मोहन दुवाल ‘दशरथ चन्द स्मृति पुरस्कार’द्वारा पुरस्कृत

१६ माघ २०८०, चितवन अनुसन्धानमूलक साहित्यिक–साँस्कृतिक त्रैमासिक पत्रिका ‘हाम्रो सिर्जना’ले सहिद दिवसको दिनमा प्रदान गर्दै आएको ‘दशरथ चन्द स्मृति पुरस्कार’बाट काभ्रे बनेपाका मोहन दुवाललाई प्रमुख अतिथि जिसस प्रमुख नारायणप्रसाद अधिकारीले एक समारोहका वीच समर्पण गरे । साहित्यकार दुवाल जनमत मासिक साहित्यिक पत्रिकाका प्रधानसम्पादक हुन् । सहिदको बलिदानी भावानाप्रति उच्च सम्मान प्रकट गर्नका लागि वरिष्ठ साहित्यकार […]

Continue Reading

‘कान्छो सिडियो’तथा ‘बाह्र-सत्तरी’ लोकार्पण सम्पन्न

२२ माघ २०८०, काठमाडौं लेखक रेशमबहादुर पाण्डेका दुई कृतिहरु ‘कान्छो सिडियो’तथा ‘बाह्र-सत्तरी’ दायित्व वाङ्मय प्रतिष्ठान नेपालद्वारा आयोजित एक कार्यक्रममा लोकार्पण भएको छ । विमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नरेन्द्रराज पौडेलले प्रशासकीय भूमिकामा रहेर हाल अवकाशप्राप्त लेखकका जागीरे जीवनका प्रसङ्ग उठाउँदै लोकार्पित कृतिहरूका लागि बधाई दिएका थिए। लोकार्पण गरिएका दुई कृतिहरूमध्ये उपन्यास’बाह्र सत्तरी’का बारेमा समीक्षक […]

Continue Reading

कविहरु श्रवण मुकारुङ,कृसु क्षेत्री र गीता कार्की सम्मानित

२२ माघ २०८० , काठमाडौं साहित्यिक पत्रकार संघले आज एक कार्यक्रमको आयोजना गरी कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई क्रमशः २०७५, २०७७ र २०७९ सालको व्यथित काव्य सम्मान समर्पण गर्‍यो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व कुलपति वरिष्ठ कवि बैरागी काँइलाले प्रदान गरेका थिए । सोही अवसरमा प्रमुख अतिथि […]

Continue Reading

‘आकाश ओढेको डोल्पो’ र ‘फूलबारीको जुके गणतन्त्र’ दुई नियात्रा कृति विमोचित

२० माघ २०८०, काठमाडौं कवि तथा नियात्राकार भवानी खतिवडाको नियात्रा कृति ‘आकाश ओढेको डोल्पो’ तथा आस्था भट्टराईको नियात्रा कृति ‘फूलबारीको जुके गणतन्त्र’ एक समारोहवीच एकसाथ विमोचन भएको छ । समालोचक सावित्री मल्ल कक्षपतिले खतिवडाको विमोचित कृतिमा हिमाली जिल्ला डोल्पा, त्यहाँको भूबनोट, भाषा–संस्कृति र प्राकृतिक मनोरमताको बडो लालित्यपूर्ण तरिकाले लिपिबद्ध गरिएको हुँदा यो एउटा गहकिलो दस्तावेज […]

Continue Reading

बालपुस्तक प्रदर्शनी र स्थलगत कथालेखन प्रतियोगिता सम्पन्न

१५ माघ २०८०, काठमाडौं नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा “प्रथम बालपुस्तक प्रदर्शनी र उपत्यकाव्यापी विद्यालय स्तरीय स्थलगत कथालेखन प्रतियोगिता” सम्पन्न भएको छ । सोही सन्दर्भमा आयोजित समापन कार्यक्रममा कथालेखन प्रतियोगितामा पहिलो हुने हिमरश्मी हाइस्कुलकी कृतिका श्रेष्ठलाई १० हजार, दोस्रो हुने प्रज्ञा कुन्जकी रिआना बोगटीलाई रू.७,०००/, तेसो हुने युनाइटेड स्कुलकी आराध्या पराजुलीलाई ३,०००/-तथा […]

