको परिचय राखे पश्चात् क्रमैसँग दसजना स्रष्टाहरूविनोद छेत्री कुँवर, सरस्वती छेत्री, मुक्तिनाथ घिमिरे, बी के मुखिया, सरोजिनी ‘सागर’, नील कमल छेत्री, मीना लामा […]

Continue Reading

डा. ठाकुरनाथ पन्त स्मृति दिवस सम्पन्न

१३ माघ २०८२, काठमाडौँ । पूर्व अर्थसचिव तथा कृषि अर्थशास्त्री डा. ठाकुरनाथ पन्तको २४औँ स्मृति दिवस काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रममा मकवानपुर गढीकी १९ वर्षीया छात्रा सुश्री दिपा लामालाई व्यवस्थापन संकायमा चार वर्षे स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको थियो। आर्थिक रूपमा कमजोर तर अध्ययनशील विद्यार्थीलाई उच्च शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले उक्त […]

Continue Reading

जुद्धबहादुर श्रेष्ठको जीवनी र पूर्ण बहादुर श्रेष्ठ व्यथितका गद्य रचनाहरू लोकार्पित

१० माघ २०८२, काठमाडौं कवि तथा जरामा अर्थ खोज्ने कलाकार नरेन्द्रबहादुर श्रेष्ठ लिखित’जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ तथा उनको सम्पादनमा ‘पूर्ण बहादुर श्रेष्ठ व्यथितका गद्य रचनाहरू’आज एक कार्यक्रमका बीच लोकार्पण सम्पन्न भएको छ। साहित्यिक पत्रकार संघको आयोजनामा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा भएको सो कार्यक्रममा दुबै कृतिहरू एकसाथ मञ्चमा आसिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा लोकार्पण गरिएको […]

Continue Reading

निर्मोही व्यास पवन आलोक नियात्रा सम्मानद्वारा सम्मानित

९ माघ २०८२, काठमाडौं पवन आलोक नियात्रा सम्मानद्वारा पहिलोपल्ट नियात्राकार निर्मोही व्यास सम्मानित भएका छन् । यस सम्मानका साथ ५० हजार नगद रहेको छ । यस अघि “पवन आलोक नियात्रा पुरस्कार” को रुपमा २५ हजार राशीको पुरस्कार वितरण गरिंदै आएको थियो । यो सम्मान नियात्राकार पवन आलोकका नाममा उनकी धर्मपत्नी रेखा कँडेलद्वारा स्थापना गरिएको हो […]

Continue Reading

यात्राको लयको नयाँ संस्करणको चर्चा

७ माघ २०८२, काठमाडौं नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय’ द्धितिय संस्करण सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम,श्रीओम श्रेष्ठ रोदन,प्रमोद प्रधान,डा.सृजना शर्मा,छविरमण सिलवाल,लेखनाथ हुमागाईं,केशव पराजुली र नियात्राकारले उक्त कृति सार्वजनिक गरे । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गौतमले सापकोटाको नियात्रा सरल र पाठकलाई डोर्याएर लाने सामाथ्र्य भएको बताए ।लेखनीमा इमान्दार हुनुपर्ने भन्दै […]

Continue Reading

एघार स्रष्टालाई ज्योति साहित्य सम्मान

३ माघ २०८२, काठमाडौं ज्योति साहित्य प्रतिष्ठानले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधाका ११ स्रष्टालाई सम्मान अर्पण गर्ने घोषणा गरिएको छ। सम्मानहरू तीन प्रकारका रहेका छन् । ती सम्मानहरूमा ज्योति साहित्य सम्मान, ज्योति प्रतिभा सम्मान तथा ज्योति विशिष्ट आजीवन सदस्यता सम्मान रहेका छन् । प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले जनाए अनुसार ज्ञान उदास, उषा शेरचन, ध्रुव […]

Continue Reading

दायित्व वाङमय प्रतिष्ठानद्वारा चार स्रष्टाहरू पुरस्कृत

२५ पुस २०८२, काठमाडौं दायित्व वाङ्मय प्रतिष्ठान,नेपालद्वारा आयोजित कार्यक्रममा नेपाली वाङमयका चार स्रष्टा तथा साहित्यसेवूहरू पुरस्कृत भएका छन् । शङ्कर कोइराला आख्यान पुरस्कार नगद राशि रू २५,०००/- सहित कथाकार मधुवन पौडेल, कुमार-सरस्वती साहित्य पुरस्कार नगद राशि रू २५,०००/- सहित समालोचक प्रा.डा.लक्ष्मण प्रसाद गौतम, चूडामणि भाषाव्याकरण-कोश पुरस्कार नगद राशि रू ५१,१११/- सहित लेखक तथा साहित्यिक पत्रकार […]

Continue Reading

“मरजाद” र “चौतारो चिन्तन” माथि परिचर्चा कार्यक्रम सम्पन्न

१९ पुस २०८२, वन तथा वातावरण साहित्यिक समूहको आयोजनामा प्रा. अवधेश सिंहको लघुकथासङ्ग्रह ‘मरजाद’ र डा. हिमलाल श्रेष्ठको लघुकथासङ्ग्रह ‘चौतारो चिन्तन’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल रुपमा संचालन गरिएको उक्त कार्यक्रममा देशभित्रका साहित्यकारहरूका साथै अमेरिका, क्यानाडा लगायत विदेशमा रहनु भएका साहित्य प्रेमी महानुभावहरू समेत उपस्थित रहेका थिए । सम्पूर्ण उपस्थित व्यक्तित्वहरूलाई स्वागत […]

Continue Reading

‘साहित्यसँग पर्यटन र सहकारी’ विषयक कार्यक्रम

१२ पुस २०८२, पनौती,काभ्रे । सुनकोशी वाङ्मय प्रतिष्ठान र जनमैत्री बचत तथा ऋण साकोसको संयुक्त आयोजनामा ‘साहित्यसँग सहकारी र पर्यटन विषयक’अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सहकारी र पर्यटनसँग साहित्यको अन्योन्याश्रित सम्बन्ध भएको बताए । उक्त कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम,वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन,साहित्यकार एवं पर्यटन व्यवसायी प्रदीप सापकोटा र सहकारीकर्मी श्यामहरि सापकोटाले उक्त अन्तरक्रिया कार्यक्रममा भाग लिएका थिए […]

Continue Reading