१८ कार्तिक २०८३, काठमाडौं
पवन आलोक नियात्रा सम्मानको घोषणा भएको छ । पचास हजार राशीको यो सम्मान २०८२ का लागि नियात्रा लेखक घनश्याम राजकर्णिकारलाई तथा २०८३ का लागि नियात्रा लेखक नरेन्द्रराज पौडेललाई प्रदान गर्ने निर्णय भएको छ ।
श्रीमती रेखा कँडेलद्वारा स्थापित यो पुरस्कार नियात्रा समाज नेपालको व्यवस्थापनमा वितरण हुँदै आएको छ ।
यो सम्मानका लागि नियात्रा समाज नेपालका अध्यक्ष श्री मोहन चापागाईं, श्रीओम श्रेष्ठ रोदन र पवन आलोक संलग्न सम्मान सिफारिश बनेको थियो र समितिको सिफारिशलाई अनुमोदन गर्दै नियात्रा समाज नेपालले यो निर्णय गरेको हो ।
वि.सं. २०७७ सालमा कृतिगत पुरस्कारको रुपमा स्थापित भएकोमा हाल यो योगदानका लागि सम्मानको रुपमा वितरण गर्न थालिएको हो । कृतिगत पुरस्कारहरू वि.सं. २०७७ मा भीष्म उप्रेतीलाई, वि.सं. २०७८ मा दामोदर पुडासैनी किशोरलाई,वि.सं. २०७९ मा इल्या भट्टराईलाई तथा वि.सं. २०८० मा तेजप्रसाद श्रेष्ठलाई प्रदान गरिएको थियो । योगदानका लागि पहिलो सम्मान वि.सं. २०८१ मा निर्मोही व्यासलाई समर्पण गरिएको थियो ।
नियात्रा समाज नेपालले जनाए अनुसार सो सम्मान आगामि कार्तिक २९ गतेका दिन समर्पण गरिनेछ ।