Continue Reading

उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

१८ माघ २०८०, पोखरा मुक्तक मञ्च पोखराको केन्द्रीय समितिले मुक्तककार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार–२०८० प्रदान गर्ने घोषणा गरेको छ । सो पुरस्कार राशि रु ३३ हजार ३३३ रहेको छ र नगदको साथमा दोसल्ला र सम्मानपत्र समेत प्रदान गरिन्छ । साहित्यकार सरुभक्तको संयोजकत्वमा प्रभावी र कृष्ण देवकोटा सदस्य तथा संस्थापक विष्णु अल्पविराम र अध्यक्ष रामजीप्रसाद […]

Continue Reading

जयदेव गौतमको ‘ती निला आँखा’ लोकार्पित

१९ माघ २०८०, काठमाडौं हाल अमेरिकामा बसोवास गरिरहेका पत्रकार तथा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति  ‘ती निला आँखा’ नेपाल स्रष्टा समाजले  एक समारोह आयोजना गरी लोकार्पण भएको छ । आयोजक संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन तथा कार्यक्रममा उपस्थित अतिथि सर्जकहरू चन्द्रप्रसाद भट्टराई, भीष्म उप्रेती, रजनी ढकाल, प्रमोद प्रधान,पवन आलोक, राजेन्द्र थापा तथा देविका तिमिल्सिनाले सामुहिक […]

Continue Reading

दुई पुरस्कार वितरण तथा ‘शीतको रुनझुन’ पुस्तक लोकार्पण

१८ माघ २०८०, काठमाडौं मु्क्तक दिवसका अवसरमा नेपाल मुक्तक प्रतिष्ठानले आज एक कार्यक्रमको आयोजना गरी रू ५१०००/-राशीको’भीमदर्शन मुक्तक पुरस्कार’ सरू भक्तलाई तथा रू ३१०००/-‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ अनुराधा ढकाललाई उनको मुक्तक कृति’आरब्ध’का लागि प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले समर्पण गरे । स्रष्टा सरूभक्त अनुपस्थित भएका कारण उनको पुरस्कार तथा सम्मान-पत्र प्रमुख अतिथि […]

Continue Reading

राष्ट्रिय वाणिज्य बैंकमा विशेष कवि गोष्ठी सम्पन्न

१५ माघ २०८०, काठमाडौं राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ५९ औं वर्षमा प्रवेश गरेको अवसरमा भूगोल साहित्य समाज तथा राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी सङ्घको संयुक्त आयोजनामा विशेष कवि गोष्ठी सम्पन्न भएको छ। उक्त विशेष कवि गोष्ठीमा कविहरू सर्वश्री किशोर पहाडी, प्रमोद प्रधान,विधान आचार्य,वियोगी बुढाथोकी,कलानिधि दाहाल,नारायण तिवारी,नरेन्द्रराज पौडेल,पवन आलोक,जय छाङ्छा, सुभाषचन्द्र पौडेल’भीमफेदीया’,विमल भौकाजी,भीष्म उप्रेती, वासुदेव गुरागाई,प्रोल्लास […]

Continue Reading

दीपक समीपको लघुकथा सङ्ग्रह “नदीको राजमार्ग” को लोकार्पण

१३ माघ, काठमाडौं साहित्यकार दीपक समीपको लघुकथासङ्ग्रह “नदीको राजमार्ग” को लोकार्पण काठमाडौँको सर्वनाम थियटरमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई,सभाध्यक्ष भुवनहरि सिग्देल, बक्ताहरु डा. ज्ञानु अधिकारी र डा. ईश्वरमणि अधिकारी  तथा लेखकले सामुहिक रुपमा उक्त कृति लोकार्पण गरे । कृति लोकार्पण गर्दै राईले साहित्यकारहरूले सरकार र संविधानभित्रका कमजोरीमाथि […]

Continue Reading