योगेन्द्र तिमिल्सिना (सम्पादकीय टिप्पणीः सिध्दहस्त कथाकार योगेन्द्र तिमिल्सिनाले आफ्नो कथा लेखनको प्रारम्भिक समयका लेखेर तयार पारेको सङ्ग्रह फेला पार्नु भई त्यस समयको कथा लेखनको पृष्ठभूमि र त्यस सङ्ग्रहको भूमिकासहित एक कथा विश्व परिक्रमामा प्रकाशनार्थ पठाउनु भयो । यो ऐतिहासिक महत्त्वको विषय भएकोले हामीलाई यो प्रकाशन गर्न पाउँदा गर्वको महसुस भएको छ । एक स्थापित कथाकारको […]

Continue Reading

रैमट्ट राजनीति !

रामकुमार एलन ‘तपाईं पनि मन्त्री ?,’ कमरेड टलकप्रसादले टोपी निकालेर कपाल नभएको टाउकोमा नब घिसार्दै भने, ‘ल बधाई छ, मन्त्री हुन पाउनु भएकामा ।’ ‘हजुर मन्त्री त म भइहाल्थेँ, अलिकता गुटको साबुनले फिँज ननिकाल्ला कि भनेर न चिन्ता थियो कमरेड,’ मन्त्री कमरेड भूइँमानले भने, हुन त दुईतिहाइको सरकार बनाउने भनेर पनि नाम काटिएला की भन्ने […]

Continue Reading

पाँच रुप्पे घोगो

– जे.एन.दाहाल   “यो मादी जस्ती लोभी छ । उस्तै र’छ बुढी पनि ..” रातो कुर्ता कालो सुरुवाल,  नाकको देब्रेतिर सानो नत्थी लगाएकी दुब्ली तारा एकाएक उसकी साथीतिर हेर्दै कटाक्ष गर्छे । उसका आँखा छेवैमा उभिएकी माधवीलाई हेर्दै चुलबुल गर्दै छन् । तर त्यो कथनमा कतैबाट पनि हास्यरस छैन, केवल व्यङ्ग्य छ । अनपेक्षित समयमा […]

Continue Reading

अवसान

रामकुमार पण्डित ऊ हेर त मोनिटरमा; त्यहाँ जमिनबाट पाँच हजार मिटरमाथि हामी चढेको हेलिकप्टर उडिरहेको देखाइरहेको छ । यति उँचाइबाट फनफनी फन्को मारिरहेछ गाउँघरतिर । हेलिकप्टरभित्र पाइलट, एउटी सहयोगी, तिमी र म छौँ । ऊ हेर त्यो सानो गाउँ कति सुन्दर छ ! त्यो नागवेली भई बहेकी नदी, अलि माथिको हरियो जङ्गल, फाट्टफुट्ट देखिने साना […]

Continue Reading

अलिखित कथा

राजबाबु श्रेष्ठ सागर   समय – बिहानको ७ बजे स्थान – कुशमाढी   एकाबिहानै ढोलकेको घरमा डम्मरे कुनै काम विशेषले आउँदा माथि टाँड्बाट रगत बगेर तल भुइँमा रगतैरगत फैलिएर पनि सुकेको एक्कासि देख्यो उसले । डम्मरलार्ई शंका लाग्यो र टाँडमाथि उक्लियो ऊ । खाटमा ढोलकेको नग्न लास मुढोझैँ लडेको देखेर ऊ आत्तियो । अझै, उसले […]

Continue Reading

सागर फडेराको अवसान (कथा)

योगेन्द्र तिमिल्सिना दिल्लीको उत्तरपट्टिको ग्रामिण भेग वजीरपुरमा सागर फडेराले एउटा कोठा भाडामा लिएको छ । उ आफ्नो कोठामा खाजाका सामग्री तयार गर्छ, दिन ढल्केपछि खाजा बोकी टायरको चार चक्के ठेला ठेलेर ठाउँ, ठाउँ पुग्छ र शहरका चोक चोकमा चट्पटे, पोलेका हरिया मकै, साँधेको आलु जस्ता खानेकुरा बेची साँझमा थाकेर आफ्नो कोठा बजीरपुर फर्कन्छ । हुम्ला […]

Continue Reading

विदग्धको कथा

  मूलः विद्यापति अनुवाद : धीरेन्द्र प्रेमर्षि (मैथिली साहित्यका महाकवि विद्यापतिद्वारा पन्ध्रौँ शताब्दीमा रचित पुरुष-परीक्षा नामक संस्कृत कथासङ्ग्रहबाट लिइएको यस कथाको नेपाली अनुवाद धीरेन्द्र प्रेमर्षिले गरेका हुन्।) सुखको भोग मात्र जुन पुरुषको ध्येय होस्, त्यस्तालाई विदग्ध भनिन्छ। स्त्रीहरूका प्रिय हुने यस्ता मानिस तीन थरिका हुन्छन्। स्त्रीहरू पनि निजा, परा र सामान्या गरी तीनथरिकै मानिएका छन्। […]

Continue Reading

अनुत्तरित प्रश्नहरु

डा. गोबिन्दसिंह रावत, टोरन्टो, क्यानडा   राजधानीमा धेरै वर्ष काम गरेपछि क्षेत्रीय प्रमुख भएर प्रदेशको क्षेत्रीय कार्यालय धनकुटामा आउने मौका पाएँ । यहाँ आएपछि रमासँग कार्यालयको कर्मचारी अझ भनौं मेरो निजी सचिवका रुपमा परिचय भयो । निजी सचिव भएको नाताले उनलाई मेरो कोठामा पस्न कुनै छेकबार थिएन । धनकुटा आएको साता  दिनमा नै ‘सरले घरको […]

Continue Reading

घरिघरि तर्साइरहने मेसेज

जे एन दाहाल   प्रत्येक बिहान काठमाडौँको कुटीबाट तल म बाटोतिरको भीड हेरी विचरण गरी रहेको हुन्छु । यति बेला बजारबाट ठुलो हल्ला आइरहेको हुन्छ । बजारमा सौदाबाजी गर्ने मान्छेहरू थोक व्यापारीसँग दलाली गर्दै हुन्छन् । साथै आउने मोटर र इन्जनको चर्को ध्वनिसँगै बिउँझि सकेको हुन्छु । काठमाडौँ बजार यसै गरी बिउँझिन्छ । तर आजको […]

Continue Reading

एक भूगोल शुभकामना

  राजन सिलवाल   उसलाई जन्मदिनदेखि डर लाग्थ्यो वास्तवमा । डर किनभने ऊ प्रत्येक जन्मदिनमा खस्दै गएका वर्षहरूको स्मरण गर्थ्यो र जिन्दगीमा साकार पार्न बाँकी सपनाहरूलाई आँखामा राखेर सुम्सुम्याउँथ्यो । असारमा किन जन्मिएँ म भनेर पनि ऊ सोचिरहन्थ्यो । त्यस महिनाको नाम पनि हुने भए ऊ सार राख्थ्यो । उसलाई फेसबुकले सम्झाइदिएको जन्मदिनमा भने रमाइलै […]

Continue Reading